शाङ्घाई सहयोग सङ्गठनको २५ औँ सम्मेलन साझा, समानता र पारिपाटीयुक्त विश्व धु्रवीकरणको अपिल
- भाद्र १६, २०८३
मेस लोर्न कम्बोडियाको ता सुसमा बस्छिन् । उनी बाल्यकालमा धेरै अमेरिकी हवाई हमलाहरूबाट बच्न सफलमध्ये एक हुन् र १९६९र १९७३ बिचको बम हमला किन भयो भनेर आश्चर्यचकित छिन् । उक्त हवाई हमलामा लोर्नले आफ्नो भाइ, काका र काकाका छोराछोरीहरू गुमाइन् ।
म अझै अचम्ममा छु किन ती अमेरिकी विमानहरूले त्यतिबेला यस क्षेत्रमा त्यति धेरैपटक आक्रमण गरे । किन यहाँ त्यति धेरै बम खसाले ?
धेरैले जिम्मेवार ठानेका व्यक्ति तत्कालीन अमेरिकी सुरक्षा सल्लाहकार हेनरी किसिन्जर मे २७ मा सय वर्ष पुगेका छन् ।
हेन्ज अल्फ्रेड (हेनरी) किसिन्जरको जन्म मे २७, १९२३ मा जर्मनीको फर्थमा भएको थियो । उनी नाजी शासनबाट भागेर सन् १९३८ मा संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका थिए । उनी १९४३ मा अमेरिकी नागरिक बने र दोस्रो विश्वयुद्धको समयमा अमेरिकी सेनामा सामेल भई लडाइँ लडे ।द इन्टरसेप्टबाट निक टर्सले गरेको गहन अनुसन्धानले स्पष्ट पार्छ कि कसरी किसिन्जरले कम्बोडियामाथि आएको अमेरिकी हमलाको आजसम्म जिम्मेवारी अस्वीकार गरे ।
भियतनामी सीमा नजिकैका १३ कम्बोडियाली गाउँका बाँचेकाहरूले भूतपूर्व राष्ट्रपति रिचर्ड निक्सनको कार्यकालमा किसिन्जरको आदेशमा आफ्ना परिवार र छिमेकीहरूमाथि भएको आक्रमणको बारेमा टर्सलाई जानकारी दिए । ७५ भन्दा बढी कम्बोडियाली भुक्तभोगी साक्षीहरू र बाँचेकाहरूसँगको इन्टरसेप्टको विशेष अन्तर्वार्ताले अमेरिकी आक्रामकताबाट बाँचेकाहरूले सामना गरेको दीर्घकालीन आघातमाथि नयाँ अन्तर्दृष्टि प्रदान गर्दछ ।
अभिलेख र प्रत्यक्षदर्शी साक्षीहरूमा दस्तावेजकृत गरिएका घटनाहरूमा कम्बोडियाभित्र जानाजानी हवाई हमलाहरू र दक्षिण भियतनामको सिमानामा कार्यरत अमेरिकी सैनिकहरूद्वारा अनजान वा लापरबाहीपूर्ण आक्रमणहरू समावेश छन् । अभिलेखका अनुसार, बिनाकारण भियतनामी नागरिकको हत्या गर्ने र घाइते पार्ने अमेरिकी सेनालाई कुनै कठोर सजाय दिइएन ।
‘किसिञ्जरको छाया’ पुस्तकका लेखक ग्रेग ग्रान्डिनका अनुसार “कम्बोडियामा अवैधरूपमा बमबारी गर्नुका गोप्य बहानाहरू पछि गएर ड्रोन हमला र सदावहार युद्धको औचित्य पुष्टि गर्ने बहाना बन्यो । यो अमेरिकी सैन्यवादको नटुटेको वृत्तकोे वास्तविक अभिव्यक्ति पनि हो ।”
याले विश्वविद्यालयको आमनरसंहार अध्ययन कार्यक्रमका पूर्वप्रमुख बेन किरनानका अनुसार अफगानिस्तान, इराक, लिबिया, पाकिस्तान, सोमालिया, सिरिया र यमनमा गरी अमेरिकी हवाई हमलामा मारिएका सर्वसाधारणको भनिएको सङ्ख्या १५०,००० (यद्यपि, वास्तविकता त्यसको ६ गुणा बढी हो) नागरिकको मृत्युका लागि किसिन्जर दोषी छन् ।
किसिन्जरको हात ३० लाखको रगतले रञ्जित
ग्रान्डिनले भियतनाम युद्धलाई विस्तार गर्न, कम्बोडिया, पूर्वी टिमोर र बङ्गलादेशमा नरसंहारमा सहयोग गरेका र दक्षिणी अफ्रिकामा थप बढ्दो नागरिक द्वन्द्व, कू र आमनरसंहारलाई समर्थन गरेका किसिन्जरको हातमा कम्तीमा ३० लाख मानिसहरूको रगत लागेको थियो भनेका छन् । ग्रान्डिन थप्छन्– ल्याटिन अमेरिकाभरि हत्यारा सैनिक दलहरू परिचालनमा पनि किसिन्जर दोषी छन् ।
१९७३ मा राज्य सचिव (विदेशमन्त्री) बन्नको लागि अनुमोदनका लागि सिनेटमा सुनुवाइको क्रममा किसिन्जरलाई प्रश्न गरिएको थियो कि उसले जानाजानी कम्बोडियामाथि आक्रमणको बारेमा जानकारी लुकाउन किन सहयोग गरे ? प्रश्नको जवाफमा उनले भनेका थिए, “म यो स्पष्ट पार्न चाहन्छु कि यो कम्बोडियामाथिको बम प्रहार कम्बोडियालीमाथि होइन बरु कम्बोडियामा उत्तर भियतनामीहरूमाथि थियो ।”
किसिन्जरको यो दाबी अमेरिकी सैन्य दस्तावेज र प्रत्यक्षदर्शी साक्षीहरूको बयानसित विरोधाभासपूर्ण छ ।
आफ्नो पुस्तक ‘भियतनाम युद्धको अन्त्य’ २००३ मा किसिन्जरले स्वीकार गरे कि युद्धमा आफ्नो सहभागिताको क्रममा अमेरिकी आक्रमणको परिणामस्वरूप ५० हजार कम्बोडियाली सर्वसाधारण नागरिक मारिएका थिए । द इन्टरसेप्टद्वारा प्रकाशित दस्तावेजहरू अनुसार, कम्बोडियामाथिको हवाई बम हमला इतिहासमा सबैभन्दा खतरनाक र व्यापक हवाई आक्रमणहरूमध्ये एक थियो ।
सन् १९६५ देखि १९७३ सम्म, संरा अमेरिकाले कम्बोडियामाथि लगभग २ लाख ३१ हजार बम हमलाहरू ग¥यो । किसिन्जर अमेरिकी सुरक्षा सल्लाहकारको पदमा रहँदा अमेरिकी युद्धक विमानहरूले कम्बोडियामा ५ लाख टन वा सोभन्दा बढी परिमाणमा बम खसाले ।
टर्सले किसिन्जरलाई १९४६ देखि भियतनाम युद्धको अन्त्यसम्ममा दक्षिणपूर्वी एसियामा अमेरिकी संलग्नताबारे २०१० को राज्य विभागको सम्मेलनमा सिनेटमा दिएको आफ्नो बयान कसरी परिमार्जन गर्ने भनेर सोधेका थिए ।
“मैले मेरो बयान किन परिमार्जन गर्नुपर्छ ? मैले यो प्रश्न राम्ररी बुझिन, मैले सत्य नबोलेको मात्र हो ।” किसिन्जरले जवाफ फर्काएका थिए ।
निक्सनले भियतनाम युद्धबाट संरा अमेरिकालाई फर्काउने वाचासहित राष्ट्रपति चुनाव लडेका थिए । तर, यसको सट्टा उनले छिमेकी कम्बोडियामा लडाइँ बढाए । किसिन्जर र हेगले अमेरिकी काङ्ग्रेस (संसद्), रक्षा मन्त्रालय – पेन्टागनका शीर्ष अधिकारीहरू र अमेरिकी जनताबाट लुकेर एक आक्रमणको योजना बनाएका थिए ।
कम्बोडियामा खमेर रुज नरसंहारको लागि जाल बिछ्याउँदै, लाखौँ कम्बोडियालीहरूलाई मार्ने, घाइते पार्ने र विस्थापित गर्ने आक्रमणहरूका लागि किसिन्जर र निक्सनलाई नै पूर्णतया दोषी ठहर गर्न सकिन्छ । खमेर रुज कम्बोडियाको कम्युनिस्ट पार्टीका महासचिव पोल पोटको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी अफ कम्पुचियाका (सीपीके) का सदस्यहरूलाई दिइएको सामान्य नाम थियो ।
१९७० को दशकको अन्तमा हजारौँ कम्बोडियालीहरूलाई यातना र मृत्युदण्ड दिइँदा खमेर रुजको टुओल स्लेङ जेलको सुपरिवेक्षण गर्ने डच उपनाम भएका काइङ ग्युक त्ले संयुक्त राष्ट्रसङ्घीय न्यायाधीकरणलाई निक्सन र किसिन्जरले खमेर रुजलाई ‘सुवर्ण अवसरहरू प्राप्त गर्न’ अनुमति दिएको बताएका थिए ।
कम्बोडियाका अपदस्थ सम्राट राजकुमार नरोद्दम सिंहानुकले ७० को दशकमा भनेका थिए कि “मिस्टर निक्सन र डा. किसिन्जर ‘कम्बोडियाको त्रासदी’ का लागि पूर्णतया जिम्मेवार दुई जना मात्र व्यक्ति हुन् ।”
भियतनामलाई दोष दिँदै
क्रिस्टोफर हिचेन्सले २००१ मा लेखेको आफ्नो पुस्तक – ‘हेनरी किसिन्जरमाथिको कानुनी सुनुवाइ’ मा युद्ध अपराध, मानवताविरुद्धको अपराध र सामान्य, परम्परागत वा अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको लामो फेहरिस्ट प्रस्तुत गर्दै तिनका लागि किसिन्जरमाथि मुद्दा चलाउन माग गरेका थिए । हिचेन्सले किसिन्जर पूर्णरूपमा दोषी रहेको बताए ।
अमेरिकी रक्षा विभागले यो स्पष्ट गरेको छ कि संरा अमेरिका आफ्नो विगतको नागरिक हानिको आरोपको छानबिन गर्न इच्छुक छैन र रक्षा विभागले ५० वर्षपछि कम्बोडियामा नागरिक हटाहटीको अनुसन्धान गर्ने सम्भावना लगभग असम्भव भएको छ ।
डौन रथ २ का गाउँका पूर्व गाउँ प्रमुख काङ भोर्न सम्झनुहुन्छ कि “कहिलेकाहीँ हाम्रो गाउँमा दिनहुँ बम प्रहार हुने गरेको थियो । एक दिनमा कम्तीमा एकपटक नभए दिनमा तीन वा चार पटक अमेरिकी बम हमला हुने गरेको थियो ।”
बी–५२ विमानबाट भएका बम प्रहारबाट बच्न सफल भएकाहरूले घटनालाई भयानक र विनाशकारीरूपमा वर्णन गर्छन् । ७८ वर्षीय बुथ थान र उनकी बहिनी ७२ वर्षीया बुथ थान पोरमा आफ्नो घरबाट टाढा रहँदा बी–५२ विमानहरूको बमबारीले उनीहरूका परिवारका १७ सदस्यको ज्यान लिएको थियो । वुथ थानले टर्ससित आफ्नो सम्पूर्ण परिवारसहित सबै कुरा गुमाएको यथार्थ वर्णन गरे ।
२०१० को अमेरिकी राज्य विभागको सम्मेलनमा, किसिन्जरले टर्सलाई भनेका थिए, “त्यो अनिवार्यरूपमा जनसङ्ख्या नभएको क्षेत्रमा गरिएको आक्रमण थियो र मलाई विश्वास लाग्दैन कि यसले कुनै महत्वपूर्ण हताहती भएको हुनसक्छ ।” यो २०१० को राज्य विभागको सम्मेलन ‘द अमेरिकन एक्सपेरियन्स इन साउथ इस्ट एसिया, १९४६–१९७५’ शीर्षक थियो । १९७९ मा एनबीसी न्यूजसितको एक अन्तर्वार्तामा, बेलायती पत्रकार डेभिड फ्रस्टले किसिन्जरलाई ‘देशलाई ध्वस्त पार्ने’ घटनाहरूको श्रृङ्खलालाई गति दिएको आरोप लगाएका थिए । एनबीसीले पछि उक्त अन्तर्वार्ता प्रकाशित गर्यो । तर, किसिन्जरलाई आफ्नो टिप्पणी परिवर्तन गर्ने मौका दियो ।
किसिन्जरले भनेका थिए, “हामीले भियतनामी सीमाको करिब पाँच माइलभित्रका सात पृथक उत्तर भियतनामी आधार क्षेत्रहरूमा बमबारी गर्दा, जहाँबाट दक्षिण भियतनाममा आक्रमणहरू भइरहेको थियो, हामीले कसैको दृष्टिकोणबाट कुनै देशलाई नष्ट गर्न खोजेका थिएनौँ ।”
एक विशिष्ट तरिकाले उनले घिनलाग्दा विसङ्गतिहरू र लज्जास्पद विवादहरूलाई आफ्नो कब्जामा पारे । फ्रस्टको दाबीलाई निकै राम्ररी अस्वीकार गरे कि गोप्य बी–५२ हमलाको क्रममा आधार क्षेत्रमा ७०४ वटा बम प्रहार भएको थियो – पेन्टागन दस्तावेजमा टाइपोग्राफिकल त्रुटिको कारणले भएको गल्ती – ‘आधार क्षेत्र ७०४’ उल्लेख छ । साँच्चै बम हमला गरिएका थिए । उनले भने, “नागरिक हताहती कम हुने अपेक्षा गरिएको थियो ।
निक्सन र किसिन्जरको आगमनअघि अमेरिकी कमान्डोहरूले क्रमशः ९९ र २८७ आक्रमणकारी मिसनहरू सञ्चालन गरेका थिए । सन् १९६९ सम्ममा यो सङ्ख्या ४५४ पुगेको थियो । जनवरी १९७० र अप्रिल १९७२ को बिचमा सैनिक कारबाही औपचारिकरूपमा बन्द गरिएको घोषणा हुँदा कम्बोडियामा कमान्डोहरूले कम्तीमा १,०४५ गोप्य कारबाहीहरू सञ्चालन गरेका थिए । किसिन्जरद्वारा सुरु गरिएको त्यस्ता गुप्त कारबाहीहरू अझ बढी हुनसक्छन् तर ती कहिल्यै सार्वजनिक गरिएका थिएनन् ।
हाइग जनवरीदेखि मे १९७३ सम्म सेनाको उपप्रमुख अफ स्टाफ थिए, राष्ट्रिय सुरक्षाका लागि राष्ट्रपतिको सहायक सल्लाहकार र ह्वाइट हाउस प्रमुख स्टाफको रूपमा कार्य गरेका थिए । सेवानिवृत्त सेना ब्रिगेडियर जनरल जोन जोन्सले टर्सलाई जानकारी दिएअनुसार – जोन्स पेन्टागनमा हाइगको कार्यालयमा थिए जब एक महत्वपूर्ण फोनकल आयो । “मैले उहाँलाई केही कुराको बारेमा जानकारी दिइरहेको थिएँ र जरूरी फोन बज्यो, जुन व्हाइट हाउसबाट थियो,” जोन्सले बताए ।
म जानका लागि उठेँ । उहाँले मलाई बस्न इसारा गर्नुभयो । म त्यहाँ बसेँ र कम्बोडियामा हाम्रो घुसपैठलाई कसरी लुकाउने भनेर उनले भनेको सुनँे ।
किसिन्जरका एक सहायक रोजर मोरिसले स्मरण गर्दै टर्सलाई भने, “कसरी धेरै समय उनले कम्बोडियामा चलिरहेको गोप्य सैनिक कारबाहीलाई अनुमति प्रदान गरिरहेका थिए ।”
हामीले त्यहाँ धेरै गोप्य कारबाही चलायौँ
इन्टरसेप्टको फलो–अप रिपोर्टिङले मे १९७१ मा अमेरिकी हेलिकप्टर गनशिपहरूले कम्बोडियाको एउटा गाउँमा कसरी आक्रमण गरेको थियो भनी खुलासा गरेको थियो । ‘हाइ बर्ड’ नाम दिइएका कमान्डर क्याप्टेन डेभिड स्विट्जरले यस क्षेत्रमा दक्षिण भियतनामका संदिग्ध शत्रुका ठेगानामा मिसाइल हमला र बमबारी गर्न दक्षिण भियतनामी वा अमेरिकी सेना परिचालनको आदेश दिएका थिए ।
ब्रुक्स र केही एभीआरएन कमान्डोहरू बोकेको हेलिकप्टरका पाइलट क्याप्टेन थोमस एग्नेसले टर्सलाई बताए कि एभीआरएन रेंजर्सले गाउँ लुट्यो । उनले बताए कि कसरी उनीहरूले आफूले लिन र बोक्न सक्ने सबै चीजहरू चोरिरहेका थिए ।
जब हेनरी किसिन्जरले कम्बोडियामा गोप्य बम हमलाको योजना तयार गरे, त्यतिबेला पोल पोटको खमेर रुजसँग करिब ५ हजार लडाकु थिए । सीआईएको १९७३ को प्रतिवेदनअनुसार, खमेर रुजको भर्ती प्रयासहरू धेरै हदसम्म अमेरिकी बमबारीमा निर्भर थिए ।
संरा अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सीद्वारा प्रकाशित एक अध्ययनअनुसार सन् १९७३ मा मात्र अमेरिकाले कम्बोडियामा एक वर्षमा त्यसअघिको चार वर्षमा बर्साएजतिको बम बर्साएको थियो ।
सन् १९७३ को घातक अमेरिकी बमबारीले शरणार्थीहरूको सङ्ख्यालाई त्यस देशको जनसङ्ख्याको आधासम्म पु¥याएको थियो ।
एक ‘हत्यारा बदमास’
ती अमेरिकी आक्रमणले पोलपोटको सेनालाई सही साबित गरेको र हौसला प्रदान गरेका थिए । खमेर रुजको सङ्ख्यालाई २ लाखको सेनामा वृद्धि गराइएको थियो । त्यस सेनाले पूरै देशलाई कब्जा ग¥यो र गृहयुद्धको नाममा जनसङ्ख्याको २० प्रतिशतको नरसंहार ग¥यो । खमेर रूजले सत्ता नियन्त्रणमा लिएपछि एकाएक राजनीतिक हावा बदलियो र किसिन्जरले अनौपचारिकरूपमा थाइल्याण्डका विदेशमन्त्रीलाई भने कि –तपाईँले कम्बोडियालीलाई पनि भन्नुपर्छ कि हामी तिनीहरूको मित्र बन्नेछौँ । तिनीहरू हत्यारा ठगहरू हुन्, तर हामी तिनीहरूको बाटोमा खडा हुनेछैनौँ । हामी उनीहरूसँगको सम्बन्ध सुधार्न तयार छौँ ।
भियतनामी सेनाले १९७८ को अन्तमा खमेर रुजलाई हटाउन कम्बोडियामा आक्रमण ग¥यो र पोलपोटका मानिसहरूलाई थाई सीमातिर भाग्न बाध्य पा¥यो । अर्कोतर्फ संरा अमेरिका, पोलपोटको सहायता गर्न जुट्यो, अन्य देशहरूलाई समेत पोलपोटको सेनामा सामेल हुन दबाब दियो, आफ्ना साथीहरूलाई आपूर्तिको व्यवस्थासमेत मिलायो, संयुक्त राष्ट्र सङ्घमा कम्बोडियाको सीट कायम राख्न मद्दत ग¥यो र आमनरसंहारको अभियोग लागेका खमेर रुज अधिकारीहरूमाथिको अनुसन्धान वा मुद्दा चलाउने प्रयासको प्रतिरोध ग¥यो ।
पत्रकार विलियम शाक्रसका अनुसार सन् १९७८ मा किसिन्जरले एउटा संस्मरणको रूपमा ‘ह्वाइट हाउस इयर्स’ प्रकाशित गरे, जसमा उनीमाथि दागको रूपमा रहेको कम्बोडियामा भएको रक्तपातबारे उल्लेख गर्न असफल भएका थिए ।
किसिन्जरको लागि, कम्बोडिया एक साइड शो थियो, मानौँ त्यहाँका मानिसहरू ठूला राष्ट्रहरूको महान् खेलमा बलि दिन योग्य थिए ।
टर्स भन्छन्, “कम्बोडियाको भ्रमणपछि स्वर्गीय एन्थोनी बोर्डेनले अरू धेरैले जस्तै आफ्नो धारणा व्यक्त गरेका थिए । त्यस क्रममा उनले हेनरी किसिन्जरलाई एक बदमास हत्याराको संज्ञा दिँदै उनलाई मर्ने गरी भिडबाट कुटपिट हुनबाट कहिल्यै रोक्न नचाहेको बताएका थिए ।”
“तपार्ईँले फेरि कहिल्यै अखबार खोल्न र चार्ली रोजसँग राम्रो कुराकानीको लागि बसेको वा पुँजीबिना नै नयाँ चमकदार पत्रिकाको लागि ब्ल्याक–टाई सम्बन्धमा भाग लिनुभएको विश्वासघाती, पूर्ववर्ती, हत्यारा बदमासको बारेमा पढ्न सक्नुहुन्न,” बोर्डेनले भनेका थिए ।
टर्सले २०१० मा किसिन्जरलाई पछ्याए र ५० हजार कम्बोडियालीहरूको ज्यान जाने गरी भएको बमबारीलाई किसिन्जरले “कम्बोडियामा उत्तरी भियतनामीमाथिको जरुरी आक्रमण” भनी गरेको असङ्गत दाबी सच्याउनको लागि दबाब दिए ।
“हामी कम्बोडियालीहरूलाई बमबारी गर्ने ध्येयका साथ लागिरहेका थिएनौँ,” उनले पुनः दाबी गरे ।
टर्सले किसिन्जरलाई औँल्याए कि प्रमाणले अन्यथा नै भन्छ र तपाईँसित प्रश्न गर्न बाध्य पार्छ भने । टर्सको प्रश्नले किसिन्जरलाई रिस उठ्यो र भने, “तपाईँ के प्रमाणित गर्न खोज्दै हुनुहुन्छ ?”
किसिन्जरले कुराकानी अन्त्य गर्नुअघि आफ्नो अपराधमाथि ढाकछोप गर्ने प्रयास गर्दै टर्ससित भने, “म तपाईँका लागि पर्याप्त स्मार्ट छैन, मसँग तपाईँमा जतिको बुद्धिमत्ता र नैतिक गुणको कमी छ ।” अझै पनि, किसिन्जरलाई कुनै युद्ध अपराधको लागि कहिल्यै अभियोग लगाइएन वा दोषी ठहराइएन ।
अनुवाद : प्रकाश
Leave a Reply