भर्खरै :

अमेरिकाद्वारा फेरि राजनीतिक दोषारोपणको खेल सुरू

अमेरिकाद्वारा फेरि राजनीतिक दोषारोपणको खेल सुरू

हालै अमेरिकाले फेरि एकपटक ‘राजनीतिक स्रोत ट्रेस’ सिर्जना गरी चीनमाथि दोषारोपण गर्न खोजेको छ । अमेरिकाले यस्तो गरेको यो पहिलो पटक होइन । सन् २०२१ मा अमेरिकी सरकारले तथाकथित कोभिड–१९ भाइरसको स्रोत ट्रेसको रिपोर्ट सिर्जना गर्न गुप्तचर एजेन्सीलाई ९० दिनभित्रमा रिपोर्ट निकाल्न आदेश दिएको थियो । यस्तो बेतुक राजनीतिक प्रहसन फेरि एकपटक मञ्चन भएको छ ।
संरा अमेरिकाको यो एउटा पुरानो चाल हो जुन अमेरिकी सरकारले आफ्नो शासकीय असफलता छोप्न र सार्वजनिक ध्यान हटाउनको लागि प्रयोग गर्ने गर्दछ । हाल अमेरिकामा बारम्बार गोलाबारी, तीव्र जातीय द्वन्द्व, सामाजिक अस्थिरता र उच्च मुद्रास्फीति उत्पन्न हुँदै आएका छन् । आफ्नो जिम्मेवारी पन्छाउनको लागि अमेरिकी राजनीतिज्ञहरूले तुरून्तै नयाँ राजनीतिक घटना सिर्जना गर्ने गर्छन् ।
गहिरिएर हेर्दा यो राजनीतिक प्रहसन अमेरिकाले चीनका लागि देखाएको रणनीतिक चिन्ता हो । भाइरसको स्रोत ट्रेस एक वैज्ञानिक मुद्दा हो यसलाई राजनीतीकरण गरिनुहुँदैन । अमेरिकाले फेरि एकपटक ‘राजनीतिक स्रोत ट्रेस’ सिर्जना गरेको छ जसले आफ्नै समस्याको समाधान गर्न सक्दैन । यसले मात्र विश्वलाई अझ स्पष्टरूपमा देखाउनेछ कि अमेरिका विश्वव्यापी महामारीविरूद्धको कार्यमा सबैभन्दा ठूलो विनाशक हो र स्रोत ट्रेस कार्यको सबैभन्दा ठूलो अवरोध पनि हो ।
–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *