युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
बेलायतको कर्नेल विश्वविद्यालयमा पढाउँदा होस् या वेलेस्ली कलेज, प्रख्यात उपन्यासकार भ्लादिमिर नबोकोभले चाल्र्स डिकेन्सका बारेमा निकै प्रशंसा गर्थे । उनको निबन्धात्मक शैलीको उनी प्रशंसकथिए । उनका विद्यार्थीहरूलाई उनका हरेक किताब ध्यान दिएर पढ्न सुझाउँथे । एउटा लेखक अर्को लेखकको प्रशंसक हुनु नौलो कुरा थिएन । तर, महासागरपार अमेरिकामा समेत चाल्र्स डिकेन्सका हत्ते गर्नेहरू थिए । नयाँ पुस्तक कहिले बेलायतबाट आइपुग्ला भनेर उनीहरू कुरी बस्थे । अहिले पनि उनको लेखनीको ओज कम भएको छैन ।
उसो भए हामीले यी बेलायती लेखकबाट लेख्नेबारेमा के सिक्न सक्छौँ त ?
केही समीक्षकहरूको दाबी छ, चाल्र्स डिकेन्स विलियम सेक्सपियरपछिका सबैभन्दा प्रभावशाली अङ्ग्रेजी लेखक हुन् । उनका पात्रहरू आफ्नै छेउछाउका हुन्छन्, भाषामा उस्तै साङ्गीतिक स्वाद हुन्छ, उनको कथानकले पाठकलाई च्याप्प समात्छ ।
सन् १८१२ मा एउटा मध्यम वर्गीय परिवारमा चाल्र्स डिकेन्सको जन्म भएको थियो । पछि आर्थिकरूपमा डिकेन्सको परिवार यति अव्यवस्थित भयो कि ऋणको चुली लाग्यो । जोसँग उनका बुबाले ऋण लिएका थिए, त्यो तिर्न नसक्दा उनी बन्दी बन्न पुगे । परिवारसँग छनोट थियो, उनका बुबा बन्दी बन्ने कि परिवारका अन्य सदस्य ¤ कमाउने व्यक्ति नै बन्दी बने, कसले कमाउने ? कसले खुवाउने ? त्यसैले सबैभन्दा कम उमेरका चाल्र्स, जो कमाउँदैन थिए, उनी नै बन्दी बन्न पुगे ।
बन्दी जीवन बाँच्नु कस्तो हुन्छ भन्ने उनले त्यही बेला थाहा पाए । गरिबी र अभावका बीच हेपाई भोग्नु अझ पीडादायी हुँदोरहेछ भन्ने बुझे । त्यसैले उनको लेखाइमा जीवनभर त्यसको प्रभाव पर्यो । उनी कारखानामा सानै उमेरदेखि काम गर्न थाले । कारखानामा काम गर्ने मजदुरहरूको अवस्था अझ दयनीय थियो । तर उनले अप्ठेरो बेलामा पनि पढ्न भने छाडेनन् । पछि उनले कानुन पढे, कानुनी लडाइँ पनि गरे तर मुख्य गरी उनले पत्रकारिता गरे । अखबारी काम गर्दै उनले आफूले लेखेका कुराहरू छपाएका कारण उनका अधिकांश सिर्जनाहरू शृङ्खलाबद्ध देखिन्छन् ।
डिकेन्सको सफल लेखनीको मूल कारण गरिबी हो भन्नेहरू नभएका होइनन् । गरिबीमाथि लेख्ने सबै लेखक प्रभावशाली हुन्छन् भन्ने छैन । डिकेन्सका लेखनीका केही शैलीका कारण उनी प्रभावशाली भएका हुन् । मूलतः उनले गरिबी, त्यसमा बालबालिकाको अवस्था, द्वन्द्व, हास्यको समुचित प्रयोग, संवेदनामाथि सिद्धता र निरन्तर रहस्य कायम राख्न सक्ने खुबीलाई उपयोग गरेको देखिन्छ ।
पात्रहरूको द्वन्द्व
डिकेन्सका रचनामा पात्र सर्वोपरि हुन्छन् । पाठकले जहिले पनि पात्र सम्झन्छन्, चाहे त्यो स्क्रुज होस्, पिप, गरिया हिप नै किन नहोस् । तपाईँले अहिले पनि स्क्रुज भन्नुभयो भने तपाईँले के भन्न खोज्नुभएको हो भन्ने बुझिहाल्छन् । उनका लेखनीमा पात्र मुख्य कुरा त हुन्छ, तर त्यसलाई प्लटभित्र मज्जाले गाँसिरहेका हुन्छन् । पात्र प्लटबाहिर कहिल्यै निस्कँदैन । उनले त्यसको डिजाइन कसरी गर्छन् भन्ने ‘अ नोट अन द टेक्स्ट’ मा उल्लेख गरेका छन् ।
उनका पात्र यति वास्तविक झल्कन्छ कि तिनले मान्छेलाई तत्काल प्रभाव जमाइहाल्छन् । उनका पात्र, तपाईँ वा मजस्तै व्यवहार गर्ने, सोच्ने, कमजोरीले युक्त, समस्याले घेरिएको हुन्छ । अझ उसले आफैँलाई व्यङ्गय गर्छ । यसरी आफैँलाई खिज्याएको पाठकले रूचाउँछ । कथा जतिसुकै पुरानो होस्, मान्छेको संवेदना पुरानो हुँदैन । रिस, आक्रोश, प्रेम, करूणाजस्ता संवेदना शाश्वत हुन्छन् । त्यसैले जतिसुकै पुरानो साहित्य पढे पनि हामीले तत्काल त्यसमा भिज्न सक्यौँ भने त्यो उम्दा साहित्य हो । सकेनौँ भने त्यो कमसल साहित्य हो ।
संवेदनामा घुसाउन डिकेन्सले सुरुमा पात्रको बयान गर्छन् । उसको सशक्तता बुझाउँदै उसको क्रूरता वा महानताको उच्चता प्रकट गर्छन् । पात्रको त्यो हदको स्थापनापछि त्यसले गर्ने काम कति खतरनाक हुन्छ र त्यसले कसरी कहाँ प्रहार गर्ने हो भन्ने ढुकढुकी पालेर पाठक कथामा अघि बढ्न बाध्य हुन्छ ।
डिकेन्सको शैली नक्कल गर्न गा¥हो छैन । उनको शैली र बान्कीमा जम्मा दुई वटा पक्ष हुन्छन् । पहिलो, उनले व्यङ्गयमार्फत पात्रहरूको चरित्र चित्रण गरिदिन्छन् । शारीरिक विवरण दिन्छन् र अन्य वातावरण देखाइदिन्छन् । यस्तोमा तपाईँले चरित्रलाई नरम वा कडा मिजासको देखाउन सक्नुहुन्छ, युवा वा बूढो, कालो वा गोरो । विवरण छोटो राख्नु भयो भने तपाईँले गर्ने व्यङ्गयात्मक टिप्पणीको असर प्रभावशाली बन्न पुग्छ । लामो विवरण भयो भने व्यङ्गयात्मक टिप्पणीले सोचेजति प्रभाव नदेखाउन सक्छ । अब यति नक्कल गरेपछि तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ, तपाईँको कथा, पात्र, विवरणलाई समय सान्दर्भिक बनाउनुस्, आधुनिक बनाउनुस् । जुन पाठकलाई तपाईँले लक्षित गर्नुभएको छ, उनीहरूले बुझ्ने गरी सान्दर्भिक बनाउनुस् ।
यसपछि डिकेन्सले झैँ मुख्य पात्रलाई द्वन्द्वमा घिसार्नुस् । उसलाई शारीरिक, मौखिक र मानसिक द्वन्द्वमा पारिदिनुस् । यसो गर्दा एक हिसाबले मुख्य पात्र नकारात्मक नै पनि देखिन सक्छ । डिकेन्सको सबैभन्दा सुन्दर पक्ष के थियो भने जब उनले द्वन्द्व सिर्जना गर्छन्, त्यो लगभग अदृश्य हुन्छ र त्यो सतहमा देखिँदैन । त्यो मुखर भइसकेको हुँदैन तर समस्या भने स्थापना गरिसकेका हुन्छन् । यस्तो मौन द्वन्द्वले पछि कथानक अघि बढ्दै जाँदा ज्वालामुखीको काम गर्छ । त्यसले पाठकलाई सन्तुष्टीको अर्को तहमा पु¥याइदिन्छ ।
पाठकलाई हँसाउनोस्
हुन त हरेक लेखकले संवेदनामा खेलेर नै पाठकलाई बाँधिराख्ने हो । तर, डिकेन्सको शैली लोभलाग्दो छ । उनले पाठकलाई हँसाउँछन्, रूवाउँछन् र अब के हुन्छ भनेर प्रतीक्षा गराउँछन् । हँसाउने, रूवाउने र प्रतीक्षा गराउने नै उनको लेखनीको मूलमन्त्र मान्दा हुन्छ । लेखनीबाट धेरै उम्दा लेखकको हास्य गायब भइसकेको छ । डिकेन्सले त हास्यलाई कहिल्यै छाडेनन् । चाहे त्यो व्यङ्गय गरेर होस्, कुनै उपमा जोडेर होस्, शब्द खेलाएर होस्, कुनै शारीरिक संवेदनामाथि खेलेर होस्, हँसाउने बाटो छाड्दैनन् ।
तपाईँले पनि त्यही बाटो अवलम्बन गर्न सक्नुहुन्छ । व्यङ्गयात्मक शैली बनाउनोस्, हँसाउने ठाउँमा खाली नराख्नोस् । सिर्जनामा हास्यको प्रयोग विषयलाई हल्का बनाउन होइन, गम्भीर विषयलाई लुकाउन वा लुकेको विषयलाई पछि ठूलो आवाजका साथ पड्काउन प्रयोग गर्ने हो ।
पाठकलाई रूवाउनोस्
डिकेन्सको अर्को सशक्त पक्ष पाठकलाई रूवाउने खुबी हो । उनले प्रयोग गर्ने सशक्त संवेदनाले पाठकलाई तुरूक्क पार्न सक्थे । एरिस्टोटलले उनको पोएटिक्स नामक पुस्तकमा कुनै पनि वक्ताले भावलाई मुख्य तत्वका रूपमा उपयोग गर्न सुझाएका थिए । वक्ता भन्नाले उनको पालामा नाटक मात्र चल्तीमा थियो, उपन्यास जन्मिसकेको थिएन । त्यसैले उनले नाटकमा पात्रले बोल्ने शैलीमा भाव तत्वमा कसरी खेल्ने भनी सिकाएका थिए र सोही कुरा उपन्यासमा पनि लागू हुन्छ । पाठकमा दया र डर उत्पन्न गराउने तत्वहरू हाल्नोस् । ती संवेदनाले पाठकलाई घटनाक्रम अघि बढ्दै जाँदा तुरूक्क रूवाउने बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।
एस्थरले जब लेडी डेडलक उनकी आमा हुन् भन्ने थाहा पाउँछिन्, छक्क पर्छिन् । पाठक पनि छक्क पर्छन् तर त्यो छक्क पराई मात्र पर्याप्त हुँदैन भन्ने डिकेन्सले बुझेका थिए । घटनालाई अझ दोहन गर्दै लामो समयपछि फेला परेकी छोरीप्रति उत्पन्न मातृत्वलाई तन्काइदिन्छन् र कठोर पनि बनाइदिन्छन् । लेडी डेडलकले भन्छिन्, अब तिमी र म कहिल्यै भेट नहोऔँ र सहयोगको पनि आशा नगरौँ ।
‘अहो ¤ कस्ती कठोर आमा !’ भनेर पाठक यो बेला तुरूक्क रून्छन् ।
उमेरजन्य समस्याका कारण तपाईँ यो दृश्यमा रून नसक्नुहोला, आँखाबाट आँसु नखस्लान् तर पनि तपाईँमा त्यो बेलासम्म एस्थरप्रति पर्याप्त संवेदना जन्मिसक्छ । लेडी डेडलकप्रति तपाईँ क्रुद्ध हुनुहुनेछ ।
द ओल्ड क्युरिओसिट सप (१८४१) उपन्यास छापिँदा अमेरिकामा यो किताब किन्नेहरूको लाइन लागेको थियो । तर सानी नानी नेलको दुरावस्थामा चःचः गर्नेको कुनै कमी थिएन । यो उपन्यासको अन्त्य लेख्न डिकेन्सलाई यति गाह्रो भएको थियो कि उनले कयौँ सातासम्म उचित अन्त्य लेख्न सकिन भनेर साथीभाइसँग भेटघाट नै बन्द गरिदिए । आफूलाई एउटै कोठामा थुनेर उचित अन्त्य दिने कोसिस गरे । भनिन्छ, उनमा त्यो तहको कारूणिक दृश्य उत्पन्न गर्ने शक्ति एउटा शोकले दिएको थियो । केही वर्षअघि उनकी १७ वर्षकी साली मेरी होगार्थको निधन भएको थियो । उनकै अँगालोमा उनले देह त्यागेकी थिइन् र यो दृश्यले उनलाई दुःख दिइरहेको थियो र त्यो दुःख उनले यसको अन्त्य लेख्नमा लगाए ।
संवेदनामाथि लेख्न तपाईँले संवेदना झेलेको, पीडा भोगेको, बुझेको हुनुपर्छ । तपाईँको आफ्नै जीवनमा जे भोग्नुभएको छ, ती स्मृतिहरूलाई सदुपयोग गर्न झिँजो र अप्ठेरो नमान्नुस् । त्यही भोगाइ, स्मृतिले नै तपाईँलाई प्रामाणिकरूपमा लेख्न सघाउ पु¥याउँछ । त्यो प्रामाणिकताले नै पाठकले तपाईँको पढेको संवेदना आफ्नै संवेदनासँग एकाकार गर्न सक्छन् ।
पाठकलाई कुराउनोस्
सन् १९६७ मा प्रकाशित चाल्र्स डिकेन्स एज सिरियल नोभलिस्ट पुस्तकमा आर्किबाल्ड सि. कुलिज जुनियरले एउटा गज्जबको कुरा गरेका छन् । उनले सो पुस्तकमा डिकेन्सको अरूलाई कुराउने, धैर्य खोज्ने बानीबाट कायल भएको उल्लेख गरेका छन् । उनका प्रायः उपन्यासहरू अखबारमा प्रकाशित भएका हुन् । अखबारमा उनले जुन अध्याय पेश गरेका हुन्थे, त्यसपछि अर्को अध्यायमा के होला भनी पाठकलाई यति चासो हुन्थ्यो कि अर्को अध्याय खोजीखोजी पाठकले पढ्थे । पाठकलाई अर्को अध्यायका लागि कुराउन सक्ने खुबी निकै कम लेखकमा हुन्छ । यो खुबी प्रायः थ्रिलर वा मिस्ट्री (रहस्य रोमाञ्च) विधाका उपन्यासकारहरूको विशेषता हो । उनीहरूले त्यसलाई पेवासरी उपयोग गरिरहेका हुन्छन् तर क्लासिक साहित्यमा उनले त्यसैलाई मज्जाले उपयोग गरेका छन् । कथानकमा क्राफ्टको उपयोग, यादगार चरित्रहरूको निर्माणजस्ता कुराका लागि लेखकहरूले उनलाई पाठ्यपुस्तकझैँ पढ्ने गर्छन् । उनले रहस्य, रोमाञ्च विधाका लेखकले जसरी रहस्य र थ्रिललाई उपयोग गर्छन्, सोही तरिकाले उनले त्यसलाई उपयोग गर्ने गर्छन् ।
सन् १८५३ मा प्रकाशित ब्लिक हाउसमा उनले रहस्यलाई निकै सुन्दर तरिकाले उपयोग गरेका छन्, खासगरी इस्थरकी आमा लेडी डेडलकको परिचय खुलाउने विधि, वास्तविकताको खुलासापछि इस्थर र लेडी डेडलकको अवस्था तथा लेडी डेडलकले इस्थरलाई आफूलाई आइन्दा आमाका रूपमा व्यवहार नगर्न दिएको नसिहतले एकै साथ आमाछोरीको भेट र तिनको सम्बन्धको अन्त्यको जुन नाटकीयता छ, त्यसले पाठकको मुटु ढुकढुकी बढाइदिन्छ ।
रहस्य मूल विधा बोकेको उपन्यासमा पाठकलाई लामो समय प्रतीक्षा गराउने र वास्तविकता खुलाउने शिल्पका कारण त्यो निकै लोकप्रिय भएको हो । त्यसैले हल्का हल्का वास्तविकता खोल्दै पाठकलाई तान्नु र तानिरहने बनाउनुको कला के हो उनले सिकाएका छन् ।
१८६१ मा प्रकाशित ग्रेट एक्सपेक्टेसन उपन्यासमा पनि रहस्य र रोमान्चको उम्दा संयोजन देखिन्छ । यसमा पनि पाठकलाई वास्तविकतासँग परिचित गराउन निकै समय लगाइन्छ । तपाईँले पनि डिकेन्सी कथावाचनको शैलीलाई उद्देश्यमूलक तरिकाले सदुपयोग गर्न सक्नुहुन्छ । पाठकलाई गलत बाटोमा लैजाने र अन्त्यमा खस्नै लाग्दा उचित ठाउँमा पु¥याउने डिकेन्सी शैलीमा कतिपय अवस्थामा वास्तविकता कम र पाठकलाई बराल्याउँदै भुतुक्क पार्न सकिन्छ भन्ने पनि उनले सिकाएका छन् । त्यसैले अलिअलि खुलासा गर्ने र पाठकलाई प्रतीक्षा गराउने शैली उनबाट सिक्न सकिन्छ ।
– साहित्य पोस्टबाट
Leave a Reply