भर्खरै :

जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्योपचार सेवा दिने भनपाको उद्देश्य

जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्योपचार सेवा दिने भनपाको उद्देश्य

भक्तपुर, ११ चैत । भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा शनिबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जनतालाई सहजरूपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले ख्वप अस्पताल सञ्चालनमा ल्याएको बताउँदै भक्तपुरको कला संस्कृति संरक्षण र संवद्र्धन गर्नुका साथै शिक्षा र स्वास्थ्यमा जनतालाई न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्न कलेज र अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो ।
भक्तपुर नपाले गरिरहेको कार्य देशकै लागि उदाहरणीय बन्दै गइरहेको सन्दर्भ जोड्दै उहाँले भक्तपुर अहिले ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास हुँदै छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले प्रत्येक वर्ष स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुका साथै नसर्ने रोगबारे जनसमुदायमा अभिमुखीकरणसमेत गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य श्यामसुन्दर मातां, राजन जति, जेसिस स्कूलका प्रअ जयराम गोर्खाली, डा. शोभानी श्रेष्ठ र वडा सदस्य मन्जु लाखाजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *