भर्खरै :

चीनको भावी विकासबारे अस्ट्रेलियाका विद्वान विश्वस्त

चीनको भावी विकासबारे अस्ट्रेलियाका विद्वान विश्वस्त

अस्ट्रेलियाका विद्वान कोलिन माक्केरासले विगत ६० वर्षमा धेरैपटक चीनको भ्रमण गर्नुभएको छ । उहाँले विश्वमा खासगरी पश्चिमा मुलुकलाई चीनबारे यथार्थ जानकारी दिनुभएको छ । सन् २०१४ मा उहाँले चीन सरकारको मित्रता पुरस्कार पनि जित्नुभएको थियो । हाल कोलिन ८४ वर्षको हुनुभयो । उहाँ नयाँ चीनको विकास प्रक्रियाको साक्षी बन्नुभएको छ ।
कोलिनका अनुसार, चीनले प्राप्त गरेको ठूलो उपलब्धिमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई अलग गर्न सकिन्न । चीन सरकारको शक्तिशाली व्यवस्थापन क्षमता छ । हालैका वर्षहरूमा चीनले बाह्य खुलापनलाई निरन्तर विस्तार गरेको छ । ‘बेल्ट एन्ड रोड’ प्रस्तावको कार्यान्वयनले धेरै मुलुक र क्षेत्रका लागि सकारात्मक परिवर्तन ल्याएको छ । कोलिन भन्नुहुन्छ, “विगत दस वर्षमा चीनको ‘बेल्ट एन्ड रोड’ प्रस्तावले चीन र विश्वका धेरै मुलुकहरूको लागि ठूलो परिवर्तन ल्याएको छ । ‘बेल्ट एन्ड रोड’ प्रस्ताव आधारभूत प्रबन्धको विकाससित सम्बन्धित छ । मेरो विचारमा चीनले अरू मुलुकहरूलाई मद्दत दिने राम्रो तरिका खोजेको छ ।”
कोलिनको विचारमा हालैका वर्षहरूमा चीनले अन्तरिक्ष, दूर सञ्चार, द्रुतगतिको रेल आदि क्षेत्रहरूमा प्रगति र उपलब्धि हासिल गरेको छ । ती क्षेत्रहरूमा चीन विश्वको अग्रस्थानमा रहेको छ । केही पश्चिमा मुलुकहरूले तथाकथित ‘त्रास–धम्की’ को अनुभव गरेका छन् । कोलिनका आँखामा केही पश्चिमा मुलुकहरूले चीनको द्रुत विकासको वास्तविकता स्वीकार गरेका छैनन् । त्यसैले ती मुलुकहरूले चीनको बदनाम गरिरहेका छन् ।
चीनले पहिलेको गरिब मुलुकबाट विकास गरेर हाल विश्वको दोस्रो ठूलो आर्थिक समूह बनेको छ । चीनले विश्वको शासन प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोलिनको विचारमा चीनको शान्तिपूर्ण विकासले विश्वलाई तथाकथित ‘त्रास–धम्की’ ल्याएको छैन । चीन विश्वको शान्ति बढाउने महत्वपूर्ण शक्ति हो । कोलिनले धेरैपटक चीनको सिन्च्याङको पनि भ्रमण गर्नुभएको छ । उहाँको सिन्च्याङको पछिल्लो भ्रमण सन् २०१८ मा थियो । सिन्च्याङमा भएको ठूलो परिवर्तनले कोलिनको मनमा गहिरो छाप परेको छ । कोलिन भन्नुहुन्छ, “हाल मलाई सबैभन्दा गहिरो छाप परेको भनेको आधुनिक सिन्च्याङ हो । खा शिजस्ता सहरहरूको मुहार निकै आधुनिक भएका छन् । स्थानीय सर्वसाधारणको जीवनस्तर उच्च छ । हाल केही मानिसले सांस्कृतिक नरसंहारबारे कुरा गरेका छन् । किन यसरी भनेको मलाई थाहा छैन । मैले परम्परागत संस्कृतिलाई हानि पु¥याउने कुनै अवस्था देखेको छैन । मैले चीनले परम्परागत संस्कृतिको निर्माण गर्न गरेको प्रयास देखेको छु ।”
चीनको विकासको भविष्यबारे चर्चा गर्दै कोलिनले चीनको भविष्य उज्ज्वल हुने विश्वास गर्नुभयो । –सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *