भर्खरै :

आमाबुबा नभएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

आमाबुबा नभएका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण

भक्तपुर, १३ वैशाख । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगर क्षेत्रमा अध्ययनरत आमाबुबा नभएका अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउँदै बालबालिका देशको लागि भविष्य आधार भएकोले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन भन्ने हेतुले नगरपालिकाले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई हरेक वर्ष शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले आमाबुबाविहीन बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताउँदै ती बालबालिकाहरूलाई भविष्यमा योग्य नागरिक बनाउनको लागि विद्यालयले उपयुक्त वातावरण बनाउनुपर्ने, शिक्षक÷शिक्षिकाहरूले मातृत्व र पितृत्व सहितको माया ममता दिनुपर्ने र साथमा रहेका अभिभावकहरूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले भनपाले शिक्षा क्षेत्रमा गरिरहेको कार्यको चर्चा गर्दै नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूलाई समानरूपमा अगाडि बढाउन प्रयासरत रहेको बताउनुभयो । उहाँले विद्यालयमा आमाबुबाविहीन बालबालिकाहरूलाई शिक्षक÷ शिक्षिकाहरूले विशेष ध्यान दिनुपर्ने र योग्य नागरिक बनाउन प्रयत्नशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपालको संविधानको भावनाअनुरूप विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने र सङ्घीय सरकारले सोहीअनुरूप शुल्कदेखि शैक्षिक सामग्रीहरूको व्यवस्था गर्नुपर्नेमा सोअनुरूप नभएकोले शिक्षामा विभेद रहेको बताउँदै भक्तपुर नगरपालिकाले विगत केही वर्षदेखि नै आमाबुबाविहीन बालबालिकाहरूलाई सहयोग गरी अभिभावकको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण लगायत उपभोक्ता समिति मार्पmत विकास निर्माणमा उदाहरणीय कार्य गर्दै आएको चर्चा गर्दै आमाबाबुविहीन बालबालिकाहरूको हौसला र उत्साहको निम्ति शैक्षिक सामग्री वितरण कार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले वागीश्वरी मावि, सैनिक आवासीय मावि, शान्ति निकेतन मावि, गणेश मावि, समाज सुधार आवि, भीम आदर्श आवि, बालमन्दिर आवि, बालसेवक आवि, सन्तति आवि र मिनर्वा ई. स्कूलका गरी कूल ५१ जना आमाबुबाविहीन बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा महिला तथा बालकल्याण समितिका सदस्यहरू सुमित्रा बोहजू र हेरा ख्याजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *