नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
काठमाडौँ, १० जेठ । शासकहरूको काम देश बनाउने हो बिगार्ने होइन; इमानदारीपूर्वक काम गर्ने हो बेइमान गर्ने होइन; घुस खाने, अनियमितता गर्ने र भ्रष्टाचार गर्ने होइन सुशासन चलाउने हो† विधिको शासन आत्मसात गर्ने हो । राजनीति सिद्धान्त र विचारको निम्ति गर्ने हो, भागबन्डा, ठेक्का, पद र पैसाको निम्ति होइन । शासकहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने हो, सम्मान गर्ने होइन । तर, अहिले शासक र ठूला दलका नेताहरूले इमान जवान, आस्था, विश्वास, इज्जत, प्रतिष्ठा गुमाए । सगरमाथा र बुद्धको कारण विश्वमा नाउँ चलेको नेपालको इज्जत होइन बदनाम हुने काम उनीहरूले गरे । शासकहरूको यस्तै गलत, जनविरोधी र देशविरोधी कार्यले गर्दा कुनै पनि सरकार निश्चित अवधिसम्म टिकेन । बहुमत प्राप्त सरकार पनि ढल्यो, झन्डै दुईतिहाइ मत प्राप्त सरकार पनि ढल्यो । शासक दलका नेताहरूको यो जुङ्गाको लडाइँले सरकार अस्थिर रह्यो । परिणामतः हरेक निर्वाचनको नतिजामा ती शासक दलहरूको मत हेरफेर भइरह्यो या सरकार बदलिरह्यो ।
जनतामाझ बाँडेका सपना या प्रतिबद्धताहरू शासकहरूले भुले या कागजमा सीमित राखे । तस्कर, कमिसनखोर, अपराधी, बलात्कारी, गुण्डागर्दी, चोर, लुटाहा, मानव अपराधी, चेलीबेटी बेचबिखन गर्ने, भ्रष्टाचारी, घुस्याहा आदि अपराधीहरू कारबाहीमा पर्नुपर्छ या कारबाही गर्न सरकार अघि बढ्नुपर्छ । मानव तस्करी ठूलो अपराध हो । महिला बेचबिखन गर्नु र बेश्यालयमा पु¥याइनु मानव कलङ्क हो । यस्ता कार्यहरू फाटफुट होइन साङ्गठनिकरूपमा विकास हुनु अर्को खतरा हो । नक्कली भुटानी शरणार्थी प्रकरण यसको पछिल्लो दृष्टान्त हो । यस्ता प्रकरण र काण्डमा शासक र ठूला दलका जिम्मेवार व्यक्तिहरू मुछ्नु भनेको राम्रो सङ्केत होइन । यसले शासकहरूले देशलाई गलत दिशातिर लगिरहेको थाहा हुन्छ, देशको राजस्वमा आफ्नो पैतृक सम्पत्तिझैँ ब्रह्मलुट गरिरहेको बोध हुन्छ ।
गिरोहबाट देशको राजनीति चल्नु र शासकहरू विदेशी शक्ति राष्ट्रहरूको उठबसमा चल्नु देश र जनताको लागि खतराको घण्टी हो । असंलग्न परराष्ट्र नीतिविपरीत नेपाल सरकारले रूसको विरोधमा या युक्रेनको समर्थनमा हस्ताक्षर गर्नु नेपाल सरकार साम्राज्यवादी देश अमेरिकाको पक्षमा उभेको प्रस्ट हुन्छ । नेपाली योजना भारतले स्वीकारेपछि मात्रै अमेरिकाले सिफारिस गर्ने एमसीसी सम्झौताले देशका शासकहरू विदेशीहरूको उठबसमा चलिरहेको हो भन्ने कुरा आकलन गर्न गा¥हो छैन । नेपाल र नेपालीको आस्था र इज्जतमा दाग लाग्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमाझ बदनाम गर्ने शासकहरूलाई सरकारले मात्र होइन तत्तत् पार्टीले पनि कारबाही गर्नुपर्छ । अपराधीहरू दण्डित भएमात्र सुशासनको अनुभूति हुन्छ । न्याय, समानता र स्वतन्त्रताको निम्ति नबोल्ने, नलड्ने शासक र दलका नेताहरू देशभक्त, देश र जनताप्रति समर्पित हुँदैनन् ।
Leave a Reply