नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
राजनीति भनेको जनता हो । राजनीति गर्छु भनेको जनताको सेवा गर्नु हो । सेवा भनेको शब्द पनि हुन्छ । यहाँ सेवाको तात्पर्य शब्द सेवामा मात्र खुम्च्याइएको होइन, कर्म सेवा भनिएको हो । नेता, कार्यकर्ता अन्ततः जनता हो । पहिले जनता हुन्छ तब कार्यकर्ता हुन्छ तब नेता हुन्छ । नेतृत्व छोडेपछि कार्यकर्ता भने भइरहन्छ । यसैले आम जनताले कार्यकर्ता हुन खोज्नुपर्छ नेताले पनि कार्यकर्ता हुन । तर नेतृत्वबाट झरेपछि पक्कै हो नेतृत्वमा उक्लनुभन्दा पहिलेजस्तो क्रियाशीलता राख्न शरीरले पनि दिँदैन । तसर्थ, सल्लाह दिने, परामर्श दिने हलुका काम दिनुपर्छ । अवकाशकालीन नेता कामरेडको सरसल्लाह सा¥है गुणकार हुनेगर्छ । हामीकहाँ यो प्रौढ कामरेड सर्वोच्च नेतृत्वमा बसिसकेको कामरेड नै हुनसक्छ । एक दुई अवधि यस्तो अभ्यास गरेपछि परिवर्तन गरे के कस्तो परिवर्तन आवश्यक पर्दो रहेछ । तबमात्र नेतालाई पछिल्लो उमेरमा के–कस्तो ठाउँ दिएर मानमनिता गरेर राख्ने यो विषयलाई एक पल्ट, दुई पल्ट, तीन पल्ट अभ्यास गरिनु उत्तम होला । यस्तोमा समय मिलाउँदा त्यस्ता प्रौढ कामरेडलाई अनुकूल हुने समय पार्नु उचित हुन्छ । त्यस्ता कामरेडलाई कतै जान मन छ कि त्यो सल्लाह गरी त्यो सम्भव भएसम्म मिलाउने गर्नु पनि नेताप्रति राम्रो सम्मान हुने देख्छु । यस अतिरिक्त हाम्रो वामपन्थी फाँटमै यस्ता नियमित सक्रिय अनुहार काम गर्न अशक्त कामरेडबाट काम लिन के गर्नुपर्छ ? एकपल्ट कम्तिमा छलफल चलाउँदा के बिग्रला र ! लौन गरिहेरौँ ?
यस्ता काम छिटो थालौँ
क्रियाशीलता बाँचुञ्जेल रहनुपर्ने हो । तर मानव शरीर सधैँ सबैको एकनासको हुँदैन । आ–आफ्नो शरीरको स्वास्थ्य र स्वभाव हेरेर दैनिक कार्यक्रम बनाउनुपर्छ । उमेरमा अलिअलि पेल्न पनि सकिन्छ । उमेर घर्केपछि स्वास्थ्यलाई पेल्न खोज्नु बुद्धिमानी हुँदैन । एकैछिन आराम ग¥यो भने शरीर तङ्ग्रिन्छ । तङ्ग्रेको शरीरले आरामसँग गर्न सक्ने काम थाकेको शरीरले दिनभर लगाए पनि टुङ्ग्याउन सक्दैन । यो कुरा तपाईँ आफैले पनि अनुभव गर्नुभएको होला । हामीले हाम्रा कामरेड कति जनासँग यस बारेमा छलफल गरेका छौँ यसो घोरिऔँ त एकपल्ट । मलाई लाग्छ यस दिशातर्फ हामी कार्यकर्ता सा¥है नगण्यको मात्र ध्यान गएको होला । युवा हुँदासम्म गम्भीर कुरा बुझ्न जरुरी पर्दैन । जीउ बलवान छँदैछ । अलि बढी काम ग¥यो भने पनि केही नोक्सान भएको याद हुँदैन । तर सधैँ यस्तो कहाँ हुन्छ र ¤ यसकारण पनि ज्येष्ठ कामरेडहरूको स्वास्थ्यतर्फ गम्भीर ध्यान दिनु पार्टी कार्यकर्ताको पहिलो काम हुनआउँछ । यसो भयो भने मात्र हाम्रो पार्टी र अरू पार्टी कार्यकर्ताबिचको अन्तर छुट्टिन थाल्छ । अब यस दिशातिर ध्यान दिने समय आइसक्यो । यसो गर्न थाल्यौँ भने पार्टी अरू लोकप्रिय हुनथाल्छ ।
नयाँ काम के होला ?
हामी हाम्रा नयाँ आउने कामरेडहरूसँग स्वास्थ्यका बारेमा चर्चा नै गर्दैनौ । कथं कदाचित गरिहाल्यौँ भने पनि अत्यन्त कममात्र चर्चा गर्छौँ । यो ठिक आचरण होइन । अब यतातिर पनि ध्यान दिनुप¥यो । म कम्युनिस्ट बन्न खोज्दा स्वास्थ्यतर्फ ध्यान नै जाँदैनथ्यो । धेरै कामरेडलाई क्षयरोगले समाति हाल्दोरहेछ । तसर्थ, अन्तर्राष्ट्रिय विद्यार्थी फेडेरेसनले चीनको राजधानी बेइजिङमा एउटा अस्पताल नै स्थापना र सञ्चालन गरेको थियो । त्यो चिकित्सालयमा गई एकजना हाम्रा साथी बासुदेव शर्मा तूफानले क्षयरोगको उपचार गरी मात्र विशेक भई फर्कनु भएन, चिनियाँ साहित्यमा मास्टरी गरि फर्कनुभयो । चीनका लागि नेपाली राजदूतावासमा दोभाषेमा जागिरेसमेत भई सेवा गर्नुभयो किनकि स्नातकोत्तर त्यो पनि चिनियाँ भाषामा । चिनियाँ नेताहरू नेपाल यात्रामा आउँदा र नेपाली नेताहरू – राजासमेत चीन जाँदा दोभाषेको काम गर्नु भई नेपाल सरकारको जागिरे पनि हुनुभयो । ग¥यो भने के हुँदैन र ? भन्ने एउटा दृष्टान्तका लागि यो लेखेको हुँ यहाँ मैले । प्रसङ्ग थियो नेतृत्वमा पार्टीको सर्वोच्च नेतृत्वमा पुगी उमेरका कारण शारीरिक अशक्तताले पार्टी नेतृत्वबाट हटेपछि त्यस्ता कामरेडलाई के दायित्व दिने ? भन्ने सन्दर्भमा आएको हो यो कुरा । यो समस्या हामीकहाँ मात्र कहाँ हो र ? विश्वव्यापी छ । अन्त के गरेका छन् त्यो मलाई थाहा भएन र यो कुरा उठाएको मैले । तर के गर्ने हो ? जे गरे पनि जे जे गरे पनि गर्नैप¥यो । पार्टीको सर्वोच्च नेतृत्व गरेको नेतृत्व भइसकेको कामरेड, वहाँको थकित शरीरले के गर्न दिन्छ त्यस्ता काम गर्न दिनुप¥यो ।
होल टाइमर बारे नि ?
मान्छे जन्मन्छ केटाकेटीमै । अभिभावकको रेखदेख र पालनपोषणमा हुर्कन्छ, बढ्छ । प्रायः बिहे गर्छ । जब मान्छे बढ्दै जान्छ, बढ्दै जान्छ । प्रायःले काम गर्दै जान्छन् । परिवारप्रति क्रमशः जिम्मेदार हुँदै जान्छ । पेशा एउटा सम्हाल्छ प्रायः ले । तर, अपवाद पनि हुन्छन् कोही । बिहे गर्न, जागिर खान मन गर्दैनन् । धेरै जना पार्टीमा नै आफूलाई समर्पण गर्छन् र होल टाइमर बन्छन् । पूरा समय पार्टीकै काममा लाग्नेलाई होल टाइमर भनिन्छ । केही होल टाइम र बिहे गर्दैनन् । यसरी पार्टीलाई नै समर्पण गर्नेहरूको पछिल्लो जीवन र दिनचर्या कस्तो हुने ? कसरी बाँच्ने ? यसतर्फ पनि विचार गर्नुपर्ला ? मान्छे हो आखिर । अन्न पानीको शरीर । बाँचुञ्जेल खानैप¥यो, लाउनैप¥यो । सकुञ्जेल होल टाइमर भयो पार्टीमा । शरीरले नसकेपछि कसको आश्रयमा बस्ने ? खाने कहाँ ? यस्ता सवालमा सोचिएको छ छैन ? नसोचिएको भए सोच्नुप¥यो । मैले एउटा प्रश्न उठाउन खोजेको थिएँ पार्टीका सर्वोच्च नेताको अवकाशकालीन जीवनको व्यवस्थापन कसरी गर्ने ? भन्ने अर्को सवाल पनि आयो । त्यो हो होलटाइमर कामरेडकोे नि ? हो नि यी दुईथरि कामरेडको बुढ्यौलीको चित्तबुझ्दो व्यवस्थापनबारे एउटा व्यावहारिक सोच आवश्यक जस्तो लाग्छ । यसलाई एउटा गम्भीर विषय बनाई विचार गरौँ । चासो गर्ने बेला भयो होला ।
Leave a Reply