भर्खरै :

योगका नाममा हिन्दू सर्वोच्चतावादमाथि ढाकछोप

योगका नाममा हिन्दू सर्वोच्चतावादमाथि ढाकछोप

सन् २०१४ मा जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्र सङ्घको महासभामा पहिलोपटक सम्बोधन गर्न आए, तब उनले एक उद्देश्य बोकेका थिए । उनले २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवस र भारतलाई योगको आध्यात्मिक जन्मस्थलको रूपमा मान्यता दिनुपर्ने प्रस्ताव गरेका थिए । करिब दुई सय राजनीतिक नेतामाझ मोदीले उत्साहपूर्वक (भारतको) पुरातन परम्पराको अमूल्य उपहार भन्दै योगको चित्रण गरेका थिए । उनले योगलाई सम्मान गर्दा विश्व शान्ति, जलवायु परिवर्तनको असर न्यूनीकरण र विद्यमान सशस्त्र हिंसाविरुद्ध लड्न मद्दत पुग्ने सुझाव दिएका थिए । लगत्तै अर्को वर्ष विश्वले पहिलोपटक योग दिवस मनायो ।
अघिल्लो बुधबार (२१ जून) राष्ट्र सङ्घले यस वर्षको योग दिवसको नेतृत्व गर्न मोदीलाई आफ्नो मुख्यालयमा स्वागत गरेको छ । प्रश्न उठ्छ, मोदीले भारतको कुन संस्करणलाई संसारमा व्यक्त गरे ? स्वभावतः मोदीले मूलधारकै भारतीय संस्करणको प्रतिनिधित्व गरेका छन् । उनले भारत विश्वकै सबैभन्दा ठूलो धर्मनिरपेक्ष लोकतन्त्र भएको र यसको अर्थतन्त्र द्रुतगतिमा अगाडि बढिरहेको बताएका थिए । अर्थात,् बढ्दो अधिनायकवाद, हिन्दू राष्ट्रवाद र जात–आधारित सर्वोच्चतावादले तहसनहस भइरहेको लोकतन्त्रिक भारतको उच्चारण भएन ।
भाजपाका नेता बनेदेखि मोदी र उनका आध्यात्मिक सहयोगीले योगलाई हिन्दू राष्ट्रवाद र दक्षिणपन्थी नीति फैलाउने प्रोपगान्डाका रूपमा दुरूपयोग गर्दै आएका छन् । सरल भाषामा भन्ने हो भने योगलाई मोदीले उत्पीडित अल्पसङ्ख्यकमाथि गरिएको राजनीतिक एवं संरचनागत हिंसा छोप्ने संयन्त्र बनाएका छन् । योग दिवसमा मोदीले विश्वका नेता र योगका अनुयायीसामु आफूले गरेका अत्याचारलाई लुकाएका हुन्छन् । यो ढाकछोपयुक्त तमासालाई म जातीय–राष्ट्रवादी राज्यको हिंसालाई फ्को प्रयोग गरेर लिपपोत गर्ने राजनीति अर्थात् फ् वासिङ भन्न रुचाउँछु । तर, यसलाई विश्वमा योगलाई वास्तविकरूपमै न्याय, एकता र मुक्तिका लागि प्रयोग गर्ने अठोट लिनेहरूमाथिको आक्षेपको रूपमा भने लिनु हुँदैन भन्ने आग्रह गर्छु ।
विश्वशान्तिको ढोंग
प्राचीन भारतीय संस्कृति वसुधैव कुटुम्बकको हो भन्दै मोदी बारम्बार उल्लिखित यौगिक दर्शनलाई भारतभित्र र विश्व साझेदारमाझ लोकतन्त्रको प्रोत्साहनका लागि मार्गदर्शनको रूपमा लिनुपर्ने बताउँछन् । तर, भारतमै लोकतन्त्र ओरालो लाग्ने क्रममा छ । मोदी सत्तामा आएदेखि नै मुलुकमा मुसलमान, इसाई, दलित र अन्य उत्पीडित अल्पसङ्ख्यकमाथि हुने राज्य–प्रायोजित र भिजलान्ते आक्रमण तीव्र बढेको छ ।
मोदी र उनका आध्यात्मिक सहयोगीले योगलाई हिन्दू राष्ट्रवाद र दक्षिणपन्थी नीति फैलाउने प्रोपगान्डाको रूपमा दुरूपयोग गर्दै आएका छन्
मोदीले हिन्दू राष्ट्रवादीलाई सीमान्तकृत जनतामाथि आक्रमण गर्ने वैधानिकता मात्रै दिएका छैनन्, उनको सरकारले न्यायपालिकालगायत भारतीय लोकतन्त्रका स्वतन्त्र संस्थालाई पनि कमजोर बनाएको छ । विश्वव्यापी रूपमा मोदी सरकारले इजरायल, फ्रान्स र अमेरिकाजस्ता राज्यसँगको सैन्य साझेदारीलाई बलियो बनाएको छ । स्मरणरहोस्, यी राज्य विश्वस्तरमा हुने इस्लामद्वेष र युद्ध राजनीतिमा लगानी गर्ने राज्य हुन् ।
जलवायु परिवर्तन रोक्ने कसरी ?
मोदीले योगलाई विश्व तापमान वृद्धिलाई रोक्ने र वातावरणीय दिगोपनालाई प्रोत्साहन गर्ने जन–अभियानको संज्ञा दिँदै सन् २०७० भित्र भारतमा शून्य कार्बन उत्सर्जन गर्ने प्रतिबद्धता जनाएका छन्, सँगसँगै जलावायु योगीलाई आफ्नो व्यवहार परिवर्तन गर्दै योगदान दिन आग्रह गरेका छन् । निश्चय नै योगलाई जलवायु परिवर्तनको प्रतिरोध गर्न प्रयोग गर्न सकिन्छ । तर, मोदीले जीवाश्म–इन्धन उद्योगमा लगानी जारी राख्नु र सैन्यक्षेत्रबाट हुने उत्सर्जनलाई उत्सर्जनको रूपमा सन्धि–सम्झौतामा नमानिने अवस्थामा सेनामा पनि लगानी गर्नुले मोदीको वाचा झूटो हो भन्ने देखिन्छ ।
जलवायु वैज्ञानिक र वातावरणीय अभियन्ताले जलवायु कहरबाट जोगिन उपभोक्तावादमा आधारित पुँजीवादी अर्थव्यवस्थामा आमूलरूपमा विनिवेश आवश्यक हुने तर्क गर्छन् । तर, मोदी व्यक्तिवादी समाधानका लागि प्रतिबद्ध छन् । अर्थात्, उनी अर्थतन्त्रको संरचनामा आमूल परिवर्तन नगर्ने र ग्रहलाई सक्रियरूपमा तहसनहस पार्ने कार्यक्रमलाई अगाडि बढाउँदै तथाकथित हरित नीतिलाई समर्थन गरेजस्तो गर्ने आफ्नो एजेन्डालाई पोसिरहेका छन् ।
आतङ्कवादविरुद्धको लडाइँ
सन् २०१४ को राष्ट्र सङ्घ भाषणमा मोदीले विश्व नेताले एक ठाउँ आएर ‘आतङ्कवाद र उग्रवाद’ विरुद्ध लड्नुपर्ने बताएका थिए । यद्यपि, मोदी राज्य–अनुमोदित सैन्यवादलाई अदृश्य बनाउने गरी ‘वार अन टेरर’ को इस्लामद्वेषी संकथनको प्रयोग गर्छन् ।
अगस्ट २०१९ मा मोदी सरकारले सन् १९४७ पछिको नयाँ भारतको एक मात्र मुसलमान बहुल राज्य जम्मु–कास्मीरको अर्ध–स्वायत्त हैसियतलाई खारेज गरेको थियो । तत्पश्चात् सो क्षेत्रमा तीव्र राजनीतिक दमन भएको थियो, जहाँ राजनीतिक गतिविधिमा प्रतिबन्ध लाग्यो, नेता नजरबन्दमा राखिए, इन्टरनेट अवरुद्ध गरियो र पहिलेदेखि नै अत्यधिक सैन्य परिचालन भएको यस क्षेत्रमा थप सेना तैनाथ गरियो ।
भारतीय सेनाले योगाभ्यास गरिरहेको जवानका तस्बिर सामाजिक सञ्जालमा साझा गरिरहँदा भारतीय सेनाले कास्मीरमा गरेको मानवअधिकार उल्लङ्घनमाथि लिपपोत भइरहेको थियो । अर्थात्, मोदी र उनका साझेदारले कास्मीरमाथि भारतको कीर्तिमानी नृशंस अत्याचारलाई चोख्याउँदै फ् वासिङ गरिरहेको प्रस्ट छ ।
टाइम्स स्क्वायर र सामाजिक सञ्जालको मञ्चमा योग दिवसको दिन मोदीको प्रदर्शन प्रत्यक्ष प्रसारण भइरहँदा राजनीतिकरूपमा तटस्थ हजारौँ सहभागी यसमा सामेल हुनसक्छन् भन्ने मलाई लाग्छ । आखिर मोदीसँग योग गर्दा के नै क्षति हुन्छ र ? सहभागिता जनाउँदैमा मोदीको राजनीतिक एजेन्डालाई समर्थन ग¥यो भन्ने हुँदैन, तर म सहभागीलाई यस्ता कार्यक्रममा सहभागी हुनु भनेको हिन्दू सर्वोच्चतावादी विचारलाई लिपपोत गर्ने मोदीको फ् वासिङलाई प्रोत्साहन पुग्छ कि भनेर सचेत हुन आग्रह गर्छु ।
(सुद समाजशास्त्री, शिक्षक एवं योग प्रशिक्षक हुन् ।)
–अलजजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *