नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
चीनले कोभिड–१९ को कुशल व्यवस्थापन गरेलगत्तै अफ्रिका, युरोप, एसिया, मध्यपूर्व र ल्याटिन अमेरिकाका कैयौँ नेता चीन पुगे । त्यहाँ उनीहरूले दुईपक्षीय सम्बन्ध प्रवद्र्धन गर्ने विषयमा मात्र कुराकानी गरेनन् बरु सिङ्गो मानव जातिको भलाइको विषयमा पनि विमर्श गरे । चीनमा हालै भ्रमण गरेका नेताहरूमा गाबोनियाली राष्ट्रपति अली बिङ्गो ओन्दिम्बा, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ, ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा, युरोपेली आयोगकी सभापति उरुसुला भोन देर लिएन र सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङ आदि छन् ।
चीनका नेताहरू पनि यो समयमा विभिन्न देशमा पुगे । राष्ट्रपति सी चिनफिङले मार्च महिनामा रुसको भ्रमण गरे । प्रधानमन्त्री छिन काङले यही साता फिलिपिन्सको भ्रमण गरे । चीन र बाँकी विश्वबिचको दुईतर्फी कूटनीतिक आउजाउले एउटा मुख्य अन्तर्राष्ट्रिय पक्षको रूपमा चीनको बढ्दो भूमिकालाई प्रकाशमा ल्याएको छ । आज संसारले चीनको साथ र सहकार्य खोजिरहेको छ । संसारका नेताहरूको चीन भ्रमणलाई विश्व मञ्चमा चीनको बढ्दो भूमिकाको स्वीकारोक्तिको रूपमा लिइएको छ ।
संसारको दोस्रो ठुलो अर्थतन्त्र र विश्वव्यापी आपूर्तिको जिम्मेवारी बोकेको एउटा प्रमुख देश हुनुको नाताले चीनमा जे भए पनि त्यसले बाँकी संसारलाई पनि प्रभावित बनाउँछ । सन् २०२३ मा चीनको अर्थतन्त्र ५.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ । यसले संसारको अर्थतन्त्रमा नयाँ ऊर्जा सञ्चार गर्नेछ । विश्व बैङ्कका अनुसार चीनले १.७ प्रतिशतको प्रारम्भिक वृद्धिको अपेक्षा नाघ्दै अहिले नै वृद्धिदर २.० प्रतिशत पुगेको छ ।
संसारसँग व्यवहार गर्न सक्ने चीनको क्षमता अहिले सर्वत्र स्वीकारिएको विषय हो । चीनले लगातारको इमानदार र आपसी हितकारी कूटनीतिक प्रयासमार्फत शान्ति र विकासमा आधारित अन्तर्राष्ट्रिय सहकार्यको आधुनिक प्रारूप हासिल गर्न सबै देशलाई एकै ठाउँमा ल्याउने प्रयत्न गरिरहेको छ ।
द्वन्द्व र तनावको छाललाई नियन्त्रण गर्न, देशहरूबिच शान्तिपूर्ण सम्बन्ध प्रवद्र्धन गर्न र प्रगतिशील खालको शान्तिपूर्ण शासकीय ढाँचा विकास गर्न चीनले विश्व सुरक्षा कार्यक्रम (ग्लोबल सेक्युरिटी इनिसिएटिभ–जीएसआइ) प्रस्ताव गरेको छ । साउदी अरब र इरानबिच युद्धविराममा मध्यस्थता गराउनमा चीनले हासिल गरेको सफलता जीएसआइ कार्यान्वयनको लागि प्रमुख कोशेढुङ्गा हो । साउदी अरब र इरानबिच युद्धविरामले मध्यपूर्वका देशहरूबिच सहकार्य बढाउन र क्षेत्रीय तनाव न्यून गर्न सहज बनाउनेछ । द्वन्द्वग्रस्त र युद्धको मानसिकताले व्याप्त संसारमा इमानदार र समावेशी कूटनीतिले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुराको दृश्तान्त हो यो ।
आर्थिक विकासको सन्दर्भमा चीनले आफ्नै भूमिमा पनि उल्लेख्य सफलता हासिल गरिसकेको छ र यो सफलता अन्य देशमा पनि ती देशले सामना गरिरहेका विकासका चुनौतीमाथि जित हासिल गर्न फैलिरहेको छ । यो वर्षबाट चीनले थालेको बेल्ट एन्ड रोड परियोजना एक दशक पुगेको छ । बीआरआइका पाँच आधार ः नीतिगत समन्वय, पूर्वाधारको सञ्जाल, अविछिन्न व्यापार, वित्तीय समन्वय र जनस्तरमा सम्बन्धअन्तर्गत विभिन्न विकास परियोजनामा चीनले १ खर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । परिणामस्वरूप व्यापार बढेको छ । पूर्वाधार परियोजनाहरू समापन भएका छन् । चीन बाँकी संसारसँग सबैको समृद्ध भविष्यको निम्ति आपसमा विकास बाँड्न चाहन्छ भन्ने कुराको बीआरआइ उदाहरण हो ।
बहुपक्षीयताको सन्दर्भमा चीनले संयुक्त राष्ट्र सङ्घका सबै देशका साझा हितलाई चुस्तरूपमा अघि बढाइरहेको छ । चीन–अफ्रिका सहकार्य मञ्चजस्ता थलोमार्फत चीनले अन्तर–सिमाना चुनौती समाधान गर्न अरू देशसँग साझा काम गर्ने प्रयास गरिरहेको छ ।
धेरै देशले चीनलाई उसले थालेका व्यवहारिक अन्तर्राष्ट्रिय सहकार्य संयन्त्रका कारण भरपर्दो साझेदार मान्ने गर्छ । उदाहरणको लागि अफ्रिकी नेताहरू पश्चिमा देशहरूका आलोचना झेलेर पनि चीनसँगको साझेदारी जोगाउन कम्मर कसेर लागेका छन् । अफ्रिकाका केही पुराना मित्रहरूका झूटा आश्वासनको ठाउँमा चीनले अफ्रिकाको विकासका चुनौतीको लागि समाधान खोज्न प्रविधि, वित्त र जनशक्तिसमेत सहायता गर्दै आएको छ । अफ्रिका चीनसँग साझेदारीमा मूल्यबोध गरेको एउटा मात्र क्षेत्र पक्कै होइन । अन्य क्षेत्रहरूका अवस्थामाथि विचार गर्दा पनि उनीहरू चीनसँग सहकार्य गर्न व्यग्र छन् ।
धेरै देशको लागि दिगो सहकार्य सम्भव छ भन्ने कुराको दृष्टान्त बनेको छ चीन । अन्तर्राष्ट्रिय वृत्तमा चीनका दुश्मनहरूले यो अवस्थामाथि जस्तै गरेर पनि छायाँ पार्न सक्दैनन् ।
(लेखक चीन–अफ्रिका सहकार्यमा केन्द्रित अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ हुन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवाद : नीरज
Leave a Reply