सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
देशका विभिन्न जिल्लामा हालै कक्षा ८ को नतिजा प्रकाशित भयो । अधिकांश ठाउँमा उक्त नतिजा एकदम खस्केको या लाजमर्दो अवस्थामा पुगेको मूल्याङ्कन शिक्षाविद् र अभिभावकहरूले गर्न थालेका छन् । यो देशकै चिन्ताको विषय बनेको छ । राज्यले सार्वजनिक शिक्षालाई प्राथमिकता दिएको छैन । सामुदायिक विद्यालय चले पनि नचले पनि, विद्यालयका लागि आवश्यक शैक्षिक सामग्री भए पनि नभए पनि, विषय शिक्षक पुगे पनि नपुगे पनि राज्यलाई कुनै मतलब छैन । यो वर्षको कक्षा ८ को परीक्षाको नतिजाले अभिभावकहरूलाई निरास बनाएको छ । पहिले पहिले विद्यालय आफैले परीक्षा लिन्थ्यो, विद्यालयकै शिक्षकहरूले कापी परीक्षण गर्थे । जब कक्षा ८ को परीक्षा स्थानीय तहले लिन थाले तब अधिकांश परीक्षार्थीहरू अनुत्तीर्ण देखिए ।
धनगढी उपमहानगरपालिकामा कक्षा ८ को परीक्षामा ९ प्रतिशत मात्रै विद्यार्थीहरू उत्तीर्ण भएको खबर प्रकाशमा आयो । धनगढीमा सामुदायिकतर्फ २,५२८ विद्यार्थीमध्ये २३२ जना मात्र उत्तीर्ण भए । यो नतिजा अति न्यून हो । यतिबेला अनुत्तीर्ण विद्यार्थी मात्र होइन अभिभावकहरू पनि चिन्तामा छन् । अनुत्तीर्ण भएका विद्यार्थीले गर्ने के ? त्यसो त स्थानीय तहले अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिलाउने व्यवस्था गरेको छ । तर, दोहोरो परीक्षा दिँदैमा उत्तीर्ण सङ्ख्या सन्तोषजनक हुन्छ कि हुँदैन ? यसरी कम उत्तीर्ण हुनुमा दोष कसको ? के यो विद्यालय प्रशासन, शिक्षक, अभिभावक, विद्यार्थी, व्यवस्थापन समितिको निम्ति चुनौतीको विषय होइन ?
सामुदायिक विद्यालयमा देखिएको यो समस्या धनगढी उपमहानगरपालिकाको मात्र पक्कै होइन होला । सबै जिल्ला या नगरका विद्यालयमा यस्तै नतिजा होला भनेर सोच्नु मनासिब हुँदैन । राम्रा सामुदायिक विद्यालयहरू पनि छन्, राम्रै पठनपाठन गराएर राम्रो नतिजा ल्याएका विद्यालय पनि बग्रेल्ती छन् । तर, देशका अधिकांश सामुदायिक विद्यालयको शैक्षिक स्तर चित्तबुझ्दो देखिँदैन । यसबारे राज्य या सम्बन्धित निकायले शैक्षिक सुधारको उपाय खोज्नुपर्छ । परीक्षाको नतिजा राम्रो किन भएन भन्नेबारे सिंहावलोकन गर्नुपर्छ र यथार्थ बुझी सोको उपाय खोज्नुपर्छ ।
विद्यालयको लागि आवश्यक शिक्षक, शैक्षिक सामग्री, भवन पर्याप्त हुनुपर्छ । विद्यालयमा पढाइ नियमित भइरहेको हुनुपर्छ । शिक्षकले बुझाएका, पढाएका कुरा विद्यार्थीले बुझे बुझेनन् मूल्याङ्कन गरिरहनुपर्छ । कतै आफ्नो सन्तानको लागि घरमा शैक्षिक वातावरण नै छैन कि ! विद्यार्थीको क्षमताभन्दा बढी स्तरीय पाठ पो प¥यो कि ! विद्यार्थीहरूको शैक्षिक स्तर बढी खस्केको सङ्केत कोरोना कालदेखि भएको देखिन्छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमै कम चासो गयो । अनुत्तीर्ण भएपछि विद्यार्थीहरू निरास हुन्छन् र त्यही कक्षामा पढ्न रूचाउँदैनन् । यसकारण, सामुदायिक विद्यालयको शिक्षामा सुधार आवश्यक छ । राज्यले शिक्षामा प्राथमिकता दिनुपर्छ । शिक्षाको स्तर उठाउन कसको, कहाँ, कसरी कमजोरी हटाउने भन्नेबारे शिक्षाविद्हरूबिच चिन्तन मनन गर्नु आवश्यक छ ।
Leave a Reply