भर्खरै :

माओवादीहरूले कथित जनयुद्धको कहिले आत्मआलोचना गर्ने ?

माओवादीहरूले कथित जनयुद्धको कहिले आत्मआलोचना गर्ने ?

माक्र्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा लेख्नुभएको छ, “अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्ग सङ्घर्षको इतिहास हो” । पछि उहाँहरूले त्यसलाई सच्याएर “आदिम साम्यवादी समाजकोे विनाशपछि” भनी थप्नुभयो ।
उहाँहरूले सामन्तवादी समाजको गर्भबाट पुँजीवादी समाजको विकास हुने र पुँजीवादी व्यवस्थाको अन्त्य सर्वहारा वर्गको सशस्त्र सङ्घर्षबाट हुने तथ्य सार्वजनिक गर्नुभयो । पुँजीपति वर्ग र सर्वहारा वर्ग एक अर्काका वर्ग शत्रु हुने भएकाले एकले अर्कोलाई सिध्याउन निरन्तर प्रयत्नरत रहन्छन् । साम्यवादी समाजको स्थापना नभएसम्म यस्ता वर्ग सङ्घर्षहरू चलिरहन्छन् ।
जब राजनैतिक पार्टीहरूमा वर्ग सङ्घर्षको भावना समाप्त हुन्छ, तब कम्युनिस्ट पार्टीले सर्वहारा वर्गको नेतृत्व गर्न सक्दैन र त्यस्तो पार्टी कम्युनिस्ट हुन पनि सक्दैन । पुँजीपति वर्गले सर्वहारा वर्गमा रहेको वर्ग सङ्घर्षको भावनालाई समाप्त पार्ने कोसिस गरिरहेको हुन्छ । सशस्त्र सङ्घर्षबाट पुँजीवादको सत्ता पल्टाउने विचारको अन्त्य हुनु भनेको पँुजीवादसँग आत्मसमर्पण गर्नु हो । आफ्नो वर्गीय स्वार्थमा धक्का पुगेपछि पुँजीपति वर्ग निर्ममतापूर्वक दमनमा उत्रिन्छ । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा चिली, इन्डोनेसियालगायतका घटनाहरूले त्यही देखाउँछ ।
आपूmलाई कम्युनिस्ट पार्टी दाबी गर्ने नेपालका एमाले, माओवादीजस्ता पार्टीका नेताहरूले कम्युनिस्ट पार्टीको नाउँमा पँुजीपति वर्गको नेतृत्व गरिरहेका छन् र पुँजीवादीहरूको प्रशंसामा रमाइरहेका छन् । पँुजीवादी सरकारमा जानको निम्ति सिद्धान्त र विचार त्याग्ने र पुँजीपति वर्गसँग घाँटी जोड्दै छन् । उनीहरू शत्रु र मित्रबिचको फरक नछुट्याएर वर्ग समन्वयको आधारमा अघि बढ्दै छन् । तब प्रश्न उठ्छ, अहिले एमाले र माओवादीको वर्ग शत्रु को हो ?
विश्व सर्वहारा वर्गका महान् गुरु का. माओ त्सेतुङले एक पटक भन्नुभएको थियो, “दुश्मनले विरोध गर्नु नराम्रो कुरा होइन, यसले दुश्मन र हाम्राबीच स्पष्ट विभाजनको रेखा कोरेको हुन्छ ।” चिनियाँ जनताको जापानविरोधी फौजी र राजनैतिक कलेज स्थापनाको तेस्रो वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रममा २६ मई १९३९ का दिन का. माओले उक्त कुरा बताउनुभएको हो । शत्रुले जति चर्को विरोध गर्छ, क्रान्तिकारी पार्टी उति नै सही ठाउँमा हुन्छ भन्ने उहाँको भनाइको सार हो । माओको भनाइ अहिले पनि त्यतिकै सही र सान्दर्भिक छ । यसलाई क्रान्तिकारीहरूले सधँै आत्मसात् गर्नु आवश्यक छ ।
नेपालको राजनैतिक डबलीमा अहिले नाङ्गो नाच भइरहेको छ । सरकारमा जाने राजनैतिक दलहरू कुन विचार, सिद्धान्त वा दर्शनको आधारमा चलिरहेका छन्, स्पष्ट छैन । शासकहरू सबैले आफ्नो फाइदामात्र हेर्ने गरेका छन्; सत्तामा टिकिरहन पैसा, गुण्डा र शासन संयन्त्रको दुरुपयोग गरिरहेका छन् । गलत प्रवृत्तिको सशक्त विरोध होला भन्ने डरले सामन्तवादी र पुँजीवादीहरू बरोबर सम्झौता गरी जनतालाई धोका दिइरहेका छन् । पछिल्लो चरणमा सरकार गठन र राष्ट्रपति निर्वाचनमा शासक दलहरूबिच यस्तै सम्झौताहरू भए । मजदुर र किसानको प्रतिनिधित्व गर्ने दलहरूलाई उठ्न नदिन प्रतिक्रियावादीहरू यस्ता विभिन्नखाले चालबाजी गर्छन् । जनता यस्ता घटनाहरूबाट सचेत हुन आवश्यक छ ।
माओवादी अध्यक्ष प्रचण्ड एमाले गठबन्धनबाट अलग भएर नेकासमेतको आठ दलीय गठबन्धनमा पुगेपछि नेकाका महामन्त्री गगन थापाले प्रचण्डको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, “प्रचण्डजीले प्रधानमन्त्री पाउनकै लागि मात्र भए एमालेसँगको गठबन्धन छोड्नै पर्दैनथ्यो । एमालेसँगको गठबन्धन नछोडेको भए पनि राष्ट्रपति एमालेले नै पाउने हो । अहिले बनेको गठबन्धनमा राष्ट्रपति नेकाले पायो । यहाँनिर सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ ।” थापाको प्रशंसामा प्रचण्ड मख्ख छन् । नेकाले आफूलाई खाल्डोमा पु¥याउँदै गरेको प्रचण्डले चाल पाएकै छैन । जब उनले चाल पाउँछन्, त्यसबेला उनी त्यहाँबाट उम्कन सक्ने छैनन् ।
माओवादीको घोरविरोधी गगन थापाले प्रशंसा गर्नुको अर्थ हो – नेका र माओवादीबीच अब कुनै वैचारिक भिन्नता छैन । माओवादीलाई विरोध गर्नुपर्ने आवश्यकता छैन । नेका जुन बाटोमा छ अब माओवादी पनि त्यही बाटोमा आइपुग्यो ।
आजभन्दा डेढ दशक अघिसम्म माओवादी र नेकाबिच ठूलो शत्रुता थियो । नेका सरकारले प्रचण्ड, बाबुरामलगायत माओवादी नेताहरूको टाउकाको मूल्य तोकेको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘प्रचण्ड र बाबुरामको टाउको झोलामा लिएर आऊ, झोलाभरि पैसा लिएर जाऊ’ भनी सार्वजनिक घोषणासमेत गरेका थिए ।
अहिलेको सन्दर्भमा माओवादी वैचारिक रूपमा नेकाकै कोटीमा झरिसकेको छ । माओवादीले सर्वहारा वर्गको नेतृत्व गर्र्न सकेन । कम्युनिस्ट विचार र सिद्धान्तको रक्षा गर्न ऊ असफल भयो । माओवादीको नाउँमा उसले जनतालाई झुक्याउने काम ग¥यो । शोषक र शोषित वर्ग सँगै रहनै सक्दैनन्, सँगै बस्ने प्रयास गर्नु भनेकै शोषित वर्गले थप शोषणको पीडा सहनु हो । यो अवस्थामा माओवादी सशस्त्र सङ्घर्षको औचित्यमाथि प्रश्न उठ्छ । माओवादीले जनयुद्धको नाउँमा गरेका हत्या, हिंसा र तोडफोड गलत थियो भनेर कहिले आत्मआलोचना गर्ने ?
नेपालमा सामन्तवादलाई जरैदेखि उखेल्न कम्युनिस्ट पार्टीहरू र नेका जस्ता पुँजीवादी पार्टीहरू मिलेर सङ्घर्ष गरे । २०४६ साल र २०६२/०६३ को आन्दोलन सामन्तवादलाई निर्मुल पार्नकै लागि भएका आन्दोलनहरू थिए । आन्दोलनको सफलतापश्चात् कम्युनिस्ट क्रान्तिकारीहरू र पुँजीवादी पार्टीहरू फेरि आ–आप्mनै बाटो लागे र लाग्दै छन् ।
सामन्तवादी र पुँजीवादीहरू अहिलेकै शासन व्यवस्थाको आयु लम्ब्याउन चाहन्छन् भने क्रान्तिकारी पार्टीहरू पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर नयाँ राजनैतिक व्यवस्था समाजवादको लागि सङ्घर्ष गर्दै छन् । अहिलेका विभिन्न धोका, बेइमानी र विश्वासघाती घटनाहरू पुँजीवादी व्यवस्थाको आयु लम्ब्याउने चालबाजीहरू हुन् ।
नेपाल मजदुर किसान पार्टी पुँजीवादी पार्टीहरूको विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्दै छ । सङ्ख्यात्मक रूपमा ठूल्ठूला पार्टीहरूले गरेका अनैतिक, सिद्धान्तहीन र व्यक्तिगत वा दलगत स्वार्थका लागि गरेका हरेक कामको विरुद्ध नेमकिपाले सशक्त विरोध गर्दै आएको छ । त्यसैले तिनीहरू नेमकिपालाई सानो पार्टी, निश्चित क्षेत्रमा मात्रै पैmलिएको सङ्कीर्ण पार्टी भनी हेलाहोचो गर्ने, घृणा गर्ने गर्छन् । पुँजीपति वर्गले नेमकिपाको जति विरोध गर्छ त्यति नेमकिपा सैद्धान्तिक, वैचारिक र व्यावहारिकरूपमा सही ठाउँमा छ भन्ने कुरा बुझ्न आवश्यक छ ।
नेमकिपाले देशघाती नागरिकता विधेयक, एमसीसी सम्झौता र एसपीपीको निरन्तर विरोध गर्दै सार्वभौमिकताको रक्षाको पक्षमा आवाज उठाउँदै आएको छ । ती विधेयक र सम्झौताहरू सरकारमा जाने सबै पार्टीहरूले मिलेर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेका थिए । नेमकिपा एक्लैले सशक्त विरोध गरिरहेको हुँदा उनीहरू अहिले नेमकिपालाई विरोधको निशाना बनाइरहेका छन् ।
मुख्य शत्रु को हो भने स्पष्ट नभएसम्म कुनै पनि राजनैतिक पार्टीले उपलब्धि हासिल गर्न सक्दैन । वास्तवमा नेपाली जनतालाई सयौँ वर्षदेखि दमन, शोषण, अन्याय–अत्याचार गरी जनतामाथि शासन गर्दै आएका सामन्त र सर्वहारा वर्गको नाउँमा सरकारमा गएर भ्रष्टाचार गर्नेहरू हाल नव धनाढ्यका रूपमा विकास भइरहेका छन् । तिनीहरू जनताका शत्रु हुन् । तिनीहरूको नियन्त्रणबाट सत्ता खोस्नका लागि क्रान्तिकारीहरू निरन्तर सङ्घर्षरत रहन आवश्यक छ ।
वर्ग शत्रुले जब कमजोर भएको अनुभव गर्छ तब पँुजीपति वर्गले पछि उठ्नै नसक्ने गरी दबाउँछ । प्रचण्डले आजभन्दा ३ वर्ष अघि “५ हजार हत्याको जिम्मा म लिन्छु” भनी दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न आदेश दिनुको अर्थ पनि यही हो । यस घटनाले प्रचण्डलाई पक्कै झस्काएको हुनुपर्छ । दा¥हा र नङ्ग्रा नभएको बाघलाई कसले पो टेर्छ ?
सामन्तवाद र पँुजीवाद नेपाली जनताका आन्तरिक शत्रु हुन् भने भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद बाह्य शत्रु हुन् । भारतले नेपालको जलस्रोतलगायत प्राकृतिक स्रोतसाधन, उद्योगधन्दा, जडीबुटी सम्पूर्णमा नियन्त्रण जमाउँदै छ । खाद्य पदार्थ, कपडा, फलपूmल, औद्योगिकीकरणका लागि चाहिने सबैजसो सामान उसको नियन्त्रणमा छ । कृषि प्रधान देशमा गत वर्ष साढे ३ खर्बभन्दा बढीको कृषिजन्य वस्तु र ३ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गर्नु परेको तितो यथार्थ हाम्रोसामु छ । नेपालमा कुनै पनि क्षेत्रमा आत्मनिर्भर हुन नदिने भारतीय विस्तारवादको नीति नै नेपाली जनताको लागि सबैभन्दा घातक पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *