भर्खरै :

युवाहरू समाजलाई बाटो देखाउन बत्ति बनेर फैलिनु जरुरी

युवाहरू समाजलाई बाटो देखाउन बत्ति बनेर फैलिनु जरुरी

भक्तपुर २२, वैशाख । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको तेस्रो नगर सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलन उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले भन्नुभयो, “शासक दलहरूले नेपाली युवालाई स्वदेशमै रोजगारीको बन्दोवस्त नगरी विदेश पठाउनु गलत हो । युवालाई विदेश पठाएर देश विकास हुँदैन । हाम्रो देश हामीले नै राम्रो बनाउने हो । युवाहरू समाजलाई बाटो देखाउन बत्ति बनेर फैलिनु जरुरी छ ।”
साम्राज्यवादीहरूले देश कब्जा गर्ने भनेको यहाँको माटो उठाएर लाने नभई देशको नीति निर्माणदेखि जनताको जीवन कब्जा गरेर परनिर्भर बनाउने उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “नेपालको संसद्ले सार्क देशको विद्युत् ग्रीडको नियन्त्रण दिल्लीमा हुने, सौर्य उर्जा निकाल्न पनि दिल्लीकै अनुमति चाहिने विधेयक बहुमतबाट पारित गरेर नेपाललाई इन्डियाको कब्जामा पु¥याउने काम ग¥यो । एमसीसी सम्झौता पनि नेपाललाई विदेशीको कब्जामा पु¥याउने विष हो । सित्तैमा अनुदान आयो भन्दैमा विष खानु हुँदैन ।”
सांसद सुवालले रामायण र महाभारतका घटनाहरूबारे कुनै प्रमाण नभएको भारतका पुरातत्वविद्हरूले नै बताएको उल्लेख गर्दै धर्म अन्धविश्वास होइन मानिसको कर्तव्य भएको हुँदा युवाहरू विज्ञानसम्मत विषयमा लाग्नु जरुरी रहेको बताउनुभयो ।
चाल्र्स डार्विनले जीव विकासको सिद्धान्त पत्ता लगाएजस्तै मजदुर वर्गका गुरु कार्ल माक्र्सले मानव समाजको विकासको नियम पत्ता लगाउनुभएको उल्लेख गर्दै सांसद सुवालले आदिम साम्यवादी युगबाट अगाडि बढेको मानव समाज दास र दास मालिक, सामन्त र भूदास, पुँजीपति र मजदुर वर्गबिचको सङ्घर्ष हुँदै आजको अवस्थामा आइपुगेको चर्चा गर्नुभयो ।
उहाँले समाजवादको स्थापना हुँदै राज्यविहीन साम्यवादी समाजमाअघि नबढेसम्म शान्ति कायम नहुने बताउनुभयो ।
उहाँले आन्दोलन र सङ्घर्षबिना अधिकार प्राप्त नहुने दास विद्रोह, भूदास विद्रोह, पुँजीवादी क्रान्तिबाट पुष्टि भएको उल्लेख गर्दै मौलिक परिवर्तनको लागि कामदार वर्गलाई राजनैतिक रुपले सचेत पार्नु जरुरी रहेको बताउनुभयो ।
“२०४६ सालको आन्दोलनपछि वाममोर्चामा रहेका कम्युनिस्ट भनिने पार्टीका नेताहरूलाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पुँजीवादी सरकारमा जान नहुने समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने सुझाएको तर ती शासक पार्टीहरू पुँजीवादी सरकारको भागबन्डामा गएको हुँदा कम्युनिस्ट आन्दोलनलाई धोका भएको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “सन् १९१७ को फेबु्रअरी क्रान्तिपश्चात् लेनिन नेतृत्वको बोल्सेभिक पार्टीले पुँजीवादी सरकारमा नगई अक्टोबर समाजवादी क्रान्ति अघि बढाएको हो ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरूले आफ्ना कार्यकर्तालाई ठेक्कापट्टा दिई कमिसनको चक्करमा लागेको उल्लेख गर्दै नगरपालिकामा भ्रष्टाचार, पक्षपात र अनियमितताको श्रृङ्खला बढेको बताउनुभयो ।
उहाँले नगरपालिकाका विभिन्न ठाउँमा भूमाफियाहरूले सार्वजनिक जग्गा मिचेर अतिक्रमण गर्दा पनि जनप्रतिनिधि मौन बस्नुले जनप्रतिनिधि नै भूमाफियाहरूसँग मिलेको त होइन ? भन्ने आशङ्का उब्जिएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले देशको सार्वभौमिकता रक्षाको निम्ति युवाहरू स्वदेशमै बसेर शासक दलहरूसँग सङ्घर्ष गर्नु जरुरी रहेको बताउनुभयो ।
सम्मेलनको बन्द सत्रमा उपस्थित प्रतिनिधि पर्यवेक्षकहरूलाई प्रशिक्षण दिँंदै नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले समाज रुपान्तरणका लागि युवाहरूले सङ्गठनको सिद्धान्त, नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले मानिसको विचार बदल्ने काम सजिलो नभएको हुनाले युवा कार्यकर्ताहरूले पार्टी प्रकाशनहरूको अध्ययन र अन्तरक्रियालाई निरन्तरता दिंँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपालका १ हजार भन्दा बढी ठाउँमा लागिरहेको डढेलो निभाउन नसक्ने सरकारले जनाताको दुःख बुझ्न नसक्ने उल्लेख गर्दै अतिथि गोसाईले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले युक्रेन, इजरायलजस्तो देशलाई अर्बौ डलर सहयोग गरेर विश्वलाई युद्धमा धकेल्न खोज्दैछ । नेपाली जनताले यसको विरोध गर्नु जरुरी छ ।”
सम्मेलनको बन्दसत्रबाट आर. एमको अध्यक्षतामा १३ सदस्यीय नेक्रायुसङघ सूर्यविनायक नगर समिति गठन भयो । नवगठित समितिका पदाधिकारीलाई अध्यक्षमण्डलका सदस्यद्वय महेन्द्र बखुन्छे, एच.एस. सुवालले बधाई तथा शुभकामना दिनुभयो भने अध्यक्ष मण्डलका अध्यक्ष सूर्यभक्त त्वातीले सपथ ग्रहण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *