भोटेकोसी बाढीः हिमनदी भत्किएको वैज्ञानिक विश्लेषण — एक अध्ययन
- भाद्र १६, २०८३
चीनको राष्ट्रिय पुनर्जागरणका निम्ति ग्रामीण पुनर्जागरण आवश्यक छ । गत वर्ष आयोजित केन्द्रीय ग्रामीण सम्मेलनमा राष्ट्रपति सि चिन फिङले कृषि र ग्रामीण क्षेत्रको आधुनिकीकरणलाई दृढतापूर्वक प्रवद्र्धन गर्न कृषि, ग्रामीण क्षेत्रहरू र कृषकहरूसँग सम्बन्धित क्षेत्रहरूमा सरकारका प्रयासहरूलाई बलियो बनाउनुपर्ने कुरामा जोड दिए ।
मार्च ५ मा १४ औँ राष्ट्रिय जनकाङ्ग्रेसको पहिलो सत्रमा सरकारको कार्य प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री लि खछ्याङले सन् २०२३ मा अन्न उत्पादनलाई स्थिर बनाउन र ग्रामीण पुनरुत्थानलाई अगाडि बढाउन विभिन्न महत्वका विषयहरूलाई औँल्याए । जसमा कुल अन्न उत्पादनको क्षेत्रफललाई स्थिर राख्ने, उच्च स्तरको खेतबारीको विकासलाई द्रुतगतिमा अगाडि लाने, सिँचाइको व्यवस्था गर्ने, पानीको संरक्षण गर्ने, अन्य कृषिजन्य पूर्वाधारहरू बनाउने, बीउ उद्योगलाई प्रोत्साहित गर्ने र कृषि विज्ञान, प्रविधि तथा उपकरणहरूको विकासलाई समर्थन गर्ने कार्य पर्दछन् । यसबाहेक स्थानीय सामानहरू उत्पादन गर्ने ग्रामीण उद्योगहरूलाई ग्रामीण आयस्रोत बढाउनको निम्ति अझ धेरै मार्गहरू बनाउन प्रोत्साहित गर्नुपर्छ । साथै पुनः ठूलो मात्राको गरिबीमा नफर्कनको निम्ति गरिबी निवारणका उपलब्धिहरूलाई बलियो र व्यापक बनाउनुपर्छ ।
अन्नको सुरक्षाको सुनिश्चितता
पछिल्लो पाँच वर्षमा चीनले अन्न उत्पादकलाई समर्थन गर्न नीतिहरूलाई परिमार्जन ग¥यो । अन्न उत्पादकहरूलाई स्थिर अनुदानको व्यवस्था ग¥यो र व्यवहारिक तहमा चामल र गहुँको न्यूनत्तम मूल्य तोक्यो । अन्न उत्पादन गर्ने ठूला उत्पादन क्षेत्रहरूको पुरस्कार बढाइयो र नीतिमा आधारित कृषि बीमा प्रणालीको सुधार गरियो । त्यसै क्रममा चीनले खेतबारीको सुरक्षा बलियो बनायो । सेरनोजेम माटोको सुरक्षाको निम्ति पहल ग¥यो । जलसंरक्षणको पूर्वाधार निर्माण ग¥यो र उच्चस्तरका खेतबारीको क्षेत्रफललाई ३०.४ मिलियन हेक्टरले बढायो ।
चीनले खाद्यवस्तुको सुरक्षालाई सुनिश्चित गर्न कृषि फाँटहरू बनायो र बीउ प्रविधि, कृषिऔजार अनि अनुसन्धानका नयाँ खोजहरूलाई कार्यान्वयन गर्न नवीकरणको गतिलाई बढायो । खेतबारी जोत्ने, बीउ रोप्ने र फसल काट्ने कार्यमा यान्त्रिकीकरणको गति ६७ प्रतिशतबाट ७३ प्रतिशतमा बढ्यो ।
राष्ट्रिय जनकाङ्ग्रेसका उपप्रमुख र सिचुआन कृषि विश्वविद्यालयका अध्यक्ष यू तेइले सिचुआन प्रान्तको कृषिका आवश्यकताहरूको सेवामा वर्षौंसम्म गरेका प्रयासहरूको आधारमा चीनको अन्नको सुरक्षा र ग्रामीण पुनरुत्थानको योजनामा काम गर्दै आइरहेका छन् । भर्खरै सिचुआन कृषि विश्वविद्यालयले सिचुआनभरिका ठूला अन्न उत्पादकहरूले झेल्दै आएका समस्याहरूको विषयमा २० वटा प्रश्नावलीहरू जम्मा गरेका छन् । यी समस्याहरूको समाधानबारे सिचुआन विश्वविद्यालयले अध्ययन गर्नेछ । पछिल्ला दुई वर्षहरूमा यूको कामले नयाँ युगमा उच्च स्तरको ‘तियान्फु (सिचुआनको अर्को नाम) अन्न भण्डार’ बनाउने कामलाई प्राथमिकता दिएको छ । त्यस लक्ष्य प्राप्त गर्न उक्त विश्वविद्यालयले प्रविधिले सशक्त बनाएका दुई कार्यक्रमहरू ल्याएको छ । यसले अझ विज्ञान र प्रविधि, शिक्षा र सीप स्रोतहरूलाई थप जोड दिएको छ र सिचुआनलाई कृषिमा बलियो क्षेत्रमा बदल्ने कार्यमा सहयोग गर्न वैज्ञानिक तथा प्राविधिक अनुसन्धानहरू पूरा गरेको छ ।
२०२३ को ‘पहिलो नम्बरको केन्द्रीय कागजात’ ले पुनः एकपटक खाद्यवस्तुको सुरक्षालाई पहिलो स्थानमा राख्यो । उत्पादनलाई स्थिर बनाउन, अन्न र महत्वपूर्ण कृषि उत्पादनहरूको आपूर्ति सुनिश्चित गर्न सुधारिएका प्रयासहरूको लागि आह्वान ग¥यो । यू यस वाक्यबाट धेरै प्रेरित छन्, “खाद्यवस्तुको सुरक्षामा विशेष जोड दिनुको प्रमुख उद्देश्य पर्याप्त अन्न आपूर्तिको लागि संयन्त्रहरू र प्रणालीहरूको श्रृङ्खलामार्फत अन्न उत्पादनका सारा उद्योगलाई गुणस्तरयुक्त बनाउनु हो । ”
भर्खरै, सिचुआन विश्वविद्यालयको छेङ्तुु क्याम्पसमा यू तेइले अन्न सुरक्षा विधानमा संयुक्त छलफल गर्न र सुझाव दिन कानुन र अन्नका विशेषज्ञहरूलाई बोलाए । उनले हालको अवस्थामा अन्नको सुरक्षामा समर्पित कुनै कानुन नभएको इङ्गित गरे । त्यसको साटो अन्य कानुन र कार्यकारी नियमहरूमा सान्दर्भिक सर्तहरू छरिएर रहेको कुरा बताए । अन्न सुरक्षा संरक्षण कानुन बनाउन र पारित गर्न चीनले अझ छिटो कदम चाल्नुपर्छ ।
बीउ प्रजनन आधार केन्द्रहरूको निर्माण र संरक्षणमा पनि यूले ध्यान दिँदै आएका छन् । “बीउ उद्योग कृषिका निम्ति ‘चिप’ समान हो । अहिले सिचुआन प्रान्तका ११ वटा राष्ट्रिय प्रजनन आधारकेन्द्रहरू यान्त्रिकीकरणको निम्न स्तर र कमजोर सुविधाहरूजस्ता समस्याहरू भोगिरहेका छन्,” यूले भने । उनी बीउ उद्योगको स्वस्थ विकासलाई सुनिश्चित गर्न कानुनबाट सीप, तालिम र नीतिगत सर्मथनमा सहयोग पाउने रहन्छन् भन्ने आशा गर्छन् ।
चाइना एकेडेमी म्याक्रो–इकोनोमिक्स अनुसन्धान केन्द्रको औद्योगिक तथा प्राविधिक अर्थशास्त्र अनुसन्धानका उपप्रमुख तथा अनुसन्धानकर्ता चियाङ चाङयुङले बलियो कृषि मुलुक बन्ने गति बढाइरहेको क्रममा रहेको चीनलाई दुई विषयहरू सल्टाउन अनिवार्य छ भने । पहिलो त चीनको जनसङ्ख्या ठूलो छ । यसकारण, स्थिरता र १.४ बिलियन चिनियाँ जनताको लागि अन्न र प्रमुख कृषि उत्पादनहरूको सुरक्षित आपूर्तिको लागि यो महत्वपूर्ण छ । यसको अर्थ पर्याप्त खाद्यवस्तु उत्पादन गर्ने मात्र होइन, खाद्य सुरक्षाको हिसाबमा चीनको आत्मनिर्भरता निश्चित गर्नु पनि हो । दोस्रो, विश्वको कृषि प्रतिस्पर्धामा अरूको तुलनामा प्रमुख कृषि शक्तिको ठूलो प्रतिस्पर्धात्मक फाइदा र बलियो प्रतिस्पर्धा हुन्छ । नवीकरणको प्रवद्र्धन, प्रतिस्पर्धात्मकता र कृषि उद्योगको दिगो विकास बनाउन कृषि नीतिको लागि अत्यन्त महत्वपूर्ण छ । यो चीनको आधुनिकीकरणको उच्चस्तरको विकासमा पनि आवश्यक छ ।
चीनको कृषि क्षेत्र राम्रो आधारमा रहेको भए पनि विश्वस्तरसँग तुलना गर्दा अझै पनि कृषि विकास तह, कृषि ब्रान्डहरू र देशभित्रका कृषि–उद्योग संस्थाहरूको सन्दर्भमा केही कृषि शक्तिहरूमा पछि रहेको विश्वास चियाङ गर्छन् । कृषिमा चीनको शक्ति बढाउन अझै धेरै काम गर्न बाँकी छ । यसको लागि व्यापक प्रयास र सबै तहका जनताको सहभागिता आवश्यक छ ।
डिजिटलरूपमा सशक्त
मार्च ५ को राष्ट्रिय जनकाङ्ग्रेसको पहिलो सत्रमा सहप्रतिनिधिहरूसँगको छलफलमा सहभागी हुने क्रममा राष्ट्रपति सीले भने, “ग्रामीण पुनरुत्थान डिजिटलरूपमा सशक्त हुनुपर्छ र उच्चस्तरको विकासको लागि डिजिटल व्यवसायीहरू आवश्यक छ” ।
राष्ट्रिय जनकाङ्ग्रेसका उपप्रमुख र आनहुइ कृषि विज्ञान एकेडेमीका उपसभापति चाओ वाङफिङले भने, “१४ औँ पाँचवर्षे योजना (२०२१–२०२५) अवधिको समयमा डिजिटल जीवन र खपत ढाँचाको परिवर्तनले ग्रामीण बजारलाई नयाँ आकार दिनेछ, ग्रामीण इ–कर्मस तत्वहरूको सङ्घटनको गति बढ्नेछ र कृषि उत्पादन र ग्रामीण उपभोग प्रवद्र्धनको लागि ठूलो सम्भाव्यताको गति बढाइनेछ ।” सबै तहका सरकारी एजेन्सीहरूले डिजिटल खपतको लागि सक्रियरूपमा प्रोत्साहन गर्न र सहयोग बलियो बनाउन, उद्योग, विश्वविद्यालय र अनुसन्धान संस्थाहरूबिच दीर्घकालिन संयन्त्र बनाउन र डिजिटल कृषि अर्थव्यवस्थालाई संरक्षण गरी ग्रामीण पुनरुत्थान सशक्त बनाउन चाओले सल्लाह दिए ।
वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार चीनको कृषि उत्पादनको अनलाइन खुद्रा व्यापार सन् २०२२ मा आर.एम्.बि ५३१.३८ विलियन पुग्यो, जुन पहिलेको तुलनामा ९.२ प्रतिशतको वृद्धि थियो । सन् २०२१ को तुलनामा वृद्धिदर ६.४ प्रतिशतले बढ्यो । सन् २०२२ मा देशको ग्रामीण क्षेत्रको अनलाइन खुद्रा व्यापार एक वर्षमा ३.६ प्रतिशतले वृद्धि भएर आर.एम.बी. २.१७ ट्रिलियन पुग्यो । कृषि उत्पादनको बिक्रीको प्रवद्र्धन, ग्रामीण पुनरुत्थानमा सहयोग र डिजिटल परिवर्तन अनि औद्योगिक स्तर उन्नतिलाई सशक्त बनाउन ग्रामीण इ–कमर्सले महत्वपूर्ण भूमिका खेलेको छ ।
डिजिटल कृषिको विकासलाई कसरी बलियो बनाउने भन्ने विषयमा चाओले डिजिटल प्रयोगहरूको दायरालाई फराकिलो बनाउने र कृषि उत्पादन क्षेत्रहरूको लागि डिजिटल उपायहरू खोज्ने सल्लाह दिए । उदाहरणको लागि प्ल्याटफर्म अर्थतन्त्रको मात्रा र प्राविधिक फाइदाहरूलाई कार्यान्वयनमा ल्याउने र कृषि–औद्योगिक क्षेत्रहरूमा डिजिटल परिवर्तनलाई प्रवद्र्धन गर्नुपर्छ ।
सङ्घटन र ‘इन्टरनेट अफ थिङ्स’, ठूलो तथ्याङ्क, कृत्रिम बौद्धिकता र कृषि उत्पादन तथा प्रशोधनजस्ता सूचना प्रविधिको नयाँ पुस्ताको उपयोगलाई प्रवद्र्धन गर्न प्रयासहरू गरिनुपर्छ ।
यस वर्षको सरकारी कार्यप्रतिवेदनले ग्रामीण क्षेत्रको द्रुत वितरण प्रणालीलाई सुधार गर्ने घोषणा ग¥यो । चाओले कृषि उत्पादनको अवरोधलाई समाधान गर्न कृषि पूर्वाधारमा लगानी बढाउनुपर्ने सुझाव दिए । ग्रामीण क्षेत्रमा पूर्वाधार सुविधाहरू जलसंरक्षण, राजमार्गहरू र कृषि उत्पादन तथा प्रशोधन क्षेत्रहरूको निर्माणको गति बढाउन आवश्यक छ । ‘स्केल इफेक्ट’ र नमुना नवप्रवर्तनमार्फत निरन्तर पारवहन खर्च घटाउनको लागि डिजिटल ग्रामीण प्रणाली बनाउन आवश्यक छ ।
“कृषिको डिजिटल परिवर्तनले कृषि र ई–कमर्स दुवै बुझ्ने नयाँ कृषकहरू जन्माउन आवश्यक छ । डिजिटल कृषि स्थायी बनाउन र नयाँ कृषकहरू र नयाँ कृषि व्यवसायीको तालिम प्रणालीको स्थापना आवश्यक छ”, चाओले भने । विभिन्न क्षेत्रका ग्रामीण विज्ञहरू र समृद्ध ग्रामीण इलाका निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने कलेजका स्नातकहरूलाई अधिकृतका तालिमहरू दिन शीघ्र प्रयास गरिनुपर्छ ।
“ग्रामीण डिजिटल उद्योगले पनि धेरै रोजगारका अवसर प्रदान गर्नेछ । कृषि र ग्रामीण क्षेत्रहरूको आधुनिकीकरणलाई चिन्ने कार्य कला, विशेषगरी डिजिटल कलामा भर पर्छ”, राष्ट्रिय जनकाङ्ग्रेसका उपप्रमुख र नानचिङ युनिभर्सिटी अफ पोस्ट्स एन्ड टेलिकम्युनिकेसन्सका अध्यक्ष ये मेइलानले भने ।
ग्रामीण पुनरुत्थानको लागि डिजिटल गाउँहरूको निर्माणले रणनीतिक महत्व राख्छ र डिजिटल चीनको निर्माणको एक महत्वपूर्ण अंश हो । अहिलेको समयमा इन्टरनेट प्रविधिको द्रुत विकाससँगै इन्टरनेट अफ थिङ्स, क्लाउड कम्प्युटिङ र बिग डाटाजस्ता प्रविधिहरू कृषि उत्पादन, ग्रामीण निर्माण तथा शासनमा जोडिएका छन् र संयुक्त ढङ्गमा योगदान पु¥याउँदै छन् । यसले ग्रामीण विकासको लागि निरन्तर प्रोत्साहन दिइरहनेछ ।
ग्रामीण पुनरुत्थान र विकासमा जोड दिँदै
ग्रामीण पुनरुत्थानको लागि औद्योगिक पुनरुत्थानलाई ग्रामीण पुनरुत्थानको प्रमुख महत्वको विषय बनाउन र औद्योगिक क्षेत्रलाई कृषि क्षेत्रसँग जोडेर सक्रिय ढङ्गमा बढाउन र विस्तार गर्न आवश्यक भएको कुरामा नेता सीले जोड दिए । चीनले ग्रामीण क्षेत्रमा नयाँ उद्योगहरू र नयाँ ढङ्गका व्यापारहरू बढाउन तथा विकास गर्न र कृषकहरूको आम्दानी बढाउन र समृद्ध जीवनमा रमाउन किसानहरूलाई प्रशस्त सहयोग तथा अवसर प्रदान गर्दै छ ।
ग्रामीण क्षेत्रको व्यापक पुनरुत्थानको लागि औद्योगिक विकास एक महत्वपूर्ण आधार हो । उच्चस्तरको उद्योगहरूबिना ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास “स्रोतबिनाको पानी” हुनेछ । कृषि क्षेत्रको रातो घेराको सुरक्षा गर्ने क्रममा चीनले दिगो विकासलाई पछ्याई, पौराणिक कृषिलाई आधुनिक कृषिमा परिवर्तन गरी र ठूलाठूला खेती तथा सघन खेतीको माध्यमबाट खाद्यवस्तुको सुरक्षा सुनिश्चित गरी ग्रामीण पुनरुत्थानलाई अगाडि बढाउँछ । चीनका सबै भागहरूले स्थानीय स्रोत साधनहरूको अन्वेषण गर्छ र विशिष्टीकृत उद्योगहरूको ब्रान्ड बनाउँछ, विशेष उत्पादनहरूसँग कृषिको विकास गर्छ र तिनीहरूको कृषि क्षेत्रको मुख्य प्रतिस्पर्धात्मकतालाई बढाउँछ ।
“वरपरका क्षेत्रहरूका कृषकहरूलाई धानको खेती गरी हामीले उनीहरूको आम्दानी बढाउन सहयोग गरेका छौँ । हामी डिजिटलरूपमा रोप्ने ढङ्गको अन्वेषण, व्यवस्थापन दक्षतालाई सुधार गर्न खेतहरूमा डिजिटल व्यवस्थाको कार्यान्वयन गर्छौं र स्थिर अनि उच्च फसल सुनिश्चित गर्छौँ”, राष्ट्रिय जनकाङ्ग्रेसका उपप्रमुख तथा चियाङ्सु प्रान्तको चेन्चियाङ सहरमा रहेको योङसिङ एग्रिकल्चरल मेसिनरी मेकानाइजेसन स्पेसियालाइज्ड सहकारीका अध्यक्ष वेइ छियाओले भने । भूमि विज्ञानका विशेषज्ञ उनी र उनका कृषिविद् श्रीमान्ले क्रमशः चाइजिन एकेडेमी अफ साइन्सेस र पेकिङ विश्वविद्यालयबाट राजीनामा दिएर सन् २०१७ देखि ग्रामीण क्षेत्रमा काम गर्दै आएका छन् ।
वेइका अनुसार अहिले उनीहरूको कामको उद्देश्य उनीहरूले वैज्ञानिक अनुसन्धान संस्थाहरूमा प्राप्त गरेको ज्ञान त्यस क्षेत्रमा ल्याउने, घुमन्ते कृषि विकास गर्ने, कृषि इकोसिस्टममा सुधार गर्ने र डिजिटल व्यवस्थापन कार्यान्वयनमा ल्याउने हो । कृषिको ब्रान्ड निर्माण र वैज्ञानिक तथा प्राविधिक सशक्तीकरणको माध्यमबाट प्राथमिकता निर्धारण गरी कृषिको प्रभावकारिता र कृषि उत्पादनहरूको थपिएको मूल्य सुधारिनेछ जसले थप युवाहरूलाई ग्रामीण पुनरुत्थानमा समर्पित हुन र चीनलाई कृषि शक्तिको रूपमा विकास गर्न आकर्षित गर्नेछ ।
राष्ट्रिय जनकाङ्ग्रेसका उपप्रमुख तथा हेइलोङचियाङ प्रान्तको मुलिङ सहरमा रहेको कृषि प्रविधि प्रवद्र्धन केन्द्रका निर्देशक काओ चुन्यानले ग्रामीण विशेषता भएका कृषि उत्पादनहरूको निर्माण धेरैजसो विभिन्न ठाउँहरूको भौगोलिक अवस्था र लोक चलनहरूसँग सम्बन्धित रहने कुरा बताए । उनी स्थानीय विशेषताहरूलाई कृषकहरूको आम्दानी बढाउन सक्ने ठूला उद्योगहरूमा रूपान्तरण गर्न सहि समय भएको विश्वास गर्छिन् । जनताको निरन्तर बढिरहेको जीवनस्तरसँगै उनीहरूको खानेकुराको आवश्यकता पनि विविध बन्दै गइरहेको छ । पछिल्ला केही वर्षहरूमा स्थानीय स्थितिमा अभ्यस्त भएका विशेष कृषि उत्पादनको रोपाइ बढेको छ र आपूर्ति तर्फको मागले बढ्दो प्रवृत्ति देखाएको छ ।
काओले कृषकहरूको व्यवसायिक सहकारीहरू र पारिवारिक खेतहरूको लागि थप मार्गनिर्देशन र सहकारीलाई प्रमुख संरचना बनाई बनाइएका विशिष्ट ब्राण्डहरूको लागि सहयोग हुनुपर्ने सल्लाह दिइन् । उनले ग्रामीण बासिन्दाहरूलाई साना प्रशोधन केन्द्रहरू स्थापित गर्न, विशेष कृषि उत्पादनको औद्योेगिक क्षेत्रलाई विस्तार गर्न, उत्पादन, प्रशोधन तथा बजारीकरणलाई एकीकृत गर्न, ग्रामीण अर्थतन्त्रको गुणयुक्त घेरा बनाउन र कृषकहरूको आम्दानी बढाउने उपायहरूलाई रेखाङ्कित गरिन् ।
‘विषयगत कृषि र आम्दानी बढाउने आयोजनाहरू’ को विकास नमुना बनाउन† प्रशोधन र परिसंरक्षण, फुसर्दको पर्यटन, खेलकुद र संस्कृति, विज्ञान र प्रविधि शिक्षा, स्वास्थ्य र कल्याण, र इ–कमर्सको समन्वयलाई बलियो बनाउन आवश्यक छ ।
अनुवाद: ममता श्रेष्ठ
Leave a Reply