शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
जुलाई १७ देखि १८ सम्म पेइचिङमा पारिस्थितिकीय तथा वातावरणीय संरक्षणसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना भयो । सम्मेलनमा भाग लिँदै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका चिनियाँ राष्ट्रपति सी चिन फिङले महत्वपूर्ण भाषण दिनुभयो र चिनियाँ समाजवादी युगको नयाँ सभ्यताको सामाजिक चरित्रको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने महत्वमा जोड दिनुभयो ।
विगत केही वर्षदेखि चीनले आफ्नो कार्बन फुटप्रिन्ट घटाएर, जैविक विविधताको संरक्षण र हरित रूपान्तरणलाई बढावा दिएर विश्वव्यापीरूपमा जलवायु परिवर्तनविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को हालैको प्रतिवेदन अनुसार चीनले २०२३ र २०२४ मा यसको लगभग ५५ प्रतिशत योगदान गरेर नवीकरणीय ऊर्जा क्षमतामा वैश्विक नेतृत्व गरेको छ । उसले शीर्ष कोष प्रदायकको रूपमा आफ्नो स्थितिलाई अझ बलियो बनाएको छ ।
प्रतिवेदनले चीनले आगामी वर्षसम्म सबै नयाँ अपतटीय वायु परियोजनाहरूको लगभग ७० प्रतिशत र ६० प्रतिशतभन्दा बढी तटीय वायु ऊर्जा परियोजनाहरू सञ्चालन गरिरहेको सङ्केत गर्दछ । साथै ५० प्रतिशत सौर्य फोटोभोल्टिक परियोजनाहरू पनि चीनले सञ्चालन गरिरहेको छ ।
प्रश्नमा रहेको अवधारणा अझै नयाँ छ र विश्वका विभिन्न भागहरूमा व्यापक रूपमा मान्यता प्राप्त छैन । यो क्षेत्रले जलवायु जोखिम व्यवस्थापनका चुनौतीहरूलाई पार गर्ने महत्वपूर्ण क्षमता भएकोले पारिस्थितिक सभ्यताले आफ्नो प्रभाव फैलाउन र एशियालाई प्रभाव पारेर सुरु गर्न सके यो व्यावहारिक हुनेछ । एशियाका धेरै भागहरूले आफ्नो पूर्वाधार र सहरीकरण प्रयासहरूलाई गति दिन आवश्यक छ किनकि यस क्षेत्रले विकासलाई कायम राख्न, गरिबी हटाउन, २०३० सम्ममा पूर्वाधारमा वार्षिक १.७ ट्रिलियन अमेरिकी डलर लगानी गर्नुपर्छ । साथै २०५० सम्ममा एसियाले बढेको गर्मी र आर्द्रताका कारण जीडीपीमा ४.७ ट्रिलियनको क्षतिको सामना गर्नुपर्नेछ । परिणामस्वरूप यसले काम गर्ने अवधि गुमाउनेछ र विश्वव्यापी जीडीपीमा कुल नकारात्मक प्रभावको दुई तिहात्न्दा बढी योगदान गर्दछ ।
देशहरूले सँगैमिलेर काम गर्नुपर्दछ र उनीहरूको वातावरणीय र विकास उद्देश्यहरू पूरा गर्नका लागि उनीहरूको प्रयासहरू समन्वय गर्नुपर्दछ । जलवायु परिवर्तन, सीमापार प्रदूषण, जैविक विधता र समुद्री स्थिरतालाई सम्बोधन गर्दा यो विशेष गरी महत्वपूर्ण छ ।
चीनको सरकारले यसलाई स्वीकार गरेको छ र २०११ देखि ३६ वटा विकासशील देशहरूसँग ४१वटा जलवायु परिवर्तन सहयोग सम्झौताहरू सुरु गरेको छ । यी पहलहरूलाई समर्थन गर्न लगभग १.२ बिलियन युआन १६६ मिलियन अमेरिकी डलर ) प्रदान गरेको छ । सरकारले निर्देशन, आधुनिक कानुन, वित्तीय तथा बैङ्किङ प्रोत्साहन र संस्थागतरूपान्तरण गरेर यसका लागि सहजीकरण गरेको छ । फलस्वरूप, हरित प्रविधिमा चीनको प्रगतिले विश्वका अन्य भागहरूलाई फाइदा पुगेको छ ।

वातावरणमैत्री प्रविधिको विकासमा निजी क्षेत्रलाई पनि सङ्लग्न गराउनुपर्छ । वातावरणीय, सामाजिक र प्रशासन (ईएसजी) संयन्त्रहरू अब व्यवसायहरूलाई वर्गीकरण र ऋणमा बढी लोकप्रिय छन् । साना सहरहरूमा आधारित चिनियाँ कम्पनीहरू, विद्युतीय सवारी उत्पादन कम्पनीहरू जस्ता अत्याधुनिक हरित उद्योगहरूमा अग्रणीरूपमा उभिएका छन् । यी कम्पनीहरूले लाखौं नयाँ रोजगारीहरू सिर्जना गरेका छन्, समृद्धि र नाफा ल्याएका छन् र विश्वव्यापी वातावरणीय प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
यहाँ केही भर्खरैका उदाहरणहरू छन् जसमा चिनियाँ कम्पनीहरूले आफ्ना विदेशी साझेदारहरूसँग हरित प्रविधिहरू परिचय गराउने काम गर्छन् । केही दिनअघि, एक चिनियाँ अटोमेकर बीवाईडीले ब्राजिलमा उत्पादन आधार कम्प्लेक्स निर्माण गर्ने योजना उद्घाटन ग¥यो, जसको लगानी करिब तीन अर्ब रियास (६२०.१७ मिलियन डलर) रहेको छ । यो कम्प्लेक्समा तीनवटा प्लान्टहरू रहनेछन् र ५,००० भन्दा बढी नयाँ रोजगारी सृजना हुनेछन् । कम्प्लेक्सले ईभी (विद्युतीय सवारी) मात्र नभई लिथियम–आयरन–फस्फेट ब्याट्रीहरू पनि उत्पादन गर्नेछ । यस वर्षको सुरुमा बीवाईडीले उज्बेक अटोमेकर उजअटोसँग मध्य एसियामा नवीनतम विद्युतीय सवारीसाधनहरू प्रस्तुत गर्न साझेदारी गरेको थियो । अफ्रिकामा, चीनले आफ्नो वातावरणीय लक्ष्यहरू प्राप्त गर्न धेरै देशहरूमा महत्वपूर्ण लगानी गरेको छ । केन्यामा, चीनले पूर्वी र मध्य अफ्रिकामा सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट निर्माण गरेको छ । उक्त देशको कुल विद्युतको २ प्रतिशतभन्दा बढी उत्पादन गर्ने गारिसा सौर्य ऊर्जा प्लान्टको क्षमता ५० मेगावाट छ ।
जलवायु परिवर्तनले विश्वको पारिस्थितिक प्रणालीलाई महत्वपूर्ण रूपमा असर गर्छ । जस्तै हिमनदी र महासागर प्रणालीहरूमा अरबौं मानिसहरू निर्भर छन् । उदाहरणका लागि, हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको परिमाण २०३० सम्ममा १० देखि २५ प्रतिशत र केही उपक्षेत्रहरूमा २०५० सम्ममा २० देखि ४० प्रतिशतले घट्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले मध्य एसियाका तियानशान हिमालहरूले सन् १९६० को दशकदेखि प्रतिवर्ष करिब ३ हजार वर्ग किलोमिटर हिमनदी र औसत ५.४ गिगाटन बरफ गुमाएको पत्ता लगाएको छ । लेखकहरूले अनुमान गरेका छन् कि २०५० सम्म, तियानशान हिमनदीहरूको आधा खाली हुन सक्छ ।
सबै मानव र ग्रहको पारिस्थितिक वातावरणको कल्याणको लागि पारिस्थितिक सभ्यताको लक्ष्यहरू प्राप्त गर्न आवश्यक छ । विश्वव्यापी स्तरमा यी लक्ष्यहरू हासिल गर्न विश्वका प्रमुख शक्तिहरूको सहयोग र साझेदारी आवश्यक छ । सुरक्षित र स्वस्थ वातावरणको माग विश्वव्यापीरूपमा बढ्दै जाँदा मानवता उत्तर–औद्योगिक विकासको नयाँ चरणमा प्रवेश गर्दछ ।
मानवजातिले प्रकृतिलाई जित्न र रूपान्तरण गर्न आवश्यक उपकरणहरू प्राप्त गरेकोमा औद्योगिक क्रान्तिको योगदान छ । जे होस्, नयाँ पारिस्थितिक सभ्यताले हाम्रा नदी, ताल, जङ्गल, पहाड, सिमसार, घाँसे मैदान र खेतबारीलाई स्वच्छ राखेर प्रकृतिसँग मेलमिलापमा बाँच्न आवश्यक छ । यो लक्ष्य हासिल गर्न हामी सबैले सक्दो प्रयास गर्नुपर्छ ।
(जुमार्ट ओटोरवायेभ सीजीटीएनका लागि समसामयिक मामिलाहरूमा विशेष टिप्पणीकार, किर्गिज गणतन्त्रका पूर्व प्रधानमन्त्रीका सल्लाहकार पेइचिङ नर्मल युनिभर्सिटीको बेल्ट एन्ड रोड स्कूलका प्रतिष्ठित प्रोफेसर र “सेन्ट्रल एसियाज इकोनोमिक रिबर्थ इन द ग्रेट गेम’ पुस्तकका लेखक हुन् ।)”
– सीजीटीएन
(The idea of building an ecological civilization crucial for own future)
– अनुदानः प्रकाश
Leave a Reply