भर्खरै :

श्रमिक महिला दिवसमा महिला भेला

श्रमिक महिला दिवसमा महिला भेला

भक्तपुर, २७ फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ चाँगु नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार महिला भेला भयो ।
उक्त भेलामा बाग्मती प्रदेश सभासद् गीता काफ्लेले काम गरी खाने वर्गको पक्षमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै पुँजीवादी व्यवस्था फालेर समाजवादी समाज स्थापना भए महिला मुक्ति हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले समाज परिवर्तनको निम्ति महिलाहरूलाई सचेत र सङ्गठित गरेर वर्गीय चेतना जगाउनुपर्छ भन्नुभयो ।
चाँगु नपा वडा नं ९ का जनप्रतिनिधि कमला गिरीले नेमकिपाको उद्देश्य समाज परिवर्तन गर्नु हो, एनजीओ र आईएनजीको पछि लागेर परिवर्तन सम्भव छैन भन्नुभयो ।
कार्यक्रमका सभापति सानुमाया लागेजुले ८ मार्चको उपादेयताबारे चर्चा गर्दै क्रान्तिकारी नेतृहरूको योगदानको स्मरण गरिरहनुपर्छ भन्नुभयो ।
आयोजक समितिका सदस्य रेविना डंगोलले स्वागत मन्तव्य दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *