शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
पेइचिङ, २५ मार्च (सीआरआई) । चिनियाँ कम्पनी ‘टिकटक’का कार्यकारी प्रमुखको अमेरिकी कङ्ग्रेसको सुनुवाइमा उपस्थितिको जवाफमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले मार्च २४ मा भएको नियमित पत्रकार सम्मेलनमा अमेरिकी पक्षले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाका सिद्धान्तहरूलाई व्यवहारिकरूपमा सम्मान गर्नुपर्ने र अन्य देशका कम्पनीहरूलाई अनावश्यक रूपमा दबाउन बन्द गर्नुपर्ने बताउनुभयो ।
प्रवक्ता निङले विश्वका विभिन्न मुलुकका कम्पनीहरूले अमेरिकामा लगानी गर्नका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित वातावरण उपलब्ध गराउन अमेरिकासँग माग गरेको पनि बताउनुभयो ।
स्थानीय समयअनुसार मार्च २३ मा चीनको सिन्चियाङका रबिच्याङ टु«पले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषदको ५२ औँ अधिवेशनमा सिन्च्याङसम्बन्धी सत्यतथ्यबारे जानकारी दिनुभएको छ ।
रबिच्याङ ट्रुप अहिले सिन्च्याङको होटान क्षेत्रअन्तर्गत छ ल नामक जिल्लामा रहेको एक निजी कम्पनीका प्रमुख हुनुहुन्छ । तर, उहाँले अपराधीको रूपमा सजाय पाउनुभएको थियो । उहाँले आफूले सजाय भोगेको कारागारमा कहिल्यै कुटपिट, गाली, भेदभाव, हिंस्रक यातना वा अरू आपराधिक दुव्र्यवहार नभएको बताउनुभयो ।
कारागारका प्रहरीहरूबाट हौसला पाएर उहाँले स्व–अध्ययनमार्फत सिञ्च्याङ विश्वविद्यालयबाट डिप्लोमा पूरा गर्नुभएको थियो र अहिलेसम्म जीवनयापन राम्रो बन्दै गएको छ ।
Leave a Reply