भर्खरै :

चौधौँ सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता सुरू

चौधौँ सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता सुरू

काठमाडौँ, ११ चैत । युवा खेलकुद समूह कीर्तिपुरद्वारा आयोजित चौधौँ सहिद स्मृति कप व्याडमिन्टन प्रतियोगिता शनिबारबाट सुरू भयो ।
जनसेवा व्याडमिन्टन हल कीर्तिपुरमा भएको उक्त प्रतियोगिताको उद्घाटन स्वास्थ्य तथा शारीरिक शिक्षा समितिका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले प्रतियोगिताका प्रमुख रेफ्रि ओममुनि बज्राचार्यलाई खेलकुद सामग्री हस्तान्तरण गरी गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा. महर्जनले युवा खेलकुद समूहले गर्दै आएको प्रतियोगिताको कारण खेलाडीहरूको सङ्ख्या बढ्नुको साथै खेलाडीको स्तर वृद्धि भएकोमा खुसी व्यक्त गर्नुभयो ।
युुवा खेलकुद समूहका अध्यक्ष हरिकुमार महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतियोगिता संयोजक नारायण महर्जनले सहिद दिवसबारे जानकारी गराउँदै सहिदहरूको स्मृतिमा प्रतियोगिता निरन्तररूपमा गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष सिद्धिकुमार मानन्धर, कीर्तिपुर व्याडमिन्टन क्लवका अध्यक्ष चन्दन महर्जनको पनि उपस्थिति थियो ।
शनिबार पहिलो चरणका केही खेलहरू सम्पन्न भयो । प्रतियोगिता चैत १८ गतेसम्म चालु रहने आयोजक समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *