महान् नेता किम इल सङ, किम जोङ इल पार्टीको महान् ध्येय सदा विजयी रहन्छ –३
- असार २६, २०८३
जलस्रोतको धनी भनिएको देशमा खानेपानीको हाहाकार, सिँचाइको अभाव र लोडसेडिङ जनताको नियति बनेको छ । ‘स्वीट्जरल्यान्ड’ र ‘सिङ्गापुर’ को सपना देखाउने सत्ताधारीहरूले यसबारे खासै चिन्ता लिएका छैनन् । पँुजीवादी पार्टीहरूले सत्तामा जाने र टिक्नेबाहेक अरू सोचेका छन् भन्न व्यवहारमा देखिएको छैन ।
वर्षायाम सुरु भइसकेको छ । नेपालले विद्युत् निर्यात पनि गर्न थालेको छ । साथै अघोषित लोडसेडिङ पनि हुन थालेको छ । विगतका वर्षमा नभएको लोडसेडिङ माओवादी नेतृत्वको सरकार बनेपछि विद्युत् उत्पादनले धान्न नसक्ने जानकारी विद्युत् प्राधिकरणका हाकिम घिसिङले दिइसकेका छन् । त्यसो त विगतमा पनि ‘प्रचण्ड’ को सरकारले दैनिक १८ घण्टा लोडसेडिङको ऐतिहासिक कीर्तिमान बनाएको थियो । प्राधिकरणमा घिसिङ आएपछि जे जसरी होस् लोडसेडिङ हटेको थियो र वाहवाही कमाएको थियो । अहिले सरकारमा ‘प्रचण्ड’, प्राधिकरणमा ‘घिसिङ’ तर पनि छिनछिनमा बत्ती जाने र आउने, भोल्टेज अप–डाउन हुने र दैनिक घण्टौँ अघोषित लोडसेडिङ हुन थालेको छ । यो ‘प्रचण्ड’ र ‘घिसिङ’ को सस्तोमा नेपालको विद्युत् निर्यात गर्ने र महँगोमा भारतबाट विद्युत् आयात गर्ने प्रपञ्च हो कि ? अथवा, ‘प्रचण्ड’ को निधारमै लोडसेडिङ लेखिनुको परिणाम ? अथवा, ‘घिसिङ’ र ‘प्रचण्ड’ को ग्रह – दशा नमिलेको हो ? हो भने भैँसी पूजा गर्ने कि ¤ कतै भाकल गर्ने गरिहाल्नु प¥यो । यो झ्यापझ्याप र अघोषित लोडसेडिङ हटाएर घिसिङको वाहवाही कायम राख्ने हो भने ‘लोडसेडिङ’ हटाउनुप¥यो । होइन भने पीडित जनता बालुवाटारमै लोडसेडिङ गराउन नआउला कसरी भन्ने ?
Leave a Reply