भर्खरै :

“तुषानल” अध्ययन गर्दा

  • फाल्गुन २५, २०७९
  • रामलखन
  • विचार
“तुषानल” अध्ययन गर्दा

एक पत्रकारले ‘नेपाली राजनीतिको अन्तर्य’ ‘तुषानल’ नामको पुस्तकले नेपाली जनतालाई शासक दलहरूको विदेशभक्ति, पद र पैसाप्रतिको आशक्ति तथा विदेशी नेताहरूसँग हात थाप्ने गरेको घटनाहरूको बयानले हरेक देशभक्त र इमानदार जनताको शिर निहुरिने गम्भीर घटनाहरू बयान गरेका छन् । लेखक हुन्– देवप्रकाश त्रिपाठी, एक समयका राससका महाप्रबन्धक, रेडियो नेपालका सञ्चालक समितिका सदस्य, निजी क्षेत्रबाट सञ्चालित पहिलो टि.भी. च्यानलका निर्देशक एवम् ‘घटना र विचार’ साप्ताहिकका सम्पादक ।
पुस्तकको ‘विषयक्रम’ को शीर्षकबाट धेरै कुरा छर्लङ्ग्याउँछ । किसुनजीको पराजयमा गिरिजाप्रसादको भूमिका, किसुनजीको विस्थापनको प्रारम्भ, हत्या गराएर मन्त्री बस्ने सपना, डा. शशाङ्कको घरभित्रै नाराबाजी र डा. अमरेशकुमार सिंह र बाह्रबुँदे सम्झौता ।
थप शीर्षक छन्– प्रचण्डबारे खुलेको अर्को रहस्य, विवादास्पद भिडिओ रेकर्ड, सात दिनमै फर्कने विश्वासमा प्रचण्डको राजीनामा र देवेन्द्रराजले अस्वीकार गरेपछि खिलराजलाई अवसर ।
‘प्रणव मुखर्जीसँग सुशीलले नगद मागेपछि’ शीर्षकमा विसं २०६७ मा नेपाली काङ्ग्रेसको बा¥हौँ महाअधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका उम्मेदवार थिए । भारतीय राजदूत राकेश सुद र ‘रअ’ का स्टेसन प्रमुख प्रभातकुमार सिंहले देउवालाई भारतीय संस्थापनबाट सभापति बनाइदिने आश्वासन दिएका थिए । प्रदिप गिरी र बिमलेन्द्र निधि दिल्लीमा आ–आफ्ना सम्पर्क सूत्र मिलाउँदै थिए । भारतीय राजदूत राकेश सुद, राष्ट्रपति रामवरण यादव र सुशील कोइराला चिन्तित थिए ।
राष्ट्रपति यादवले भारतका राष्ट्रपति प्रणव मुखर्जी र भारतीय राजदूत राकेश सुदसँग कुरा गर्दा भारतीय पक्ष शेरबहादुरकै पक्षमा देखिए । काङ्ग्रेस महाअधिवेशन उद्घाटन सत्र सुरु हुनुभन्दा तीन दिन अघि शितल निवासको रात्री भोजमा सुशील कोइराला, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र डा. अमरेश सिंह निम्तालु थिए । त्यसबेला भारत सुशील कोइरालाप्रति सशङ्कित थियो ।
आपसी छलफलपछि राष्ट्रपति यादवले शितल निवासबाटै भारतीय राष्ट्रपति प्रनव मुखर्जी र ‘रअ’ प्रमुख आलोक जोशीलाई सम्पर्क गरे । सुशील, सिटौला र अमरेशले पनि पालैपालो सम्वाद गरे । सुशीलको जमानी डा. यादव, डा. शेखर र डा. अमरेश बस्ने भए । सुशीलले प्रणव मुखर्जीसँग आर्थिक सहयोग मागे । महाअधिवेशन उद्घाटन सत्रको बिहान अमरेश सिंह दिल्ली उडे ।
अमरेश दिल्लीबाट फर्की सिटौलाले झापाका सुपारी र रक्तचन्दनका एक व्यापारीसँग …रकम शितल निवास पु¥याइए । सिटौलाले झोलाबाट ७० लाख रूपैयाँ आफ्नो झोलामा राखेर शितल निवासबाट बाहिरिए । बा¥हाँै महाअधिवेशनमा आवश्यक भन्दा बढी रकम भएकाले त्यसलाई यादव, सुशील र सिटौलाले कसरी ‘सदुपयोग’ गरे पुस्तकमा जानकारी छैन ।
अर्को शीर्षक छ, ‘प्रधानमन्त्री बन्न अमरेशको शरणमा सुशील’, ‘भारतप्रति अलि पृथक दृष्टिकोण राख्ने सुशील पश्चिमी मुलुकप्रति ज्यादा सदभाव राख्थे ।’ उनी जसरी भए पनि संविधान जारी गर्न अग्रसर हुनुको मुख्य कारण पश्चिमी इच्छा थियो भन्ने तथ्यलाई इन्कार गर्न सकिँदैन । भनी पुस्तक भन्छ ।
‘रामचन्द्र रुँदै भने, ‘सुशील धोखेबाज रहेछ ।’ शीर्षकमा थप भन्छ २०६८ को मङ्सिरमा संविधानसभाको कार्यकाल थप गर्ने उद्देश्यको निम्ति एक अन्तर्राष्ट्रिय प्रतिनिधि समेतको उपस्थितिमा भएको एक उच्चस्तरीय बैठकमा बाबुराम पछिका प्रधानमन्त्रीमा सुशील कोइरालाको चयन गर्न सहमति भएको थियो ।
‘दिल्ली वार्ता’ मा पुस्तक भन्छ– ‘दिल्लीमा बा¥हबुँदे सम्झौता’ (२०६२ मङ्सिर ७ गते) भएको थियो । …तर अन्ततः चाहेर या नचाहेर नेमकिपाका नेता नारायणमान बिजुक्छें र देउवाले समेत बा¥हबुँदे सम्झौता अनुरूप चल्न बाध्य हुनुप¥यो ।
काठमाडौँको बा¥हौँ बुँदाको बैठकमा हस्ताक्षर गर्दाको नेमकिपाका उद्देश्य थियो –मोर्चामा बसेर ‘सही पनि गर्ने त्यसको विरोधमा सङ्घर्ष पनि गर्ने ।’ नेमकिपाले पूर्ण आपत्ति जनाउने पश्चिमाञ्चलका ३–४ वटा जनसभा र ३–४ वटा पत्रकार सम्मेलन गरेर त्यस सम्झौताको नकारात्मक परिणामबारे नेमकिपाले जनतालाई विरोध गर्न आह्वान गर्दै अघि बढेको थियो र त्यो विरोध नेमकिपाले आज पनि गर्दै छ ।
४४–४५ शीर्षक र २२१ पृष्ठको ‘तुषानल’ को आकारप्रकार ठीकै छ, भाषा हतारिएर लेखिएको र छपाईमा पनि हतारिएकैले हुनसक्छ सलल बग्दैन र नेका र नेपाली राजनीतिका पात्रहरूबारे जानकारी नभएका नयाँ पाठकलाई भाषाकै कारण नबुझ्ने सम्भावना प्रबल छ । लेखकले प्रकाशित गर्न नहतारी एक पटक धैर्यपूर्वक दोहो¥याएको भए, पुस्तक अझ बुझिने हुन्थ्यो । यस पुस्तकलाई डायरीको रूपमा लेखिएको भए अझ बुझ्न सकिने हुन्थ्यो । लेखकले अर्को आफ्नो पुस्तकमा आवश्यक ध्यान दिने आशा पाठकहरूले गर्नु स्वाभाविक छ ।
पुस्तकके शिर्षक ‘तुषानल’ ले ‘भूसको आगो’ र ‘ भित्रभित्र आगोले सल्काएर मार्ने’ अर्थ लाग्छ । के नेपाली काङ्ग्रेसभित्र ‘भूसको आगे’ सल्किँदै छ ? वा नेपाल भित्रभित्र सल्किँदै छ ? यस प्रश्नको उत्तर पढ र पैसाको निम्ति विदेशीको पाऊ मोल्ने, चाकडी, चुकडी र चिल्लो घस्ने र रुवाबासी गर्ने नेताहरू देशको निम्ति ‘खलनायक’ हुन् भन्ने प्रस्छ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *