भर्खरै :

स्तन, पाठेघर, प्रेसर र सुगरको स्वास्थ्य परीक्षण

स्तन, पाठेघर, प्रेसर र सुगरको स्वास्थ्य परीक्षण

भक्तपुर, २७ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्तन तथा पाठेघर क्यान्सर, प्रेसर र सुगरको स्वास्थ्य परीक्षण भयो ।
ख्वप अस्पताल र भक्तपुर क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा भएको सो स्वास्थ्य शिविरमा नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले ८ मार्च श्रमिक महिलाहरूको हक अधिकार स्थापित तथा महिलाहरूलाई सचेत पारेको दिन हो भन्नुभयो ।
महिला विभेद अन्त्य गर्न क्रान्तिकारी नेतृहरूले पु¥याएको योगदानको स्मरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले शोषकहरूले अन्धविश्वास र धर्मको सहारा लिएर आफ्नो शोषणको जालो फैलाइरहेको विचार व्यक्त गर्नुभयो ।
वर्गीय समस्या समाधान नभएसम्म महिला मुक्ति सम्भव नहुने विचार व्यक्त गर्दै उहाँले समाजवादी देशमा महिला र पुरुषले समान हैसियत पाएका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “महिलाको वास्तविक मुक्तिको निम्ति समाजवादी व्यवस्था स्थापना गर्नु जरुरी छ ।”
कार्यक्रममा लक्ष्मी प्रजापति, सुवर्णकेसरी दुवाल, लक्ष्मीकेसरी तुईतुई, मीना दुवाल, रञ्जना त्वाती र रहनशिला बासुकलाले महिला दिवस र स्वास्थ्य शिविरको आवश्यकताबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
शिविरमा पाठेघर तथा स्तन क्यान्सर १४१ जना र प्रेसर र सुगरमा १०९ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *