भोटेकोसी बाढीः हिमनदी भत्किएको वैज्ञानिक विश्लेषण — एक अध्ययन
- भाद्र १६, २०८३
कीर्तिपुर, १५ साउन । किपु दरबार पार्टी प्यालेस र कीर्तिपुर नगरपालिका वडा नं. ६ को ज्येष्ठ नागरिक समाजको संयुक्त आयोजनामा टौदहस्थित पार्टी प्यालेसमा सोमबार सम्मानित ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले ज्येष्ठ नागरिकको लागि हरेक वडामा आदर निकेतन खोली सेवा गर्नुपर्ने बताउनुभयो ।
आदर निकेतनमा दैनिक दिवा सेवा मात्र होइन असहायको लागि रात्रीकालीन बसाइँ पनि हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नपाले शैक्षिक संस्था खोलेर सस्तोमा देशका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको छ, अब ख्वप विश्वविद्यालय खोल्ने तयारीमा लागिरहेको चर्चा गर्दै १५ लाखमा डाक्टर पढाउन हामी तयार छौँ भन्दा सरकार मानेको अवस्था छैन भन्नुभयो ।
कार्यक्रममा कीर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्यले ज्येष्ठ नागरिकको सम्मान गर्नुभएकोमा खुसी व्यक्त गर्दै नपाले पनि ज्येष्ठ नागरिकको सेवा गर्न विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार एवं समाजसेवी नारायण महर्जनले ज्येष्ठ नागरिक खुसी हुने समाज स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै विदेशी हस्तक्षेप सह्य छैन, देश नभए हामी नेपाली हुन पाउने छैनौँ भन्नुभयो ।
पद्मबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा ६ वडाका अध्यक्ष खिरमान सिँह बस्नेत, ज्येष्ठ नागरिकहरू अच्चुतप्रसाद आचार्य, अमृतमुनि आचार्य, रामचन्द्र खड्कालगायतले ज्येष्ठ नागरिकको सेवा गर्नुपर्ने विचार राख्नुभयो । कार्यक्रममा आयोजकको तर्फबाट पार्टी प्यालेसका प्रबन्धक भीमकुमार महर्जनले स्वागत गर्नुभएको थियो ।
Leave a Reply