आजको सङ्कटका कारक शासक दलहरू !
- कार्तिक १७, २०८३
के माक्र्सवाद महिलावाद (फेमिनिज्म) को सिद्धान्त हो ? के महिलावाद माक्र्सवादी–लेनिनवादी आन्दोलनको हिस्सा हो ? सुन्दा अनौठो लाग्ला, म यो धारणाभन्दा बेग्लै तर्क पस्किँदैछु ।
माक्र्स, एंगेल्स, लेनिन वा स्टालिन कसैले पनि ‘महिलावाद’ शब्दको प्रयोग गर्नुभएको थिएन । बरु उहाँहरूले महिलाको प्रश्नमा माक्र्सवादी–लेनिनवादी मतको व्याख्या गर्ने क्रममा ‘महिलाको प्रश्न’ शब्दावली प्रयोग गर्नुभएको छ । लेनिनले भन्नुभएको छ, “महिलाको वास्तविक स्वतन्त्रता साम्यवादमा मात्र हुन सक्छ भन्ने कुरामा स्पष्ट हुन जरुरी छ । महिलाको सामाजिक र मानवीय स्थान तथा उत्पादनका साधनमा निजी सम्पत्तिबिचको अन्योन्यास्रित सम्बन्धलाई घामजत्तिकै छर्लङ्ग पारिनुपर्छ । यसो गर्दा मात्र माक्र्सवादी सिद्धान्त र महिलावादबिचको प्रष्ट र मेट्न नसकिने भिन्नताको लक्ष्मण रेखा कोरिनेछ । अनि यसो गर्दा मात्र महिलाका प्रश्न एउटा सामाजिक प्रश्न र मजदुरका समस्याका रूपमा समेट्ने आधार तयार हुन्छ । एवंरीतले यो सर्वहारा वर्गको सङ्घर्ष र क्रान्तिसँग कसिलो गरी जोडिएको विषय बन्न जान्छ । कम्युनिस्ट महिला आन्दोलन आफैमा जनआन्दोलन हुनुपर्छ । कम्युनिस्ट महिला आन्दोलन व्यापक जनताको आन्दोलनको हिस्सा बन्नुपर्छ । यो आन्दोलन सर्वहारा वर्गको मात्र आन्दोलन हुनेछैन । बरु सबै उत्पीडित र शोषित, पुँजीवाद र सबैखाले शोषणका ज्यावलबाट शिकार भएका जनताको आन्दोलन हुनेछ । त्यो आन्दोलनमै सर्वहारा वर्गको सङ्घर्ष र कम्युनिस्ट समाजको ऐतिहासिक स्थापनामा महिला आन्दोलनको महत्व देखिनेछ । पार्टीभित्र र कम्युनिस्ट अन्तर्राष्ट्रियमा हामीसँगै क्रान्तिकारी महिलाहरू सक्रिय छन् । यो कुरामा हामीलाई गौरवानुभूति हुन्छ । तर, यतिले मात्र चित्त बुझाउन भने सकिन्न । हामीले सहर र गाउँका लाखौँ लाख कामदार महिलाहरूलाई हाम्रो पक्षमा सामेल गर्नुछ । हाम्रो सङ्घर्ष र विशेषतः समाजको कम्युनिस्ट रूपान्तरणको लागि उनीहरूको मन जित्नुछ । महिला बिना कुनै पनि वास्तविक जनआन्दोलन हुन सम्भव छैन ।”
समाजका कुनै पनि वैचारिक क्षेत्रका महत्वपूर्ण पक्ष तथा प्रभावशाली सामाजिक प्रक्रियाबारे माक्र्सवादी विश्लेषण पुँजीवादी समाज र त्यसका सम्पत्तिका आधारको विश्लेषणसँग जोडिनुपर्छ । अनि यो विश्लेषणको अन्तिम निचोड ‘पुँजीवादी सम्पत्ति ध्वस्त गर्नुपर्छ’ मै गएर टुङ्गिनुपर्छ । त्यसकारण लेनिनले महिला मुक्तिको लागि हुने सङ्घर्ष सर्वहारा आन्दोलनसँग अन्योन्यास्रितरूपमा जोडिन्छ भन्नुभएको हो । ‘परिवारको उत्पति’ को प्रारम्भिक अध्ययनले निजी सम्पत्तिको उदय, मातृसत्ताको पराजय, पितृसत्ताको उदय र वर्ग तथा राज्यको उदय नै महिलामाथिको दमनको जरा भएको देखाउँछ । यसलाई महिलावादसँगको मतभेदको कोणबाट बुझ्न जरुरी छ । (महिलावादभित्र पनि उदार महिलावाददेखि उग्र महिलावादसम्मका फराकिलो वैचारिक अन्तर छ ।)
महिला मुक्तिबारे माक्र्सवादी विचार भनेको महिला आन्दोलन कुनै अर्को लिङ्गसँगको लडाइँ होइन । बरु एउटा लिङ्गमाथि अर्को लिङ्गको प्रभुत्व स्वीकार्ने समाजशास्त्रीय लैङ्गिक संरचनाविरुद्धको सङ्घर्ष हो । सबै बहसलाई पितृसत्ता र ‘महिलावाद’ मा मात्र केन्द्रित गर्दा महिलामाथि दोहोरो उत्पीडनको मूल मुद्दा ओझेल पर्छ । छलफल अहिलेको संरचनागत ढाँचामा केही सुधार र मर्मतसम्भारका प्रयासमा सीमित हुन जान्छ ।
महिलावादका सुरुका दुई ऐतिहासिक लहर बीसौँ शताब्दीको प्रारम्भ र मध्यमा उठेका थिए । महिलालाई पनि पुरुषसरह मताधिकार र समान यौन र वैवाहिक अधिकारका निम्ति ती सङ्घर्ष भएका थिए । मार्गरेट सान्गर (१८७९–१९६६), लुसी स्टोन (१८१८–१८९३) र भोल्टाएर डे क्लिएर (१८६६–१९१२) जस्ता अमेरिकी बौद्धिकहरूले ती आन्दोलनको नेतृत्व गरेका थिए । सान्गरले सन् १९२० को दसकमा जन्म नियन्त्रणको पक्षमा वकालत गरेकी थिइन् । लुसी स्टोन विख्यात महिला अधिकारकर्मी थिइन् भने भोल्टाएर मताधिकारका पक्षपाती र अराजक महिलावादी थिइन् । ती महिलावादीहरूको मुख्य मुद्दा व्यक्तिवादी पुँजीपति वर्गसँग जोडिएका थिए । क्लियरले भनेकी थिइन्,“आफ्नै मानिसमाथि नियन्त्रण गर्ने स्वतन्त्रता चाहियो ।” २१ औँ शताब्दीमा उठेको महिलावादको तेस्रो लहर अथवा उत्तर–महिलावादले महिलाको अन्तिम स्वतन्त्रताको बाटोको रूपमा महिलाको यौनिक स्वतन्त्रतालाई जोड दिएको देखिन्छ ।
यिनीहरूभन्दा पृथक महिला मुक्तिबारे माक्र्सवादी धारणाले सामाजिक, आर्थिक र राजनीतिक वृत्तमा ‘अर्को’ लिङ्गको साङ्केतिक विच्छेदलाई बृहत् कोणबाट केलाउने गर्छ । माक्र्सवादीहरूको विचारमा महिलावादी लहरहरूका नरमपन्थी सुधारवादीहरूसँग महिला मुक्तिका खास समाधान छैन । क्लारा जेटकिनसँगको कुराकानीमा लेनिनले भन्नुभएको थियो, “महिला कमरेडहरूका रात्रीकालीन अध्ययन र छलफल कार्यक्रममा यौन र विवाहको प्रश्न नै प्रमुख विषय हुने गरेको मैले सुनेँ । बिनसित्ति यस्ता विषय पनि मुख्य चासोका विषय र राजनीतिक निर्देशनको विषय बनेका छन् ¤ ठुलठुला सामाजिक प्रश्न यौनिक समस्यासामु गौण बनेका छन् । प्रमुख विषय सहायक मुद्दा बनेका छन् । यसो हुँदा मुख्य विषयमा भने अलमलिने जोखिम मात्र रहँदैन बरु यसले मूल विचारलाई समेत धमिलो बनाउँछ । समग्रमा सर्वहारा महिलाको वर्ग चेतनालाई अल्मल्याउँछ ।”
महिलावादको पहिलो लहरमै पनि त्यसले पुँजीवादबाट सर्वहाराको मुक्तिका विषयलाई सम्बोधन गर्न नसकेको लेनिनको निष्कर्ष थियो । लेनिनको कथन “सर्वहारा महिलाको वर्ग चेतनालाई अल्मलमा पार्नेछ” महिलावादको दोस्रो र तेस्रो लहरको सन्दर्भमा पनि सही सावित भएको छ । महिलावादी विचारको दोस्रो र तेस्रो लहरले यौन र वैवाहिक स्वतन्त्रताको लागि सङ्घर्षमार्फत पुँजीपति वर्गका महिलाको सशक्तिकरणको आफ्नो लक्ष्यलाई नै निरन्तरता दिएका छन् । त्यसभित्रका केहीले महिलाको मताधिकारको पक्षमा लडे पनि उनीहरूको विश्लेषणको मूल आधार राजनीतिक र कानुनी सुधारबाट महिलाको मुक्ति हुन सक्छ भन्ने नै रहिरह्यो । पुँजीपति वर्गका महिलाको सन्दर्भमा राजनीतिक र कानुनी सुधारले महिलाको मुक्ति हुने कथन केही हदसम्म सत्य भए पनि यो विचारले कामदार वर्गका महिलाका सामाजिक–आर्थिक समस्या समाधान भने कदापि गर्न सक्दैन । एंगेल्सले सही भन्नुभएको थियो,“महिलाको मुक्ति र महिलालाई पुरुषसरह बनाउने काम तबसम्म असम्भव रहनेछ जबसम्म महिलालाई सामाजिक उत्पादनमुलक श्रमबाट टाढा राखिनेछ र निजी घरेलु श्रममै सीमित राखिनेछ । महिलाको मुक्ति महिलाले बृहत् र सामाजिक तहमा उत्पादन प्रक्रियामा भाग लिए पछि र घरेलु काममा निकै थोरै समय मात्र व्यतित हुने अवस्थामा मात्र हुन सक्छ ।”
साम्यवादका धुरन्धुर आलोचकहरूले समेत तत्कालीन सोभियत सङ्घमा महिलाको कुन तहसम्म मुक्ति भएको थियो भन्ने कुरा अस्वीकार गर्न सकेका छैनन् । सन् १९१७ देखि १९५४ सम्म सोभियत सङ्घमा महिलालाई समाजका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा समान स्थान दिइएको थियो । महिलालाई काम गर्न समान अधिकार दिइएको थियो, समान ज्याला दिइएको थियो र विवाह एवं सम्बन्ध विच्छेदको समान अधिकार प्रदान गरिएको थियो । सोभियत महिलालाई परिवारको मुलीका रूपमा समान हैसियत दिइएको थियो । कारखानाका मजदुर, राजनीतिक कार्यकर्ताको रूपमा महिलालाई सामाजिक–आर्थिक मुद्दामा पूर्ण सहभागी बन्ने वातावरण बनाइएको थियो । किनभने महिलाहरू त्यस्ता काममा हुँदा घरायसी काम र महिलाका परम्परागत जिम्मेवारी मातृत्व गृह र शिशु स्याहार केन्द्रजस्ता सेवामार्फत राज्यले नै बहन गरेको हुन्थ्यो । यस्ता राज्यका निकाय र कार्यक्रमले महिलाले गर्नुपर्ने भनिएका आफ्ना परम्परागत जिम्मेवारीभन्दा माथि उठेर समाजको सेवा गर्ने र समाजमा पुरुषसरह समान जीवन बाँच्न मद्दत गरेको थियो ।
अराजकतावादी विचारले क्रान्तिको ओठे बखान गरे पनि यो विचारले निम्न पुँजीवादी विचारधाराको प्रतिनिधित्व गर्छ । वर्ग सङ्घर्ष र ऐतिहासिक भौतिकवादी विश्लेषणका सबै मान्यतालाई कुनामा थन्काइन्छ र महिलाको प्रश्नमा पुँजीवादी, अवैज्ञानिक र ‘नैतिक’ सिद्धान्तलाई प्रश्रय दिइन्छ । परिकाल्पनिक महिलावादले महिला मुक्तिलाई सबै कुरा अश्लील चलचित्रदेखि पर्यावरणसम्म र भाषादेखि प्रजननसम्म जोड्ने गर्छ । तथापि, उनीहरू सचेत र सजगताका साथ आफ्नो विश्लेषणमा ‘वर्ग’ शब्दबाट पन्छिने गर्छन् । यी महिलावादीहरू पुँजीवादी व्यवस्थालाई चुनौती दिन चाहँदैनन् । उनीहरूले चाहने सुधारले मध्यम वर्ग र सम्भ्रान्त शासक वर्गको मात्र सेवा गर्छ । उनीहरूले पैतृक सम्पत्ति र सम्पत्तिमाथि अधिकारका कुरा मात्र उठाउने गर्छन् । ती मुद्दा कामदार महिला वा महिला किसानका मुद्दाभन्दा निकै परका मुद्दा हुन् ।
औपचारिक शिक्षा नपाएका सबै महिलाको लागि पनि अध्ययन समूह र शिक्षाको व्यवस्था थियो । समाजवादी सामूहिक भावना र राज्यको भूमिकाले महिलालाई आफ्ना परम्परागत भूमिकाबाट मुक्त हुन मद्दत ग¥यो । जसले महिला मुक्तिको खास सपना साकार बनायो । महिला मुक्तिको लागि राज्यले साथ दिएको सामुदायिक घरेलु अर्थतन्त्र अपरिहार्य आवश्यकता हो । त्यसले पितृसत्तात्मक पारिवारिक संरचनाको क्रमिक उन्मुलन गर्दै जान्छ । परिवार प्राकृतिक संस्था हो र महिलाको पछौटेपना जैविक प्रक्रिया हो भन्ने सोचको तुलनामा त्यो निकै ठुलो फड्को थियो ।
सन् १९८० को दसकमा पुँजीवादी महिलावादभित्र उत्तर–आधुनिक सोचको लहर उठ्यो र महिलावादबारे झिलिमिली सिद्धान्तहरू प्रतिपादन हुन थाले । यी सिद्धान्तहरू यौन स्वतन्त्रता र उत्पीडनप्रति बिछट्टै आकर्षण भएको ‘महिलावादी यौन युद्ध’का आधारभूत मान्यताकै वरपर घुमेका थिए । त्यत्तिञ्जेल लेनिनले भविष्यवाणी गर्नुभएजस्तै यौन स्वतन्त्रता नै महिलावादी विश्लेषणको प्रमुख कोण बन्यो । महिलाको प्रश्न सर्वहारा आन्दोलनसँग जोडिएको सङ्घर्ष हो भन्ने माक्र्सवादी–लेनिनवादी विचारभन्दा भिन्न महिलावादले सफलतापूर्वक यी दुई आन्दोलन (सर्वहारा आन्दोलन र महिला आन्दोलन) बिचको सम्बन्ध तोडिसकेको थियो । ‘सबै पुरुष हाम्रा शत्रु हुन्”, “सबै यौन सम्बन्ध बलात्कार हो” जस्ता नाराले लेनिनवादीहरूले अघि सारेका वैज्ञानिक नारालाई विस्थापित गरे । ती महिलावादीहरूका कुरा झट्ट सुन्दा परिवर्तनकामी जस्ता सुनिए पनि वर्गीय हिसाबमा उनीहरूले महिलाका प्रश्नमा पुँजीवादी संस्करणको प्रतिनिधित्व गर्छन् । उत्तर–आधुनिक महिलावादले नैतिकताको क्षेत्रमा थप क्षति निम्त्यायो । रोबिन मोर्गन (सन् १९४१) जस्ता यो सिद्धान्तका प्रवद्र्धकले अन्तरलैङ्गिक अश्लिलता नै महिला उत्पीडनको मूल कारण भएको तर्क गरे । मोर्गन चरम महिलावादी, लेखक र कवि हुन् । अराजकतावादी महिलावादले क्रान्तिको ओठे भक्ति गरे पनि पितृसत्तात्मक सम्बन्ध मसिनो गरी तहगत प्रणाली (हाइरार्की)सँग जोडिएको तर्क गर्छ । त्यसकारण यो विचारले समग्र तहगत प्रणालीविरुद्ध लडेर पितृसत्तासँग लड्न खोज्छ । अराजकतावादको अधपतन महिला मुक्ति आन्दोलनमा चोरबाटो भएर छिर्छ । अराजकतावादी विचारले क्रान्तिको ओठे बखान गरे पनि यो विचारले निम्न पुँजीवादी विचारधाराको प्रतिनिधित्व गर्छ । वर्ग सङ्घर्ष र ऐतिहासिक भौतिकवादी विश्लेषणका सबै मान्यतालाई कुनामा थन्काइन्छ र महिलाको प्रश्नमा पुँजीवादी, अवैज्ञानिक र ‘नैतिक’ सिद्धान्तलाई प्रश्रय दिइन्छ । परिकाल्पनिक महिलावादले महिला मुक्तिलाई सबै कुरा अश्लील चलचित्रदेखि पर्यावरणसम्म र भाषादेखि प्रजननसम्म जोड्ने गर्छ । तथापि, उनीहरू सचेत र सजगताका साथ आफ्नो विश्लेषणमा ‘वर्ग’ शब्दबाट पन्छिने गर्छन् । यी महिलावादीहरू पुँजीवादी व्यवस्थालाई चुनौती दिन चाहँदैनन् । उनीहरूले चाहने सुधारले मध्यम वर्ग र सम्भ्रान्त शासक वर्गको मात्र सेवा गर्छ । उनीहरूले पैतृक सम्पत्ति र सम्पत्तिमाथि अधिकारका कुरा मात्र उठाउने गर्छन् । ती मुद्दा कामदार महिला वा महिला किसानका मुद्दाभन्दा निकै परका मुद्दा हुन् ।
तसर्थ, यो विषयमा हाम्रो मत व्यक्त गर्न हामीले ‘महिलावाद’ शब्दको प्रयोग गर्नु उपयुक्त होइन भन्ने मेरो विश्वास छ । राष्ट्रिय प्रश्नमा पनि हाम्रा आफ्ना मत छन् । तर, हामी आफूलाई ‘राष्ट्रवादी’ भन्दैनौँ । त्यसरी नै हामी महिलाको प्रश्नमा पनि माक्र्सवादी–लेनिनवादीले यो विषयलाई कसरी हेर्छन् भनी हाम्रो मत प्रस्तुत गर्छौँ । महिलाको प्रश्नमा देखापरेका सबै पुँजीवादी विचारलाई हामी अस्वीकार गर्छौँ । हामीले खास कामदार वर्गका महिला आन्दोलन अघि बढाउन सबै गलत र अवैज्ञानिक निष्कर्षलाई अस्वीकार गर्नुपर्छ । महिला आन्दोलनको विकास अलग वा निरपेक्ष भएर होइन, पुँजीवाद र निजी सम्पत्तिबाट सर्वहारा वर्गको मुक्तिको व्यापक आन्दोलनसँग जोडेर अघि बढाउनुपर्छ । कानुनी सुधारबाट महिलाको मुक्ति हुन्छ भन्ने उदारपन्थी विचार हामी मान्दैनौँ । हामी महिलाको प्रश्नमा आदर्शवादी र नैतिक सोच अघि ल्याउने उत्तर–आधुनिक महिलावाद पनि अस्वीकार गर्छौँ । हामी क्रान्तिको ओठे भक्ति गरेर समग्र तहगत प्रणालीविरुद्धको सङ्घर्षबाट महिला मुक्ति सम्भव ठान्ने अराजकतावादी महिलावादको पनि विरोध गर्छौँ ।
हामी महिलाको प्रश्नमा माक्र्सवादी–लेनिनवादी विचारधारा अघि बढाउँछौँ । महिलाको मुक्ति निजी सम्पत्ति र पुँजीको शासनबाट सर्वहाराको मुक्तिबिना हासिल गर्न सकिन्न । महिला मुक्ति साम्यवादबाट मात्र हासिल गर्न सकिन्छ र सकिनेछ । हामी सर्वहारा वर्गको प्रजातान्त्रिक–केन्द्रीयवादी सङ्गठनको रूपमा कम्युनिस्ट पार्टीलाई अघि बढाउनेछौँ ।
“म हाम्रा युवाको भविष्यबारे निकै गम्भीर छु । यदि पुँजीवादी समाजबाट हाम्रो क्रान्तिमा धेरै झारपातका जराको रूपमा खराब विचार देखापरिरहेका छन् र मौलाइरहेका छन् भने यथाशीघ्र नै त्यस्ता विचारविरुद्ध लड्नु उचित हुनेछ । महिलाको प्रश्नमा पनि यो सन्दर्भ उपयुक्त छ ।”–लेनिन

अम्ना हाफेज
(लेखक बेलायतको सुसेक्स विश्वविद्यालयमा लैङ्गिक तथा मिडिया अध्ययनका विद्यार्थी हुन् । उनले पाकिस्तानमा बुर्काको राजनीति र मिडिया प्रतिनिधित्वको विषयमा अनुसन्धान गरिरहेकी छिन् ।)
स्रोतः रिभोल्युशनरी डिमोक्रेसी
नेपाली अनुवादः नीरज
Leave a Reply