शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
हरेक सरकारले आ–आफ्नै देशमा रोजगारीको व्यवस्था गर्नुपर्छ । आफ्नै देशमा काम–मामको व्यवस्था भए या योग्यताअनुसार काम र कामअनुसार ज्यालाको व्यवस्था भएको भए देशका युवाहरू बाध्य भएर विदेश जाने छैनन् । नेपालका युवाहरू विदेश जानुको कारण काम नपाउनु पनि हो । योग्यता पाएकाले पनि काम पाएका छैनन् । कामअनुसार पनि ज्याला पाएका छैनन् । यसकारण, नेपालका ६०/७० लाख युवाहरू वैदेशिक रोजगारीको नाममा खाडीलगायतका मुलुकमा सस्तो ज्यामी बन्न बाध्य छन् । कति पढे लेखेका या योग्यता पुगेका विद्यार्थीहरू पनि रोजगारीकै निम्ति विदेश छिरेका छन् । मन्त्रालयका कति इन्जिनियरहरू मन्त्री र उच्चपदस्थ व्यक्तिहरू आफूहरूलाई बिलमा सही गराएर कमिसन खाने गरेको बताउँछन् । नियम पुगे पनि नपुगे पनि, बिलको रकम मिले पनि नमिले पनि इन्जिनियरहरूलाई सही गराउँछन् र मन्त्री र उच्चपदस्थहरू पैसा हसुर्छन् । यसमा छानबिन गर्दा दोषी मन्त्री र उच्चपदस्थ पदाधिकारीहरू होइन, इन्जिनियरहरू पर्छन् । उनीहरूका अनुसार मन्त्रालयमा पनि इमानदारी भएर काम गर्ने स्थिति छैन । कमिसन खाने मन्त्री र उच्चपदस्थ व्यक्तिहरू तर कारबाहीमा पर्ने इन्जिनियर या तल्लो स्तरका कर्मचारीहरू पर्छन् । उच्च शिक्षा पाएका विद्यार्थीहरू सरकारको यस्तो अनियमितताले विदेश छिर्ने गरेको पाइन्छ ।
युवा–विद्यार्थीलाई उनीहरूको योग्यता, क्षमता, सीप र अनुभवको आधारमा स्वदेशमै रोजगारीको बन्दोबस्त गरिएको भए विदेश जानुपर्ने थिएन । देशमै कलकारखाना, खेतीपातीमा आधुनिकीकरणको व्यवस्था सरकारले गरेको भए यहाँका नागरिकहरूले काम माम पाउँथे । यसले कमसेकम आयात कम हुन्थ्यो; स्वदेशी रकम विदेसिँदैनथ्यो । यहाँ उत्पादन बढ्थ्यो । देश विकासमा टेवा पुग्थ्यो । गत आर्थिक वर्ष २०७९/०८० मा रोजगारीको लागि विदेश जाने नेपालीको सङ्ख्या ७ लाख ७१ हजार ३२७ जना रहेको जानकारी प्रकाशमा आयो । रोजगारीको खोजीमा विदेश जाने युवाको सङ्ख्या बढिरहेको छ । धेरैजसो नेपाली खाडीका ६ वटा देश कतार, यूएई, साउदी अरेबिया, कुबेत, बहराइन र ओमानमा कामदार जानेको सङ्ख्या बढेको छ । मलेसिया पनि धेरै कामदार जाने अर्को देश हो । प्राप्त जानकारीअनुसार नेपालले संस्थागतरूपमा १११ वटा देशमा र व्यक्तिगतरूपमा १७८ देशमा वैदेशिक रोजगारीका लागि अनुमति दिएको छ । यसैबिच १५ वर्षमा १२ हजारभन्दा बढी कामदारको मृत्यु भएको खबर प्रकाशमा आएको छ ।
विदेशमा अध्ययन गर्न र व्यापार व्यवसाय गर्न जानु एउटा पक्ष हो भने श्रमिक भएर जानु अर्को पक्ष हो । कामको खोजीमा जाने कति श्रमिकहरूको अनेक कारणले मृत्यु हुन्छ । कतिले काम नपाएर, काम पाए पनि सन्तुष्ट नभएर, कामअनुसारको ज्याला नपाएर, त कतिले शारीरिक र मानसिक यातनाको कारण कष्टकर जीवन बिताउनुपरेको छ । यसबाट कति विच्छोड भए, कतिको पीडाको आँसु पिएर जीउन बाध्य भयो । कति युवायुवतीहरू काम नपाएर छटपटिरहेको र नेपाल फर्कन चाहिरहेको कुरा सामाजिक सञ्जालमा देख्छौँ । घर खेत बेचेर विदेश छिरेका युवा–विद्यार्थीहरूले पाउने कष्टकर जीवनबाट मुक्त पाउन नेपाल सरकारले आफ्नै देशमा योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नुपर्छ । यहाँ काम–मामको व्यवस्था भएमा युवायुवतीहरू विदेश पसेर कष्टकर जीवन बिताउनुपर्ने छैनन् । यसतर्फ सत्तासीन दलका नेताहरूको ध्यान पुग्नुपर्छ ।
Leave a Reply