भर्खरै :

कैलालीमा नेतृ प्रधानको स्मृति सभा

कैलालीमा नेतृ प्रधानको स्मृति सभा

कैलाली, ९ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीको आयोजनामा नेक्रामसङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको स्मृतिमा शुक्रबार स्मृति सभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले शोभा प्रधानको असामयिक निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधान एक असल, इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ता हुनुहुन्थ्यो । २०४५ सालको ‘भक्तपुर काण्ड’मा दिवङ्गत प्रधानको भूमिका महत्वपूर्ण थियो । उहाँलाई बिरामी अवस्थामा भेट्दा आफ्नो स्वास्थ्यको चिन्ताभन्दा जिल्ला पार्टी गतिविधि र सङ्गठनको बारेमा सोध्नुहुन्थ्यो ।”
नेमकिपा कैलाली जिल्ला पार्टी अध्यक्ष रमेशकुमार रावलले दिवङ्गत प्रधानको पार्टीप्रतिको जिम्मेवारी, अनुशासन, सैद्धान्तिक भावनालाई बिर्सन नसकिने बताउनुभयो ।
नेपालको औषधि विभागले क्यान्सरको औषधि खरिद नगरेको कारण शोभा प्रधानजस्ता हजारौँ क्यान्सर रोगीहरूले अकालमै ज्यान गुमाउनु परेको उहाँले बताउनुभयो ।
सभामा नेमकिपा कैलालीका सदस्य ज्योति बडुवाल, नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलालीका उपाध्यक्ष रत्नादेवी रावल, लक्ष्मी पुन, प्रेम सिजापति, हिक्मत भण्डारी, जानकीदेवी शाहीलगायतले दिवङ्गत प्रधानको व्यक्तित्वको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *