अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
प्राध्यापकलगायत विद्यार्थीहरूलाई अनुसन्धानात्मक गतिविधिमा संलग्न हुने परम्परा विकसित गर्ने मनसायले हरेक वर्ष ख्वप कलेजले आयोजना गर्दै आएको शैक्षिक सम्मेलन (कन्फरेन्स) यो वर्ष पनि जेठ १३ र १४ गते ख्वप कलेजको प्राङ्गणमा हुँदै छ । विभिन्न तहका प्राध्यापक, उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलगायत अन्य प्राज्ञहरू शैक्षिक सम्मेलनअन्तर्गतका सेमिनार सत्रहरू र प्रस्तुतीकरणहरूमा सहभागी भएर आफ्ना सीपहरू सुधार गर्नुका साथै अत्याधुनिक शिक्षण रणनीतिहरूसँग साक्षात्कार हुने अवसर पाउँछन् । सम्मेलनले शिक्षक तथा विद्यार्थीहरूलाई विभिन्न संस्थाहरूका साथीहरूसँग जोड्ने, सम्बन्ध स्थापित गर्ने र अनुभवहरू आदानप्रदान गर्ने मौका दिन्छ । यसैगरी, सम्मेलनले शिक्षकहरूलाई ज्ञान साझा गर्न र आफ्ना सहकर्मीहरूसँग विचारहरू आदानप्रदान गर्ने ठाउँ दिन्छ । शिक्षाको क्षेत्रमा नवीनतम निष्कर्षहरू, शैक्षिक प्रविधि, शिक्षण रणनीति र नीतिहरूमा भएका विकासबारे जान्नको लागि सम्मेलनलाई उत्कृष्ट दबुको रूपमा लिन सकिन्छ ।
सम्मेलनमा सहभागी हुनु धेरै अर्थमा विद्यार्थीहरूको लागि अत्यधिक लाभदायक हुन्छ । सम्मेलनले विद्यार्थीहरूलाई उनीहरूको परम्परागत कक्षाकोठाको सेटिङभन्दा बाहिरका नयाँ विचार र ज्ञानको बारेमा सिक्ने अवसर प्रदान गर्दछ । विद्यार्थीहरूले विभिन्न विषयका सेसन र कार्यशालाहरूमा भाग लिएर ज्ञान हासिल गर्नसक्ने हुँदा उनीहरूको शैक्षिक र व्यावसायिक जीवनमा मद्दत पु¥याउँछ भने अर्कोतिर विद्यार्थीहरूलाई प्रोफेसरहरूसँग भेट्ने र सम्बन्ध स्थापित गर्ने अवसरले गर्दा इन्टर्नशिपहरू वा शैक्षिक परियोजनाहरूमा सहकार्य गर्नको निम्ति विद्यार्थीहरूको लागि सजिलो हुन्छ । रोजगार बजार थप प्रतिस्पर्धी बन्दै गएको अवस्थामा सम्मेलनबाट विद्यार्थीहरूले नयाँ प्रविधिहरू र उत्कृष्ट अभ्यासहरूबारे जान्ने हुँदा उनीहरूको करियर विकासमा मद्दत गर्दछ । सम्मेलनमा विद्यार्थीहरूले आफ्नो अनुसन्धान वा शैक्षिक कार्य प्रस्तुत गर्ने हुँदा प्रस्तुतीकरण र वाक् पटुता विकास गर्ने अवसर मिल्छ । विद्यार्थीहरूले आफ्ना साथीहरू र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूबाट प्रतिक्रिया पनि प्राप्त गर्न सक्छन् । विद्यार्थीहरूले आफ्नो क्षेत्रका प्रख्यात विज्ञहरूसँग साक्षात्कार हुने अवसर पाउँदा भविष्यको अनुसन्धानको लागि सम्भावनाबारे बुझ्न सजिलो हुनेछ । यसरी सम्मेलन विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत हुन्छ ।
यति हुँदाहुँदै पनि अहिले विद्यार्थीहरूलाई सम्मेलनमा सहभागी हुन कसरी प्रोत्साहित गर्ने भन्ने चुनौती छ । सम्मेलनको बारेमा जानकारी साझा गर्दै प्राध्यापकहरूले विद्यार्थीहरूलाई सहभागी बनाउन केही हदसम्म बाध्यकारी नियम पनि बनाउनुपर्छ । विद्यार्थीहरूलाई सम्मेलनको विषयवस्तु, स्थान र मितिका विवरणहरू प्रदान गर्नुपर्छ । तिनीहरूले सम्मेलनमा भाग लिदा हुने फाइदा र यसले उनीहरूको शैक्षिक र व्यावसायिक जीवनमा कसरी मद्दत गर्न सक्छ भन्नेबारे जानकारी पनि साझा गर्नुपर्छ । विशेषगरी विद्यार्थीहरूको लागि सम्मेलन सहभागी शुल्क न्यून हुनुपर्छ । आयोजकले सकेसम्म विद्यार्थीहरूलाई खर्च व्यहोर्न र सम्मेलनहरूमा भाग लिन मद्दत गर्न छात्रवृत्ति वा यात्रा अनुदानजस्ता आर्थिक सहयोग प्रदान गर्नुपर्छ । कसरी सारांश वा अनुसन्धान पेपर तयार गर्ने भन्नेबारे मार्गदर्शन सम्बन्धित प्राध्यापकले गर्नुपर्छ । त्यसैगरी, प्राध्यापकले कसरी प्रस्तुतीकरण विकास गर्ने, कसरी प्रभावकारीरूपमा प्रस्तुत गर्ने र स्रोताहरूबाट आएका प्रश्नहरू कसरी सामना गर्ने भन्नेबारे विद्यार्थीलाई मार्गदर्शन दिनुपर्छ । प्राध्यापकले विद्यार्थीहरूलाई सम्मेलनमा भाग लिँदा नयाँ सीपहरू सिक्ने अवसर, ज्ञानको लागि एक्सपोजर प्राप्त हुने र विभिन्न क्षेत्रका विशेषज्ञहरूसँग सम्पर्क हुनेजस्ता फाइदाबारे प्रकाश पार्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूले बहुमूल्य अनुभव प्राप्त गरेर शैक्षिक र व्यावसायिक सोचको विकास पनि गर्छन् ।
अर्कोतिर प्राध्यापकहरू आफैँ पनि यस्ता सम्मेलनबाट आफ्नो शैक्षिक उन्नयन बढाउन सक्छन् । सम्मेलनले प्राध्यापकलाई सीप विकास गर्न, नयाँ शिक्षण प्रविधिहरू सिक्न कार्यशालाहरू र प्रस्तुतीकरणहरूमा उपस्थित हुने अवसर प्रदान गर्दछ । सम्मेलनले प्राध्यापकहरूलाई अन्य संस्थाका सहकर्मीहरूसँग भेट्ने र सम्बन्ध बनाउँदै अनुभवहरू साझा गर्ने अवसर प्रदान गर्दछ । प्राध्यापकहरूले आफ्नो क्षेत्रका विशेषज्ञहरूसँग जोडिन र विचारहरू आदानप्रदान गर्न सक्छन् भने शैक्षिक परियोजनाहरूमा सहकार्य गर्न पनि सक्छन् । प्राध्यापकहरूको लागि नयाँ शिक्षण विधिहरू, प्राविधिक विकास र शैक्षिक नीतिसहित शिक्षामा नयाँ अनुसन्धानबारे जान्नको लागि सम्मेलन उत्कृष्ट माध्यम हो । सम्मेलनबाट प्राप्त भएको शिक्षा क्षेत्रका उदीयमान मुद्दालाई आफ्नो शिक्षण विधिमा समावेश गर्न मद्दत गर्ने हुँदा सम्मेलन प्राध्यापकहरूको लागि पनि प्रेरणाको स्रोत हुनसक्छ ।
सम्मेलनले अनुसन्धानकर्ताहरूलाई उनीहरूको खोज धेरै जनताको माझ साझा गर्नको लागि मञ्च प्रदान गर्नेजस्ता धेरै महत्वपूर्ण भूमिका खेल्छ । अन्वेषकहरूले आफ्नो कामलाई सचित्र प्रस्तुतीकरण वा प्यानल छलफलमार्फत अरूलाई बुझाउन सक्छन् । सम्मेलनमा अनुसन्धानकर्ताहरूलाई आफ्नो क्षेत्रमा भइरहेको नयाँ अनुसन्धानको बारेमा जान्नको लागि अवसर पाउँछ भने अर्कोतिर आफ्नो कामको बारेमा विशेषज्ञहरूबाट प्रतिक्रिया प्राप्त गर्ने अवसर पनि पाउँछन् । सम्मेलनमा अन्वेषकहरूबिच विचारहरू आदानप्रदान हुने हुँदा अनुसन्धान परियोजनाहरूमा सहयोग गर्न सक्छन् । सम्मेलनमा रचनात्मक आलोचना पनि हुने हुँदा अनुसन्धानमा सुधार गर्न मद्दत गर्दछ । सम्मेलनमा अनुसन्धानकर्ताहरूले सम्भावित सहयोगीहरूसँग सम्बन्ध स्थापित गर्ने अवसरहरू पाउने हुँदा अनुसन्धानको निम्ति सम्भावित कोषको लागि नयाँ अवसरहरू फेला पार्ने सम्भावना हुन्छ । सम्मेलनले अनुसन्धानकर्ताहरूको लागि अनुसन्धानमुलक लेख वा सम्पादित खण्डजस्ता लेखन जर्नलमा प्रकाशनका अवसरहरू पनि प्रदान गर्छ । यसले अनुसन्धानकर्ताहरूलाई आफ्नो कामको प्रचारप्रसार गर्न मद्दत गर्छ । त्यसैगरी, अन्वेषकहरूले आफ्नो काम साझा गर्ने, टिप्पणी गर्ने र सम्मेलनमा अन्य विषयका विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्छ । यस्तो टिप्पणीले अनुसन्धानकर्तालाई आफ्नो विश्लेषण, विधि र अनुसन्धान प्रश्नहरू सामना गर्न मद्दत गर्छ । परिणामस्वरूप थप गहन र अन्तरदृष्टिपूर्ण अध्ययन सम्भव हुन्छ । फलस्वरूपः अनुसन्धानले समाजको ज्ञानको विस्तार र उन्नतिमा योगदान पु¥याउँछ ।
अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीसँग मात्र होइन यस्ता शैक्षिक सम्मेलनको समाजसँग पनि घनिष्ठ सम्बन्ध हुन्छ । सम्मेलन, अनुसन्धान र समाज नजिकबाट एक अर्कासँग जोडिएका हुन्छन् । समाजले प्रायः आफ्नो उद्देश्य प्राप्त गर्ने माध्यम यस्तै सम्मेलन हुन्छ । सम्मेलनले समाजका सदस्यहरूलाई सँगै आउन र चुनौतीबारे छलफल गर्न मञ्च प्रदान गर्दछ । शैक्षिक सम्मेलनले सम्बन्धित क्षेत्रको विकासमा सहकार्य गर्न विशेषज्ञ, प्राध्यापक र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर समाजमा महत्वपूर्ण भूमिका खेल्छ । व्यक्तिगत ज्ञानलाई अगाडि बढाउनुको अतिरिक्त शैक्षिक सम्मेलनले सूचना र विचारको प्रसारलाई सहज बनाएर समग्र समाजको उन्नतिमा योगदान पु¥याउँछ । यस्ता सम्मेलनमार्फत अनुसन्धानकर्ताले आफ्ना निष्कर्ष आमजनतासँग साझा गर्दै नयाँ विचार अपनाउने र अन्ततः समाजको सुधारको लागि नेतृत्वदायी कार्य गर्दछ ।
अन्तमा, शैक्षिक सम्मेलनको प्रभावकारिता सुनिश्चित गर्न आयोजकले ध्यानपूर्वक सम्मेलन कार्यक्रमको खाका तयार पार्नुपर्छ । सान्दर्भिक र आकर्षक वक्ताहरू छनोट गर्नुपर्छ । अन्तरक्रियात्मक सत्र र छलफलको लागि अवसर प्रदान गर्नुपर्छ । यसको अतिरिक्त आयोजकले भविष्यमा हुने सम्मेलनलाई सुधार गर्न र समुदायको आवश्यकता सुनिश्चित गर्न सहभागीहरूबाट प्रतिक्रियाहरू सङ्कलन गर्नुपर्छ ।
Leave a Reply