नेपाल–तिब्बत बाढी : के भयो, किन भयो र को हराइरहेका छन् ?
- भाद्र १३, २०८३
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको जन्म वि.सं. १९८४ जेठ २६ गते रौतहट जिल्लामा भएको हो । उहाँका पिता पशुपति भण्डारी र माता चन्द्रकला भण्डारी हुनुहुन्छ । उहाँले ९६ वर्ष पार गरी सक्नुभएको छ तर आफ्नो कर्तव्यपथमा अझै क्रियाशील हुनुहुन्छ ।
उहाँका धर्मपत्नी शान्ता भण्डारीको २०७६ चैतमा निधन भयो । भण्डारी दम्पत्तिका पाँच छोराछोरी छन् ।
उहाँले प्रारम्भिक शिक्षा रौतहटमा प्राप्त गर्नुभयो । पछि वनारसमा पढ्नुभयो । आवश्यक योग्यता हासिल गरेपछि कानुन अध्ययनका लागि उहाँ २०११ सालमा काठमाडौँ आउनुभयो । अध्ययनपछि उहाँले २०१४ सालदेखि कानुन व्यवसायीको रूपमा कर्म थाल्नुभयो ।
रौतहट छँदै किसानहरूको पक्षमा २००९ सालमा तमसुक फट्टा आन्दोलन गर्नुभयो । त्यो आन्दोलन उहाँले आफ्नै घरबाट सुरू गर्नुभयो । त्यस्तै दुई वर्षभन्दा बढी विद्यालयहरू स्थापना गर्न योगदान पु¥याउनुभयो ।
२००७ सालको क्रान्तिमा स्टेनगन लिएर होमिएका भण्डारी राजनीतिक फाँटमा कम्युनिस्ट हुनुभयो । राजनीति र कानुन क्षेत्रका सुपरिचित भण्डारी सबैलाई असल काम गर्न प्रेरित गर्नुहुन्छ ।
न्यायिक क्षेत्रमा उहाँको योगदान अतुलनीय रहेको छ । नेपाल ल फर्म स्थापना गरी थुप्रै कानुन व्यवसायीहरू उत्पादन गर्नुभयो । उहाँका चेलाहरू देशका सबै जिल्लाहरूमा कानुन व्यवसाय गरिरहेका छन् । उहाँका कतिपय चेलाहरू प्रधानन्यायाधीश बनिसकेका छन्, न्यायाधीश तथा न्यायाधिवक्ता बनिसकेका छन् र वरिष्ठ अधिवक्ता, अधिवक्ता पनि थुप्रै छन् । देशमा कानुन व्यवसायीहरू उत्पादन गर्न नेपाल ल फर्मको योगदानबारे पूर्वप्रधानन्यायाधीश रामप्रसाद शाह भन्नुहुन्छ, “नेपाल ल फर्मले यति ठूल्ठूला न्यायविद् उत्पादन ग¥यो त्यति त कुनै विश्वविद्यालयले पनि गर्न सकेको छैन ।” यस एक वाक्यले नै कृष्णप्रसाद भण्डारीको योगदानलाई पुष्टि गर्छ ।
ल फर्ममा आउने मुद्दाहरूको जिम्मा दिने काममा पनि भण्डारीको विशाल हृदयको परिचय दिन्छ । फर्ममा आएका मुद्दाहरू छनौट गर्न उहाँ चेलाहरूलाई रोज्न दिनुहुन्छ । उनीहरूले छोडेका मुद्दा आफू लिनुहुन्छ । आफ्नो ल फर्म तर मुद्दाको रोजाई अरूकोे र पैसाभन्दा माथि उठेर न्यायको पक्षमा वकालत गर्ने कृष्णप्रसाद भण्डारी गरिबको मुद्दा र राजनीतिक मुद्दा निःशुल्क हेरिदिनुहुन्छ । पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ को षड्यन्त्रविरूद्ध उहाँले गर्नुभएको गुण हामी कहिल्यै बिर्सन सक्दैनौँ । यस्तो गुण उहाँले धेरैलाई लगाउनुभएको छ ।
कानुन व्यवसायीले वकालत गर्दा आफ्नो पक्षमा बहस पैरवी गर्नु स्वाभाविक छ तर वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी केवल आफ्नो पक्षमा बहस गर्नुहुन्न, न्याय सम्पादनमा सघाउन समाधानका उपाय पनि सुझाउनुहुन्छ । यसरी उहाँले समाज र न्याय सम्पादनमा धेरै गुण लगाउनुभएको छ । त्यसैले उहाँ कानुनी क्षेत्रका गुरूदेव मात्र होइन न्याय सम्पादनमा पनि योगदान पु¥याउनुभएकोले गुरूदेवका पनि गुरूदेवको रूपमा सुपरिचित हुुनुहुन्छ ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले एक ठाउँमा भन्नुभएको छ, “कानुनको मर्यादा पालना गराउन पनि भ्रष्टाचार गर्ने न्यायकर्मीहरूलाई श्रीमान् भन्नुपर्दा दुःख लाग्छ ।” त्यही दुःखको विरूद्ध उहाँले न्यायिक भ्रष्टाचारविरूद्ध पहिलो आवाज उठाउनुभयो । त्यस आवाजलाई कानुन व्यवसायीहरूको सम्मेलनबाटै पारित गराउनुभयो । यो घटनाको बाछिटा पञ्चायतकालमा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्त गर्ने राजालाई समेत परेको थियो ।
धेरै सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएका कृष्णप्रसाद भण्डारीबारे सर्वोच्च बार जर्नलले २०७९ सालमा ‘कानुन शताब्दीपुरूष– कृष्णप्रसाद भण्डारी विशेषाङ्क’ प्रकाशित ग¥यो । बारले पहिलोपटक एक जीवित व्यक्तित्वको विशेषाङ्क प्रकाशित गरेर नौलो पाइला चाल्यो । त्यसमा ५७ जनाको आलेख सङ्ग्रहित छन् । केही शीर्षकको नमुना यस्तो छ – ‘युग पुरूष कृष्णप्रसाद भण्डारी : न भूतो न भविष्यत न्यायिक जगतका उज्ज्वल नक्षत्र÷असाधारण र सरल व्यक्ति भण्डारी न्यायक्षेत्रका गुरूदेव/सादा जीवन उच्च विचारको हिमायती भण्डारी÷गरीबका वकिल कृष्णप्रसाद भण्डारी/गुरूदेव अर्थात् सङ्कटमा सम्झिने एउटा गर्विलो नाम…… आदि ।
यी शीर्षकले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकाबारे धेरै कुरा बताउँछ । उहाँको सम्मान नेपाल भाषा साहित्य तःमुंज्याले पनि गरेको हामीलाई स्मरण छ । सत्कार्यबाट आफ्नो व्यक्तित्व बनाउने र निरन्तर उचाइ थप्ने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको ९७ औँ जन्मोत्सवमा सुस्वास्थ्य तथा दीर्घजीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
(‘समाज विकासको एक झलक’ पुस्तक सार्वजनिकीकरण कार्यक्रम, जेठ ३० मा प्रस्तुत गरिएको छोटो चिनारी)
Leave a Reply