नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
(नेपालमा अहिले धेरै प्रकारका धर्म प्रचारकहरूले अनेक किसिमले फरकफरक नामका धर्म प्रचार गर्दै छन् । ती धर्महरूबारे सानो जानकारीको भरमा आँखा चिम्लेर समर्थन र विरोध गर्ने अन्धविश्वास नहोस् भन्ने उद्देश्यले केही धर्महरूको सरल भाषामा सङ्क्षिप्त परिचय दिने प्रयास गरिएको छ । विश्वमोहन जोशी त्रिविका अवकास प्राप्त इतिहासका प्राध्यापक हुनुहुन्छ । पाठक साथीहरू यसबारे आ–आफ्नो टीका–टिप्पणी गर्न स्वतन्त्र छन् – सं.)
हिमालय पर्वत श्रृङ्खलाबाट दक्षिणतिरको भूभाग पौराणिक जम्बुद्वीपलाई सामान्यतः भारत वर्ष भनिन्छ । यस क्षेत्रको पनि भारतको उत्तरप्रदेशमा पर्ने वैशालीको कुण्डग्राममा पिता सिद्धार्थ र माता त्रिशलाका पुत्रको रूपमा ई.पू. ५४० मा वर्धमानको जन्म भएको थियो । उनका पिता धनवान थिए भने माता लिच्छवी राजकुलकी थिइन् । यसले गर्दा वर्धमानको बाल्यकाल राम्ररी नै बित्यो । वर्धमानको विवाह यशोदासँग भयो । ३० वर्षका वर्धमान ई.पू. ५१० मा घरबाट सबै वैभव त्यागी सन्न्यासी भए । १२ वर्षसम्म कठोर साधना र चिन्तन गरेपछि उनलाई ई.पू. ४९८ मा ज्ञान प्राप्त भयो । कठोर साधना, चिन्तन र तपस्याबाट सांसारिक माया मोहमाथि विजय प्राप्त गरेकोले उनलाई महावीर भनियो । पछि महाविर वर्धमानको नामबाट प्रख्यात भए । ज्ञान प्राप्त गरेपछि महावीर वर्धमानले आफ्नो उपदेश र विचार प्रचार गर्न थाले । उनको उपदेश र विचारलाई नै जैन धर्म भनियो । जैन धर्मको प्रमुख धार्मिक गुरुलाई तीर्थङ्कर (मोक्षदाता) भनिन्छ । पहिलो तीर्थङ्कर ऋषभदेव थिए भने चौबीसौँ तीर्थङ्करको रूपमा महावीर वर्धमानलाई लिइन्छ । जैन धर्मका उपदेश, सिद्धान्त सङ्कलन गरिएको ग्रन्थहरूलाई अङ्ग भनिन्छ । ती अङ्गहरू १२.१२ मा थिए । अहिले ११.१२ अङ्गहरू मात्र प्राप्त छ भनिन्छ । ‘अङ्ग’ नै जैन धर्मको प्रमुख धर्म ग्रन्थ मानिन्छ । यस ग्रन्थमा प्राकृत भाषा प्रयोग गरिएको छ । ती ग्रन्थहरूमा आत्मसंयम र तपस्यामा जोड दिँदै निम्न लिखित महाव्रतहरू पालना गर्नुपर्ने बताइएको छ ः
१) सत्य बोल्नु
२) हिंसा नगर्नु
३) चोरी नगर्नु
४) धन सङ्ग्रह नगर्नु
५) ब्रह्मचर्यामा रहनु
उक्त ५ वटा महाव्रतहरूको अतिरिक्त जैन धर्ममा निर्वाण वा मोक्ष प्राप्तिका लागि निम्नअनुसारको ‘रत्न त्रय’ निर्धारित गरिएको छ –
१) श्रद्धा
२) ज्ञान
३) सत्कर्म
श्रद्धा नभए ज्ञान हँुदैन । ज्ञान नभए चरित्र सुध्रिँदैन । सच्चरित्रयुक्त मानवले मात्र माथि उल्लेखित ५ वटा महाव्रतका सिद्धान्त पालना गरी सत्कर्म गर्न सकिन्छ । सत्कर्म गर्दागर्दै एक दिन त्यो मानवले मोक्षय प्राप्त गर्दछ । यस्तो भनाइ, विश्वास, सिद्धान्त, उपदेश नै जैन धर्मको सार हो । सत्कर्म भन्नाले साधुसन्न्यासी हुनको लागि परिवार त्याग गरेर बस्नु नै ब्रह्मचर्य हो भने परस्त्रीगमन नगर्नु नै गृहस्थको लागि ब्रह्मचर्य हो । सत्कर्मयुक्त तपस्याद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने जैन धर्मको मान्यता रहेको छ । महावीर वर्धमानले भनेका थिए कि सबै प्राणी उनका मित्र हुन् । यस्तै उपदेश विचारलाई जैन धर्म भनिन्छ । त्यसको प्रचार गर्न महावीर वर्धमान लागे । यस कार्यको लागि उनको मावली लिच्छवी राजघराना भएकाले धेरै सजिलो भयो । भारतको राजगृह (विहार), मिथिला (विहार), श्रावस्ती (उत्तर प्रदेश), चम्पा (विहार) वैशाली (विहार) आदि क्षेत्रमा माहीवर वर्धमानले जैन धर्म प्रचार गरे । उनका अनुयायीहरू बढ्दै गएर १४०० भन्दा बढी भयो । धर्म प्रचारकै शिलशिलामा ७२ वर्षको उमेरमा ई.पू. ४६८ पाटली पुत्र (पटना) को दरबारमा महावीर वर्धमानको मृत्यु भयो । उनको मृत्युपछि मगधका शासक चन्दगुप्त मौयर्, उडीसाका शासक खारबेल, गुजरातका शासक कुमार पाल साथै अन्य थुप्रै राजकुल एवं शासकहरूले धर्मप्रति सम्मान गरे । राजकुल एवं व्यापारीहरूले यो धर्मलाई रुचाएपछि गएर मथुरा, उडीसा, उज्जयन, राजस्थान, गुजरात कर्णाटकसम्म यो धर्म फैलियो । भारत र नेपालमा प्रायः मारवाडीहरू यो धर्ममान्द छन् । यसरी ई.पू. छैटाँै र पाँचौँ शताब्दीमा भारत वर्षमा अर्को एक धर्म जैन धर्म देखा प¥यो । महावीर वर्धमानपछि जैन साधु भद्रबाहुको समयमा ई.पू. चौथो शताब्दीतिर जैन धर्ममा दुई वटा सम्प्रदायहरू देखा परे । सेतो वस्त्र लगाउनेहरू श्वेताम्बर र निर्वस्त्र नाङ्गै रहनेहरू दिगम्बर । यस धर्ममा पनि बौद्ध धर्ममा जस्तै साधुसन्न्यासी भएर वा गृहस्थ भएर आफ्नो जीवन निर्वाह गर्न सकिन्छ ।
सिख धर्म र यसका उपदेशहरू
हालको पाकिस्तानको पञ्जाव क्षेत्रमा ईश्वी संवत्को पन्धौँ शताब्दीमा एउटा छुट्टै धर्म र दर्शन देखा प¥यो । जसलाई सिख धर्म भनिन्छ । यस धर्मका अनुयायीहरूलाई सिख भनिन्छ । सिखको अर्थ शिष्य हो । शिक्षा पनि हो सिख परम्पराअनुसार सिख धर्म गुरु नानकद्वारा प्रतिपादन गरिएको थियो । सन् १४६९ को कात्र्रिक शुक्ल पूर्णिमाका दिन पन्जावको सेखपुरा जिल्लाका तलबण्डी नामको गाउँमा पिता मेहता कल्याण दास वेदी र माता तृप्ताको पुुत्रको रूपमा गुरू नानकको जन्म भएको थियो । बाल्यकालदेखि नै उनमा अद्भूत लक्षणहरू देखाप¥यो । उनमा साधुसन्तको जस्तो एकान्तप्रिय बानी अरूको लागि उपकार गर्ने प्रवृत्ति बढ्दै गयो । ठुलाठुला योगीहरूको जस्तो बोलीहरू उनी बोल्थे । अठार वर्षको उमेरमा विवाह भए तापनि उनी सांसारिक जीवनमा रम्न सकेनन् । उनी ईश्वरप्रतिको ध्यान र त्यागमा मग्न हुन थाले । बाला र मर्दाता नामका दुई शिष्यहरूका साथ नानकले विभिन्न स्थानहरू भ्रमण गरी उपदेशहरू दिँदै हिँडे । उनका उपदेशहरू सामान्यतः निम्नअनुसारको हुन्थ्यो –
ईश्वर एउटै छन् । उनले नै सबैको निर्माण गरे । हिन्दू, मुस्लिम सबै एकै ईश्वरका सन्तान हुन् । ईश्वरका लागि सबै बराबर छन् । ईश्वर सत्य छन् । हामी सबैले राम्रो कार्य ग¥यौँ भने ईश्वरसामु लज्जित हुनु पर्दैन । गुरू नानकले मोक्ष प्राप्तिको लागि तीन वटा सिद्धान्त बताएका छन् । (१) ईश्वर भक्ति गर्नु (२) ईश्वरको नामलाई बारम्बार जप्नु (३) गुरू भक्ति गर्नु ।
ईश्वरप्रति पूर्णरूपले समर्पित भएर मात्र ईश्वर प्राप्त गर्न सकिने तथा पूर्ण भक्ति, आत्मसमर्पण र आत्मत्यागबाट नै मानव ईश्वरको नजिक पुग्न सक्छ । काम, क्रोध, लोभ, मोक्ष र अहङ्कार हाम्रा शत्रु हुन् । यिनीहरूलाई त्याग्नु पर्दछ । यी सबै कृयाकलापहरू गर्न मानवलाई गुरूको सहयोग चाहिन्छ ।
गुरू नानक सबैलाई समान मान्दथे र भाइ शब्दबाट सम्बोधन गर्दथे । सामूहिक भोजनमा उनी विशेष जोड दिन्थे । तत्कालीन समाजमा व्याप्त विकृतिहरूको अन्त्य तथा हिन्दू मुस्लिमबिच एकता स्थापित गर्न उनले अति प्रयास गरे । उनका शिष्यहरू हिन्दू, मुस्लिम, उचनीच, धनी गरीब सबै वर्ग र जातका थिए । मानव मात्रको सेवामा नानक र सिख धर्म समर्पित छ । जनतासम्म उनको शिक्षा उपदेश र स्वभावको निकै प्रभाव प¥यो । अब नानकलाई गुरू नानक भनी सम्मान गर्न थालियो । उनको शिक्षा र उपदेशमा भारत, अरब, इरान, इराक, अफगानिस्तान, इटाली, श्रीलङ्का र नेपाल आदि देशहरूमा पु¥याइयो । उनको यो यात्रा एवं प्रचारलाई उदासी भनिन्छ । सन् १५१८ मा गुरू नानक धर्म प्रचारकै शिलशिलामा काठमाडौँको बालाजुमा आएका थिए । यसरी विभिन्न देशहरूमा घुमी सिख धर्मको प्रचारप्रसार गरिसकेपछि गुरू नानक पञ्जाबको कर्तारपुरमा आई बसे । उनले आफ्ना छोराहरूलाई उत्तराधिकारी नबनाई योग्यताको आधारमा शिष्य अङ्गदलाई आफ्नो उत्तराधिकारी घोषित गरे । यस कार्यको सबैले तारिफ एवं स्वागत गरे । सन् १५३९ मा सत्नाम सत्नाम भन्दै गुरू नानकले यो संसारलाई त्यागी मोक्ष प्राप्त गरे । सत्नाम भन्ने शब्दले सामान्यतः ईश्वरको नाम मात्रै सत्य छ, अनन्त छ र स्थिर छ भन्ने अर्थ दिन्छ । कालान्तरमा सिख धर्म गुरुनानकका उत्तराधिकारीको रूपमा विभिन्न गुरुहरू भए । दसौँ गुरु गुरूगोविन्द सिंह (सन् १६६६–१७०८) को मृत्युपश्चात् गुरूको आत्मा सिख धर्मको पवित्र धर्मग्रन्थ, गुरुग्रन्थ साहेबमा समाहित भएको विश्वास गरी गुरू नानकका वाणीहरु उपदेशहरू सङ्ग्रहित गरिएको ग्रन्थ नै गुरूग्रन्थ साहेब हो । सिखहरूको पूजा उपासना गर्ने स्थललाई ‘गुरुद्वारा’ भनिन्छ । गुरू नानकको जन्मदिन अर्थात् कातिक शुक्ल पक्ष पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूको ठूलो चाड मानिन्छ । यो पर्व सिखहरू ठुलो उत्साह एवं हर्षेल्लाहका साथ मनाउँदछन् ।
Leave a Reply