भर्खरै :

सूचना प्रविधिमा पनि अब्बल बनौँ

आजको समय भनेको सूचना तथा प्रविधिको समय हो भन्दा कुनै दुईमत नहोला । हाम्रो दैनिक गतिविधिका कामहरू सबै सूचना तथा प्रविधिमा आधारित बन्दै गइरहेको छ । सबै विकसित देशहरू सूचना र प्रविधिमा अगाडि बढेकै कारण विकासमा तीव्रगति लिएको सर्वविदित्तै छ । आजको २१ औँ शताब्दीका समाज प्रविधियुक्त हुन सकेन भने सबै क्षेत्रमा पछाडि पर्ने अवस्था छ ।
सूचना प्रविधिको आजको युगमा भक्तपुर नगरपालिकालाई पनि सूचना प्रविधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकूल बनाई सूचना प्रविधिमा भएका विकासक्रमसँगै आवश्यकतानुसार सोहीअनुरूप परिमार्जित गर्दै लानु आजको आवश्यकता हो भन्ने लाग्छ । भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, विपद् व्यवस्थापन, सुशासनलगायत अन्य विभिन्न अभ्यासहरूमा देशकै नमुना भए तापनि सूचना तथा प्रविधि क्षेत्रमा भने अझै पछि परेको हो कि भन्ने महसुस भएको छ । भक्तपुर नगरपालिकाले हालसालै मात्र घरमै बसेर अनलाइन माध्यमबाट घर जग्गा तथा मालपोत र व्यवसाय कर तिर्ने व्यवस्था सुरु गरेको छ । जुन निकै सकारात्मक पक्ष हो तर सूचना तथा प्रविधि क्षेत्रमा अझै गर्न सकिने केही सुझावहरू बुँदागतरूपमा प्रस्तुत गर्न चाहन्छु ।
१. भक्तपुर नगरपालिकाद्वारा आह्वान गरिने सम्पूर्ण दर्खास्तहरू अनलाइन विधिबाट भर्ने व्यवस्था मिलाउन पहल गर्नुपर्ने, नगरपालिका र मातहतका वडा कार्यालयहरूमा तिर्नुपर्ने सम्पूर्ण कर अनलाइन माध्यमबाट तिर्न मिल्ने बनाउनुपर्ने तथा अनलाइन नक्सा दर्ता प्रणाली लागु गर्नुपर्ने ।
२. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको सम्पूर्ण जानकारीसहितको जानकारीमूलक वेबसाइट निर्माण गर्नुपर्ने, ख्वप अस्पतालमा अनलाइन भुक्तानी प्रणाली लागु गर्नुपर्ने, ख्वप अस्पतालमा गरिएको परीक्षण रिपोर्ट अनलाइनबाटै हेर्न मिल्ने व्यवस्था गर्नुपर्ने तथा विभिन्न सामाजिक सञ्जालमा ख्वप अस्पतालको सेवाबारे सूचना प्रवाह हुनुपर्ने ।
३. भक्तपुर नगरपालिकाको आम्दानीको मुख्य स्रोत नै पर्यटन हो । पर्यटन क्षेत्रलाई अझ बढी प्रभावकारी तथा आकर्षक बनाउन, पर्यटक शुल्कलाई पनि अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने बनाउनुपर्ने तथा पर्यटकहरूले कागजी ब्रोसर बोक्न नपर्ने गरी त्तच् ऋयमभसहितको डिजिटल ब्रोसर उपलब्ध गराउनुपर्ने ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम प्रविधिलाई नगरपालिकाको हित अनुकूल प्रयोग गरी भक्तपुर नगरपालिकालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पनि सवल र सक्षम बनाउन जरुरी छ ।
– एक शुभचिन्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *