भर्खरै :

एभरेष्ट स्कुलमा गरियो ओपन डे कार्यक्रम

एभरेष्ट स्कुलमा गरियो ओपन डे कार्यक्रम

भक्तपुर, २४ फागुन । भक्तपुरको एभरेष्ट स्कुलमा मङ्गलबार ओपन डे २०७९ भएको छ । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा औपचारिक रूपमा स्कुलका छात्रछात्राहरूले सांस्कृतिक प्रदर्शनी गरेका थिए ।
यसअन्तर्गत प्लेग्रुपदेखि कक्षा ३ सम्मका ससाना नानीबाबुहरूले आआफनो कला प्रदर्शन गरेका थिए । गीत गाएर, नाचेर, नाटकमार्फत उनीहरूले आआफना प्रर्दशनी देखाएका थिए । प्रदर्शनी हेर्ने स्कुलका सयौँ अभिभावक, शिक्षक, विद्यार्थी जम्मा भएका थिए । भर्खर हिँड्डुल गर्न सिकेका ससाना नानीबाबुहरूको नृत्य देखेर धेरै दर्शक रमाएका थिए ।
बाँसुरी बजाएर सुरु भएको कार्यक्रममा स्वागत गीत राष्ट्रिय गीत हुँदै बेलाबेलामा मन्तव्यको पनि कार्यक्रम राखिएको थियो । कार्यक्रमअन्तर्गत स्वागत गीत, स्वागत नृत्य पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा बाल साहित्यकार रामबाबु सुवेदी थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, अभिभावकको तर्फबाट प्रफुल्ला श्रेष्ठले स्कुलको शिक्षा क्षेत्रका विभिन्न विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले २०७९ सालको स्कुलको प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी अनेक अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको उहाँले बताउनुभयो ।
कार्यक्रमको क्रममा जिम्याष्टिक पनि देखाइएको थियो । साथै कल्चरल फेशन सो पनि देखाइएको थियो । कार्यक्रमको दोश्रो चरणमा अभिभावकहरूलाई विद्यार्थीले पढने कक्षाकोठाको अवालोकन भ्रमण गराइएको थियो । प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीले पढ्ने कक्षाकोठाको अवलोकन भ्रमण गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *