इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
(हालैका वर्षहरूमा चीन र अरब राष्ट्रहरूबिचको सम्बन्ध बलियो हुँदै गएको छ । दुवै पक्षले आर्थिक र राजनीतिक सम्बन्ध विस्तार गर्न खोजिरहेका छन् । चीनले आफ्नो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ को एक भागको रूपमा बन्दरगाह, रेलमार्ग र पाइपलाइनजस्ता पूर्वाधार परियोजनाहरूमा ठूलो लगानी गरिरहेको छ । क्षेत्रीय द्वन्द्व समाधान गर्ने र स्थायित्व कायम गर्ने प्रयासमा चीनले अरब राष्ट्रहरूलाई समर्थन गर्र्दै राजनीतिक सम्बन्ध पनि विकास गरेको छ । दुवै पक्षले आतङ्कवाद विरोधीजस्ता मुद्दाहरूमा पनि सहकार्य गरेका छन् । यसै सन्दर्भमा चीन र अरबी मुलुकबिच बढ्दै गएको सम्बन्धमा अभिरुचि राख्ने पाठकहरूको लागि साउदी अरबी लेखक फहाद अल्मेनियाईद्वारा लिखित यस अनुवादित लेख उपयोगी हुनेछ – सम्पादक)
चीन र अरब देशहरूबिचको मैत्रीपूर्ण आदानप्रदान र सभ्य सम्पर्कको सुरुवात प्राचीन कालदेखि नै थियो । शान्तिपूर्ण सहयोग, खुलापन, सहिष्णुता, आपसी हितको सिल्क रोडको भावनाले चीन र अरब देशहरूबिचको सहयोग र आदानप्रदान लामो समयदेखि चिनिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ राष्ट्रिय महाधिवेशनपछि चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश गरेपछि राष्ट्रपति सी चिन फिङको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय समितिले चीन र अन्य देशहरूबिच वैदेशिक सहयोग र मानवीय आदानप्रदानलाई प्राथमिकता दिएको छ । चीन र अरब देशहरूबिचको सहयोग र सभ्यताको सञ्चार पनि द्रुत एवं उच्च स्तरका साथै सर्वव्यापी विकास नयाँ स्तरमा पुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा “अझ राम्रो संसार निर्माण गर्न चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको खुसी र चीनको कायाकल्प गर्न समर्पित छ । यो मानव प्रगति र विश्व सद्भावमा पनि समर्पित छ । हामीले हाम्रो विश्वव्यापी दृष्टिकोण र विस्तार गर्नुपर्छ । मानव विकास र प्रगतिका प्रवृत्तिहरूमा गहिरो अन्तर्दृष्टि विकास गर्नुपर्छ, सबै देशका मानिसहरूको सामान्य सरोकारलाई जवाफ दिनुपर्छ र मानवजातिले सामना गर्ने साझा समस्याहरूको समाधान गर्न आफ्नो भूमिका खेल्नुपर्छ” भनेर उल्लेख गरिएको छ ।

बेल्ट एण्ड रोड ट्रनिसियटिभको मार्ग चित्र
नयाँ युगको नयाँ परिस्थितिमा चीन र अरब राष्ट्रहरूले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ र मानव जातिको साझा भाग्यको बन्धन निर्माण गर्ने प्राकृतिक साझेदारको रूपमा मैत्रीपूर्ण आदानप्रदानको ऐतिहासिक परम्परालाई कायम राख्दै द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई अगाडि बढाउन शान्तिपूर्ण विकासमा समयको उतारचढावलाई निरन्तरता दिइरहेको छ । दुवै पक्षले पारस्परिक राजनीतिक विश्वास अभिवृद्धि, सहयोगका क्षेत्रहरू विस्तार, सहयोग संयन्त्र सुधार र सहयोगको अवधारणालाई समृद्ध बनाउनुपर्छ । चीन र अरब देशहरूबिचको सभ्यताको आदानप्रदान तीव्ररूपमा विकास भएको छ, विनिमय संयन्त्रमा सुधार भएको छ, आदानप्रदानका क्षेत्रहरू विस्तार भएका छन् र उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् । सन् २०२२ को डिसेम्बर ९ मा साउदी अरबमा भएको पहिलो ‘चिनियाँ–अरब शिखर सम्मेलन’ चीन–अरब सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण घटना हो । यसले चीन र अरबबिच व्यापक सहयोग र सभ्यता आदानप्रदानलाई अघि बढाउनेछ ।
नयाँ युगमा चिनियाँ र अरब सभ्यताको आदानप्रदानको लागि एउटा महत्वपूर्ण मञ्च
नयाँ युगमा चीन र अरब राष्ट्रहरूबिचको सभ्यताको सम्पर्क र जनशक्ति आदानप्रदान तीव्रगतिमा विकास भइरहेको छ । चीन–अरब सहयोग मञ्चले साझा विकास र बृहत् सहयोगका लागि चीन र अरब राष्ट्रहरूबिचको रणनीतिक सम्बन्धलाई अगाडि बढाउन प्रमुख भूमिकामात्र नभई चीन र अरब राष्ट्रहरूबिच सभ्य सञ्चार र जनशक्ति आदानप्रदानका लागि फराकिलो मञ्च स्थापना गरेको छ । मञ्चको जनशक्ति आदानप्रदान संयन्त्रले चीन–अरब सभ्यताको आदानप्रदानको द्रुत विकासलाई सक्रियरूपमा बढाएको छ । अद्भूत विनिमय गतिविधिले उल्लेखनीय र फलदायी नतिजा हासिल गरेको छ । चीन–अरब सहयोग मञ्चको चिनियाँ र अरब संस्कृतिसम्बन्धी मन्त्रीस्तरीय बैठकका लागि चार सत्रहरू र फोरमको ढाँचाभित्र चीन–अरब सम्बन्ध र चीन–अरब सभ्यताबिचको वार्तालापसम्बन्धी नौवटा गोष्ठीहरू सम्पन्न भएका छन् । चिनियाँ–अरब कला महोत्सव, मिडिया सहयोगका लागि चीन–अरब मञ्च, रेडियो–टेलिभिजन मिडिया सहयोगका लागि चीन–अरब मञ्च र अन्य जनशक्ति आदानप्रदानका लागि विभिन्न गतिविधिहरू पनि भए । साथै चिनियाँ र अरब सहरहरूका लागि चालीसभन्दा बढी भाइचारा र दुईपक्षीय सम्झौताहरू सम्पन्न भएका छन् । ‘चीन–अरब सेन्टर फर न्युज एक्सचेन्ज’ र ‘चाइनिज–अरबिक इलेक्ट्रोनिक लाइब्रेरी वेबसाइट’ सुरु गरियो । त्यसैगरी, ‘चाइनिज–अरेबिक ट्रान्सलेसन अफ क्लासिकल वर्कस प्रोजेक्ट’ अन्तर्गत लगभग एक सय चिनियाँ र अरबी क्लासिक र आधुनिक र समकालीन साहित्यिक कृतिहरू अनुवाद र प्रकाशित भएका छन् । राष्ट्रपति सी चिनफिङले मञ्चको रूपरेखाभित्र एक महत्वपूर्ण ‘विज्ञ समूह’ को रूपमा स्थापना गर्ने प्रस्ताव गर्नुभएको ‘चिनियाँ–अरब अध्ययन केन्द्र सुधार र विकास’ अन्तर्गत अरबी अधिकारीहरूका लागि दसवटा प्रशिक्षण पाठ्यक्रमहरू सफलतापूर्वक सञ्चालन भएका छन् ।

पेइचिङस्थित राजा अब्दुल अजिज सार्वजनिक पुस्तकालय
चीन–अरब जनशक्ति आदानप्रदानले चीन–अरब सहयोग मञ्चको ढाँचाभित्र बहुपक्षीय सांस्कृतिक आदानप्रदानका साथै आधिकारिक र लोकप्रिय स्तरमा बहुपक्षीय र द्विपक्षीय आदानप्रदानमा ठूलो समृद्धि र विकास भएको छ । चीनले दसभन्दा बढी अरब देशहरूसँग द्विपक्षीय सांस्कृतिक सहयोग सम्झौतासम्बन्धी नयाँ वार्षिक कार्यान्वयन योजनाहरूमा हस्ताक्षर गरेको छ । चीन र अरब राष्ट्रहरूका मन्त्रीस्तरीय सांस्कृतिक प्रतिनिधिमण्डलहरूबिचको आपसी भ्रमणलाई प्रोत्साहन गरेका छन् । एक सय अरब सांस्कृतिक संस्थाहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग सहकार्य गर्न सयौँ कलात्मक प्रदर्शन टोलीहरूका लागि पारस्परिक भ्रमणहरू आयोजना गरेको छ । चीन र ‘खाडी सहयोग परिषद्’ का राष्ट्रहरूबिचको सभ्यता आदानप्रदानले चीन र अरब राष्ट्रका नेताहरूको नेतृत्वमा द्रुत विकास भएको देखिन्छ । चीन र अरब राष्ट्रहरूबिचको सभ्यता आदानप्रदानमा चीन र साउदी अरेबिया अग्रपङ्क्तिमा छ । २०१३ मा चीन साउदी अरेबियामा ‘सम्पदा र संस्कृतिका लागि राष्ट्रिय महोत्सव–जनाद्रिया’ को सम्मानित अतिथि थियो । डिसेम्बर २०१६ देखि मार्च २०१७ सम्म चीनमा ‘द वे अफ अरब–मास्टरपिस अफ एन्टिक्युटीज अफ साउदी अरेबिया’ प्रदर्शनीको आयोजनाजस्ता गतिविधि सभ्यता आदानप्रदानका प्रमुख उदाहरणहरू हुन् । राष्ट्रपति सी चिनफिङले राजा बिन अब्दुलाजिजसँग प्रदर्शनीको अवलोकन गरे र मार्च २०१७ मा राजा अब्दुलअजिज पुस्तकालयको शाखा पेचिङ विश्वविद्यालयमा खोलियो । राजा सलमान बिन अब्दुलअजिज उद्घाटन समारोहमा उपस्थित भए र पेचिङ विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गर्यो । सेप्टेम्बरदेखि नोभेम्बर २०१८ सम्म चीनले साउदी अरबमा आयोजना गरेको ‘चाइना ट्रेजर प्रदर्शनी’ लाई साउदी जनताले स्वागत गरेका थिए । हालैका वर्षहरूमा चीन र साउदी अरेबियाबिच शिक्षाको क्षेत्रमा सहयोगको द्रुत विकास र दुवै पक्षका विद्यार्थीहरूको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । साउदी युवराज मोहम्मद बिन सलमानको प्रत्यक्ष दबाबले साउदी अरेबियाले देशभरका उच्च विद्यालय र विश्वविद्यालयहरूको पाठ्यक्रममा चिनियाँ भाषालाई समावेश गर्ने निर्णय गरेको छ । यस महान् कार्यले विश्वमै गहिरो छाप छोडेको छ ।
नयाँ युगमा ‘बेल्ट र रोड’ को संयुक्त निर्माण चिनियाँ–अरब सभ्यता आदानप्रदानको लागि उत्प्रेरक शक्ति हो ।
सन् २०१४ को जूनमा चीन–अरब सहयोग मञ्चको छैटौँ मन्त्रीस्तरीय बैठकको उद्घाटनमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा राष्ट्रपति सीले सिल्क रोडको भावना ‘शान्तिपूर्ण सहयोग, खुलापन, सहिष्णुता, पारस्परिक लाभ र जीत’ लाई गहिरोरूपमा व्याख्या गर्नुभयो । जनवरी २०१६ मा राष्ट्रपति सी चिनफिङले अरब राष्ट्रहरूको लीगको मुख्यालयमा आफ्नो भाषणमा चीन र अरब देशहरूले शान्ति, नवप्रवर्तन, नेतृत्वको व्यापार अवधारणालाई पछ्याउँदै ‘बेल्ट एन्ड रोड’ पहलको संयुक्त निर्माणलाई कार्यान्वयन गरिरहेको कुरा स्पष्टरूपमा औँल्याउनुभयो । चीन र अरब देशहरूबिचको संयुक्त निर्माण ‘बेल्ट एन्ड रोड’ को पहललाई व्यापकरूपमा स्वागत र सकारात्मक प्रतिक्रिया दिइएको छ । धेरै अरब देशहरूले सक्रियरूपमा ‘बेल्ट एन्ड रोड’ सँग आफ्नो विकास रणनीतिहरू पङ्क्तिबद्ध गर्ने योजना बनाइरहेको सन्दर्भ शैक्षिक सर्कलहरू, मिडिया र अरबी विज्ञ समूहमा एक तातो विषय बनेको छ । राजनैतिक, व्यापारिक र शैक्षिक वृत्तमा रहेका अरबहरूले चिनियाँ संस्कृति, चिनियाँ भाषा र चिनियाँ विशेषताहरू भएका शासन प्रणालीमा बढ्दो चासो दिइरहेका छन् र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले हासिल गरेका उत्कृष्ट उपलब्धिहरू र चिनियाँ शैलीको आधुनिकीकरणको गहिरो प्रशंसा व्यक्त गरेका छन् ।

प्राचीन रेशम मार्गको नक्सा
भर्खरै चिनियाँ–अरब शिखर सम्मेलनले जारी गरेको रियाद घोषणामा चीन र अरब देशहरू संयुक्तरूपमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यान्वयन गर्न दुई पक्षबिच सहयोग र विकासका लागि व्यापक अवसरहरू प्रदान गर्न ‘बेल्ट एन्ड रोड’ को प्रतिबद्धता बढाउने सहमत भएका छन् ।
उनले यस शिखर सम्मेलनमा चीनले सधैँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, साँचो बहुपक्षीयताको अभ्यास र एकअर्काको सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डताको सिद्धान्तलाई सम्मान गरेको औँल्याए । साउदी अरबको भिजन २०३० लाई साकार पार्न चिनियाँ प्रविधिको सहयोग आवश्यक रहेको साउदी पक्षको धारणा छ । अन्तरिक्ष, डिजिटल अर्थतन्त्र र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगजस्ता नयाँ क्षेत्रमा साउदी अरेबियाले चीनसँग व्यापक रणनीतिक साझेदारी विकास गर्न खोजेको छ ।
स्रोतः कन्टेम्पोररी वल्र्ड
अनुवादः राजन
Leave a Reply