भर्खरै :

पारिस्थितिकीय सभ्यता निर्माण गर्ने विचार हाम्रो भविष्यको लागि महत्वपूर्ण

पारिस्थितिकीय सभ्यता निर्माण गर्ने विचार हाम्रो भविष्यको लागि महत्वपूर्ण

जुलाई १७ देखि १८ सम्म पेइचिङमा पारिस्थितिकीय तथा वातावरणीय संरक्षणसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना भयो । सम्मेलनमा भाग लिँदै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका चिनियाँ राष्ट्रपति सी चिन फिङले महत्वपूर्ण भाषण दिनुभयो र चिनियाँ समाजवादी युगको नयाँ सभ्यताको सामाजिक चरित्रको विचारलाई पूर्णरूपमा कार्यान्वयन गर्ने महत्वमा जोड दिनुभयो ।
विगत केही वर्षदेखि चीनले आफ्नो कार्बन फुटप्रिन्ट घटाएर, जैविक विविधताको संरक्षण र हरित रूपान्तरणलाई बढावा दिएर विश्वव्यापीरूपमा जलवायु परिवर्तनविरुद्ध लड्न महत्वपूर्ण भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) को हालैको प्रतिवेदन अनुसार चीनले २०२३ र २०२४ मा यसको लगभग ५५ प्रतिशत योगदान गरेर नवीकरणीय ऊर्जा क्षमतामा वैश्विक नेतृत्व गरेको छ । उसले शीर्ष कोष प्रदायकको रूपमा आफ्नो स्थितिलाई अझ बलियो बनाएको छ ।
प्रतिवेदनले चीनले आगामी वर्षसम्म सबै नयाँ अपतटीय वायु परियोजनाहरूको लगभग ७० प्रतिशत र ६० प्रतिशतभन्दा बढी तटीय वायु ऊर्जा परियोजनाहरू सञ्चालन गरिरहेको सङ्केत गर्दछ । साथै ५० प्रतिशत सौर्य फोटोभोल्टिक परियोजनाहरू पनि चीनले सञ्चालन गरिरहेको छ ।
प्रश्नमा रहेको अवधारणा अझै नयाँ छ र विश्वका विभिन्न भागहरूमा व्यापक रूपमा मान्यता प्राप्त छैन । यो क्षेत्रले जलवायु जोखिम व्यवस्थापनका चुनौतीहरूलाई पार गर्ने महत्वपूर्ण क्षमता भएकोले पारिस्थितिक सभ्यताले आफ्नो प्रभाव फैलाउन र एशियालाई प्रभाव पारेर सुरु गर्न सके यो व्यावहारिक हुनेछ । एशियाका धेरै भागहरूले आफ्नो पूर्वाधार र सहरीकरण प्रयासहरूलाई गति दिन आवश्यक छ किनकि यस क्षेत्रले विकासलाई कायम राख्न, गरिबी हटाउन, २०३० सम्ममा पूर्वाधारमा वार्षिक १.७ ट्रिलियन अमेरिकी डलर लगानी गर्नुपर्छ । साथै २०५० सम्ममा एसियाले बढेको गर्मी र आर्द्रताका कारण जीडीपीमा ४.७ ट्रिलियनको क्षतिको सामना गर्नुपर्नेछ । परिणामस्वरूप यसले काम गर्ने अवधि गुमाउनेछ र विश्वव्यापी जीडीपीमा कुल नकारात्मक प्रभावको दुई तिहात्न्दा बढी योगदान गर्दछ ।
देशहरूले सँगैमिलेर काम गर्नुपर्दछ र उनीहरूको वातावरणीय र विकास उद्देश्यहरू पूरा गर्नका लागि उनीहरूको प्रयासहरू समन्वय गर्नुपर्दछ । जलवायु परिवर्तन, सीमापार प्रदूषण, जैविक विधता र समुद्री स्थिरतालाई सम्बोधन गर्दा यो विशेष गरी महत्वपूर्ण छ ।
चीनको सरकारले यसलाई स्वीकार गरेको छ र २०११ देखि ३६ वटा विकासशील देशहरूसँग ४१वटा जलवायु परिवर्तन सहयोग सम्झौताहरू सुरु गरेको छ । यी पहलहरूलाई समर्थन गर्न लगभग १.२ बिलियन युआन १६६ मिलियन अमेरिकी डलर ) प्रदान गरेको छ । सरकारले निर्देशन, आधुनिक कानुन, वित्तीय तथा बैङ्किङ प्रोत्साहन र संस्थागतरूपान्तरण गरेर यसका लागि सहजीकरण गरेको छ । फलस्वरूप, हरित प्रविधिमा चीनको प्रगतिले विश्वका अन्य भागहरूलाई फाइदा पुगेको छ ।


वातावरणमैत्री प्रविधिको विकासमा निजी क्षेत्रलाई पनि सङ्लग्न गराउनुपर्छ । वातावरणीय, सामाजिक र प्रशासन (ईएसजी) संयन्त्रहरू अब व्यवसायहरूलाई वर्गीकरण र ऋणमा बढी लोकप्रिय छन् । साना सहरहरूमा आधारित चिनियाँ कम्पनीहरू, विद्युतीय सवारी उत्पादन कम्पनीहरू जस्ता अत्याधुनिक हरित उद्योगहरूमा अग्रणीरूपमा उभिएका छन् । यी कम्पनीहरूले लाखौं नयाँ रोजगारीहरू सिर्जना गरेका छन्, समृद्धि र नाफा ल्याएका छन् र विश्वव्यापी वातावरणीय प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।
यहाँ केही भर्खरैका उदाहरणहरू छन् जसमा चिनियाँ कम्पनीहरूले आफ्ना विदेशी साझेदारहरूसँग हरित प्रविधिहरू परिचय गराउने काम गर्छन् । केही दिनअघि, एक चिनियाँ अटोमेकर बीवाईडीले ब्राजिलमा उत्पादन आधार कम्प्लेक्स निर्माण गर्ने योजना उद्घाटन ग¥यो, जसको लगानी करिब तीन अर्ब रियास (६२०.१७ मिलियन डलर) रहेको छ । यो कम्प्लेक्समा तीनवटा प्लान्टहरू रहनेछन् र ५,००० भन्दा बढी नयाँ रोजगारी सृजना हुनेछन् । कम्प्लेक्सले ईभी (विद्युतीय सवारी) मात्र नभई लिथियम–आयरन–फस्फेट ब्याट्रीहरू पनि उत्पादन गर्नेछ । यस वर्षको सुरुमा बीवाईडीले उज्बेक अटोमेकर उजअटोसँग मध्य एसियामा नवीनतम विद्युतीय सवारीसाधनहरू प्रस्तुत गर्न साझेदारी गरेको थियो । अफ्रिकामा, चीनले आफ्नो वातावरणीय लक्ष्यहरू प्राप्त गर्न धेरै देशहरूमा महत्वपूर्ण लगानी गरेको छ । केन्यामा, चीनले पूर्वी र मध्य अफ्रिकामा सबैभन्दा ठूलो सौर्य ऊर्जा प्लान्ट निर्माण गरेको छ । उक्त देशको कुल विद्युतको २ प्रतिशतभन्दा बढी उत्पादन गर्ने गारिसा सौर्य ऊर्जा प्लान्टको क्षमता ५० मेगावाट छ ।
जलवायु परिवर्तनले विश्वको पारिस्थितिक प्रणालीलाई महत्वपूर्ण रूपमा असर गर्छ । जस्तै हिमनदी र महासागर प्रणालीहरूमा अरबौं मानिसहरू निर्भर छन् । उदाहरणका लागि, हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको परिमाण २०३० सम्ममा १० देखि २५ प्रतिशत र केही उपक्षेत्रहरूमा २०५० सम्ममा २० देखि ४० प्रतिशतले घट्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले मध्य एसियाका तियानशान हिमालहरूले सन् १९६० को दशकदेखि प्रतिवर्ष करिब ३ हजार वर्ग किलोमिटर हिमनदी र औसत ५.४ गिगाटन बरफ गुमाएको पत्ता लगाएको छ । लेखकहरूले अनुमान गरेका छन् कि २०५० सम्म, तियानशान हिमनदीहरूको आधा खाली हुन सक्छ ।
सबै मानव र ग्रहको पारिस्थितिक वातावरणको कल्याणको लागि पारिस्थितिक सभ्यताको लक्ष्यहरू प्राप्त गर्न आवश्यक छ । विश्वव्यापी स्तरमा यी लक्ष्यहरू हासिल गर्न विश्वका प्रमुख शक्तिहरूको सहयोग र साझेदारी आवश्यक छ । सुरक्षित र स्वस्थ वातावरणको माग विश्वव्यापीरूपमा बढ्दै जाँदा मानवता उत्तर–औद्योगिक विकासको नयाँ चरणमा प्रवेश गर्दछ ।
मानवजातिले प्रकृतिलाई जित्न र रूपान्तरण गर्न आवश्यक उपकरणहरू प्राप्त गरेकोमा औद्योगिक क्रान्तिको योगदान छ । जे होस्, नयाँ पारिस्थितिक सभ्यताले हाम्रा नदी, ताल, जङ्गल, पहाड, सिमसार, घाँसे मैदान र खेतबारीलाई स्वच्छ राखेर प्रकृतिसँग मेलमिलापमा बाँच्न आवश्यक छ । यो लक्ष्य हासिल गर्न हामी सबैले सक्दो प्रयास गर्नुपर्छ ।
(जुमार्ट ओटोरवायेभ सीजीटीएनका लागि समसामयिक मामिलाहरूमा विशेष टिप्पणीकार, किर्गिज गणतन्त्रका पूर्व प्रधानमन्त्रीका सल्लाहकार पेइचिङ नर्मल युनिभर्सिटीको बेल्ट एन्ड रोड स्कूलका प्रतिष्ठित प्रोफेसर र “सेन्ट्रल एसियाज इकोनोमिक रिबर्थ इन द ग्रेट गेम’ पुस्तकका लेखक हुन् ।)”
– सीजीटीएन
(The idea of building an ecological civilization crucial for own future)
– अनुदानः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *