भर्खरै :

नेपाललाई सिक्किम र फिजी बनाउने दाउ !

नेपाललाई सिक्किम र फिजी बनाउने दाउ !

शिक्षा, स्वास्थ्य, कृषि, सवारी साधन महँगो, धाउन नै नसकिने । व्यवसायमा करको चर्को बोझ, त्यस्तै घरभाडा पनि । बैङ्क बित्तीय संस्था र सहकारीको ऋणबाट ऋणी कहिल्यै मुक्त नहुने । बेरोजगारी, बजार भाउ दिनानुदिन चुलिँदै जानु, कृषिमा परनिर्भरता, उद्योगधन्दा नष्ट, भ्रष्टाचार चुलिँदै जानु, प्रशासन विकास योजना, नदीनाला, सुरक्षा, धार्मिक सांस्कृतिका क्षेत्रहरूमा र नागरिकता वितरणमा (अहिले भारतीयहरूको नागरिकता लिनको लागि मेला लागेको छ) प्रत्यक्ष परोक्ष बाह्य हस्तक्षेप बढ्दो छ । त्यसको लागि नेहरूको पालादेखि नै भारतको ग्रायन्ड डिजाइन रहँदै आएको छ । त्यसको लक्ष्य भनेको नेपाललाई सिक्किम र फिजी बनाउनु नै हो ।
नेपाल सिध्याउने खेल
भारतको रणनीति भनेको हरेक कोणबाट नेपाललाई सिध्याउने नै हो । काठमाडौँ उपत्यका वरपरका डाँडाकाँडा र सहरी क्षेत्रका जग्गा नक्कली नेपाली नागरिकता प्राप्त व्यक्तिहरूले आप्mनो कब्जामा पार्दै छन् । उनै नक्कली नागरिकहरूले बिस्तारै सबै ठाउँ ओगट्ने छन् । सहरी विकासको नाममा ब्म्द्य (एसियाली विकास बैङ्क) को लगानी पनि उनैको हातमा पर्नेछ । यहाँ भारतले डरलाग्दो खेल खेल्दै गरेको देखिन्छ । यहाँका भारतपरस्त लम्पसारवादी नेताहरूको काँधमा बन्दुक राखेर नेपालीलाई नै दाग्दै छ भारत ।
नेपालको भविष्य के होला ?
भर्खरै क्भ्भ् पास गरेका नानीहरूले आप्mनो देशमा केही भविष्य नदेखेको भन्दै अमेरिका, क्यानाडा, अष्टे«लिया, जापानलगायतका देशमा जाने इच्छा व्यक्त गर्ने गरेको सामाजिक सञ्जालमा देखिन आयो । यसरी कलिला नानीहरू पलायन हुन दृढ देखिन्छन् । नेपालीका लागि यसरी भिसा खुला गरिदियो भने नेपालका भएभरका युवाहरू लाम लागेर विदेश जान तँछाडमछाड गर्थे होलान् । अनि भिसा शुल्कको अरबौँ रकम विदेशमै जाने हुन्छ । परिणाम तिनको सट्टा विदेशीहरू (विहारी, रोहिङ्गा, तिबेतियन शरणार्थी) ले ओगटे नेपालको भविष्य के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *