भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
सन् १९३३ मा जर्मनीमा हिटलर सत्तामा पुगेपछि उनले कम्युनिस्ट विरोधी अध्यादेशहरू जारी गरे । कम्युनिस्टहरूको बढ्दो प्रभावलाई अन्त्य गर्न आप्mनै समर्थकहरूद्वारा संसद् भवनमा आगजनी गर्न लगाइयो । त्यसैलाई निहुँ बनाएर कम्युनिस्ट नेता, कार्यकर्ता, बुद्धिजीवी, मजदुर नेताहरू सबैलाई रातारात गिरप्mतार गरियो । एकै रात ४०० भन्दा बढी नेता कार्यकर्ताहरू पक्राउ परे । त्यति बेला जर्मनीको संसद्मा ८१ जना कम्युनिस्टहरू थिए । ती सबैलाई पक्राउ गरियो र पद रिक्त भएको घोषणा गरियो । राज्यस्तरबाट रचिएको त्यो एक भयङ्कर षड्यन्त्र थियो । जर्मनीको इतिहासमा राइखस्टाग आगलागी काण्डको नाउँले त्यो घटना चर्चित छ ।
हो ‘भक्तपुर काण्ड’ पनि नेपालको राजनैतिक इतिहासमा त्यस्तै राज्य स्तरबाट रचिएको भयङ्कर ठूलो षड्यन्त्र थियो । नेपाल मजदुर किसान सङ्गठन (हाल पार्टी) ले जनतालाई राजनैतिक रूपमा सचेत र सङ्गठित गर्दै पञ्चायती निरङ्कुशताविरुद्ध लेख्न र बोल्न सिकायो । वर्गीय भावनाबाट प्रशिक्षित ग¥यो । पार्टी प्रतिबन्धित अवस्थामा पनि चुनावमा भाग लिएर कामदार वर्गका जनताको सेवा गर्ने नीति लियो । इमानदारीपूर्वक जनताको सेवा गर्नु नै तत्कालीन पञ्चहरूको आँखामा अपराध भयो र नेमकिपालाई जरैदेखि नष्ट गर्ने षड्यन्त्र रच्यो ।
नेमकिपाविरुद्ध षड्यन्त्र किन ?
नेमकिपा स्थापनाकालदेखि नै कामदार वर्गको हितमा काम गर्दै आएको पार्टी हो । बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक संरक्षणको आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनको साथै नेमकिपाले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध निरन्तर आवाज उठाउँदै सामन्तवाद तथा पुँजीवाद विरोधी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएको थियो । त्यसैले राजनैतिक दलको नामै सुन्न नचाहने तत्कालीन शासक पञ्चहरू र साम्राज्यवादी तथा विस्तारवादीहरू नेमकिपालाई दबाउन चाहन्थे ।
नेमकिपाले प्रतिकृयावादी सङ्घ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुुसार पञ्चायती व्यवस्थाले गरेका हरेक निर्वाचनलाई उपयोग गरी पञ्चायत विरोधी सङ्घर्षलाई तीब्र बनाउँदै लगेको थियो । त्यो कुरा पञ्चहरूको लागि सह्य हुने कुरा थिएन । पञ्चायती चुनाव बहिष्कार गरेर पञ्चहरूलाई चुनावी मैदान खाली गर्ने काम नेमकिपाले गरेन बरु निर्वाचनलाई उपयोग गरेर पञ्चायतका विकृतिहरू जनतासमक्ष उदाङ्ग्याउने काम ग¥यो ।
२०३७ सालमा सम्पन्न जनमत सङ्ग्रहमा नेमकिपाको बढी प्रभाव रहेको भक्तपुरमा बहुदल पक्षधरहरूको बहुमत हुनु, भक्तपुर जिल्लाबाट नेमकिपाको तर्पmबाट दिइएको उम्मेदवार जित्नु, जिल्ला पञ्चायतमा पनि सबै बहुदलवादीहरू एक ठाउँमा राखेको खण्डमा बहुदलवादीहरूको कब्जामा पर्ने निश्चित हुनुले भित्र भित्र नेमकिपाका नेता कार्यकर्ताहरूलाई फसाउन पञ्चहरू षड्यन्त्र गर्दै थिए । २०४५ साल भाद्र ९ गतेको ‘भक्तपुर काण्ड’ त्यही षड्यन्त्रको उच्चतम रूप थियो ।
त्यतिबेला देशमा ३६ वटा नगर पञ्चायतहरू थिए । त्यसमध्ये शत प्रतिशत बहुदलवादीहरूको कब्जामा रहेको एउटै नगरपालिका भक्तपुर थियो । नेमकिपाका प्रतिनिधिहरू निर्वाचित भएपछि भक्तपुर नगर पञ्चायतले सरसफाइ, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई जोड दियो । जनप्रतिनिधिहरूले इमानदार, पारदर्शी र आर्थिक अनुशासनमा बसेर काम गरे । जनतामा त्यसको राम्रो प्रभाव पर्न थाल्यो । पञ्चहरू नेमकिपाका सदस्यहरूलाई “राता पञ्चहरू” अर्थात् ‘कम्युनिस्टहरू’ भन्ने गर्थे । नेमकिपाका जनप्रतिनिधिहरूले निरन्तर जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेको देखेर भ्रष्ट पञ्चहरू मुरमुरिएका थिए ।
जर्मनीमा जस्तै त्यसबेला नेपालमा पनि नेमकिपाको बहुमत भएको भक्तपुर नगर पञ्चायत विघटन गरियो । नगर पञ्चायत मण्डलेहरूको हातमा गयो । नेमकिपाका नेता कार्यकर्ताहरू घर घरमा गएर पक्राउ गर्ने, ज्यान मुद्दा लगाउने, कतिलाई शान्ति सुरक्षा मुद्दा चलाइयो भने कतिलाई कर्तव्य ज्यान मुद्दा । साम, दाम, दण्ड र भेदजस्ता सबै नीति पञ्चहरूले अवलम्बन गरे । कतिलाई शिक्षकबाट प्रिन्सिपल बनाइदिने, कति कर्मचारीलाई प्रमोशनको लोभ देखाए, कतिलाई डर त्रास देखएर पञ्चहरूको पक्षमा लिने कोसिस गरे । राजनैतिकरूपले सचेत नभएका केही कार्यकर्ताहरू तिनीहरूको डर–त्रास र प्रलोभनमा परेर पार्टीलाई धोका दिए र विश्वासघात गरे । आपूm बच्ने नाउँमा निर्दोष व्यक्तिहरूलाई हत्यारा प्रमाणित गर्न सहयोग गरे । ती विश्वासघातीहरू अहिले पनि नेमकिपाका कार्यकर्ताहरूसँग आँखा जुधाएर कुरा गर्न सक्दैनन् । तर, तिनीहरू सफल भएनन् । धेरै कार्यकर्ताहरूले पञ्चहरूको विरुद्ध अविचलित सङ्घर्ष गरे । जनताका लागि जीवन समर्पण गरे । पार्टीलाई सङ्कट परेको बेला सहयोग गर्ने ती सबै सम्मान योग्य पात्रहरू हुन् ।
षड्यन्त्र, जालझेल र छलछाम सामन्त र पुँजीपति वर्गले सत्ता जोगाउन निरन्तर गरी रहने प्रक्रिया हो । सबै षड्यन्त्र सफल भएको इतिहास छैन । पञ्चहरूले जबरजस्ती षड्यन्त्र सफल बनाउने प्रयास गरे । उनीहरूले सत्ताको निम्ति जनताको जीवन पशुतुल्य बनाए । तर, पञ्चहरू आपैm आपूmले खनेको खाल्डोमा पुरिए । पञ्चायती व्यवस्था नै समाप्त भयो । इतिहासमा असल मानिसलाई फसाउन खोज्नेहरू आपैm नष्ट हुन्छन् भन्ने एक उदाहरण बन्यो– भक्तपुर काण्ड ।
त्यस काण्डमा नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सहित ६७ जनालाई ज्यान मुद्दा लगाइयो । कयौँ कार्यकर्ताहरू भूमिगत बस्नु प¥यो भने कैयौँले प्रवासको कठोर जीवन बिताउनुप¥यो तापनि ज्यान मुद्दामा फसाइए पनि कार्यकर्ताहरू निराश भएनन् । झन् बढी जोश जाँगरका साथ पञ्चायती शासकहरूको विरुद्ध सशक्तरूपमा अघि बढ्यो । जेल, भूमिगत र प्रवासमा बस्ने सबैको ध्यान पञ्चायतको अन्त्य र बहुदलीय व्यवस्था पुनःस्थापनाको एक बुँदे सङ्घर्षमा केन्द्रित भयो । ‘भक्तपुर काण्ड’ को केही समयपछि नै नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) ले बहुदलीय व्यवस्था पुनःस्थापना नभएसम्म ‘जेल परेकाहरू नछुट्ने’ बताउनुभएको थियो । आखिर त्यही सत्य साबित भयो । २०४६ सालको जनआन्दोलनमा नेमकिपाका कार्यकर्ताहरू घाइते बाघभैmँ अगाडि बढे । आन्दोलनको क्रममा दोस्रो विश्वयुद्धमा समेत प्रतिबन्धित डम डम गोली प्रहार गर्दा भक्तपुरका युवाहरूले सहादत्त प्राप्त गरे । अन्ततः २०४६ साल चैत २६ गते निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भयो । २०४७ वैशाख ५ गते मात्रै का. रोहितलगायत सबै नेता कार्यकर्ताहरू रिहा हुनुभयो । का. रोहितले बहुदल आएपछि मात्रै छुट्ने भविष्यवाणी गर्नु भएको सत्य साबित भयो ।
पञ्चायती व्यवस्थाको अन्त्यपछि :
पञ्चायतको विरुद्ध एक ठाउँमा बसेर आन्दोलन गरेका विभिन्न पार्टीहरू बहुदलीय व्यवस्थासँगै आ–आप्mना बाटोमा लागे । त्यतिबेला पञ्चहरू निकै डराएका थिए । आप्mनो ज्यानको सुरक्षाका लागि अधिकांश पञ्चहरू नेका र एमालेको सदस्यता लिन पुगे । नेका र एमाले पार्टी ठूलो भएकोमा मख्ख परे । “कुकुरको पुच्छर १२ वर्षसम्म ढुङ्ग्रोमा राखे पनि बाङ्गाको बाङ्गै” भनेभैmँ ती पार्टीहरूभित्र पञ्चहरूले आफ्नो चरित्र देखाए । पञ्चको पद चिह्नमा नेका र नेकाको पद चिह्नमा एमाले हिड्न थाले । अहिले माओवादी पनि त्यही बाटोमा पुग्यो र नेका, एमाले, माओवादी कामदार वर्गको लागि एउटै ड्याङका मूला साबित भए ।
संवैधानिक राजतन्त्रसँगै राज्यको स्वामित्वमा रहेका कलकारखानाहरू निजीकरण गर्ने कार्य तीब्र गतिमा अगाडि बढ्यो । करोडौँ मूल्यको उद्योगलाई कौडीको मूल्यमा बिक्री ग¥यो । देशको अर्थतन्त्र उम्कनै नसकिने दलदलमा फस्दै गयो । शिक्षा र स्वास्थ्यजस्ता जनताको आधारभूत आवश्यकतालाई समेत विनिमयको बस्तु बनाइयो । गरिबका सन्तानहरू गुणस्तरीय शिक्षा र स्वास्थ्य उपचार पाउनबाट बञ्चित भए । त्यो जनआन्दोलनको भावना विपरीत थियो । पुँजीवादी व्यवस्था कामदार वर्गको लागि साँचै ‘नर्क’ भन्ने कुरा नेपाली जनताले अनुभव गर्दै छन् ।
पुँजीवादी गणतन्त्र “कागलाई बेल पाक्यो …………..”
कामदार वर्गको लागि पुँजीवादी गणतन्त्र र संवैधानिक राजतन्त्रमा खासै फरक हुँदैन । यो कुरा एक दशकभन्दा लामो गणतन्त्रको अभ्यासले पुष्टि गर्याे । महँगी, भ्रष्टाचार दिनको दुई रातको चार गुणाले बढ्दै छ । धनी झन् झन् धनी र गरिब झन् झन् गरिब हुँदै छ । आर्थिक असमानताको दूरी बढ्दै छ । गरिब जनता आप्mनो जीवन यापनको लागि विदेश जान र आफ्नै शरीर बेच्न बाध्य हुँदै छन् ।
राजाको छोरा नै राजा हुनुको सट्टा जनताका छोरा छोरी राष्ट्रपति हुने बाहेक गणतन्त्रमा अरू कुनै नयाँ सुबिधा जनताले पाएनन् । कम्युनिस्ट पार्टी दाबी गर्ने पार्टीहरू पनि पद र पैसामा बिके । सिद्धान्त र विचारको राजनीति पार्टी विधान र भाषणमा सीमित भयो । जनताले ‘कम्युनिस्ट’ पार्टी नाउँमा एमाले र माओवादीहरूलाई पटक पटक चुनाव जिताए । तर, एमाले, माओवादीहरूले नेका, राप्रपा भन्दा फरक चरित्र प्रदर्शन गर्नै सकेनन् । ती पार्टीहरूप्रति पनि जनताको विश्वास घट्दै छ । धोका, विश्वासघात र छलछामको राजनीति सधँै चल्दैन भन्ने कुरा नेपालको सत्ताधारी राजनीतिक दलहरूबाट जनताले बुझ्दै छन् ।
नेमकिपा समाजवादउन्मुख बाटोमा ……..
नेमकिपाका नेता कार्यकर्ताहरू पुँजीवादी व्यवस्थाभित्र गएर पार्टी नीति र निर्देशनमा रहेर समाजवादका आधार निर्माण गर्दै छन् । संविधान र कानुनले दिएका अधिकारभित्र रहेर पार्टीले समाजवाद उन्मुख काम गर्दै छ । नेमकिपाले शत प्रतिशत जितेको भक्तपुर नगरपालिका त्यसको एक उदाहरण बन्दै छ । शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, खेलकुद, सरसफाइलगायत समाजवाद उन्मुख कार्यहरू हुन् । भनपाले सरकारले भन्दा फरक नीति अवलम्बन गरी जनताको सेवा गरिरहेको छ । त्यो पुँजीवादी शासकहरूको लागि सह्य नहुन सक्छ । ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित नहुनु र मेडिकल कलेज सञ्चालन स्वीकृति नदिनु त्यसका उदाहरणहरू हुन् । त्यसैले ‘भक्तपुर काण्ड’ नयाँ रूपमा फेरि फेरि पनि घट्न सक्छ । त्यो खतरा अभैm बाँकी नै छ ।
भक्तपुर काण्डबाट शिक्षा
– शासकहरू आप्mनो सत्ता टिकाउन अत्यन्त कठोर ढङ्गले प्रस्तुत हुन सक्छन् र जुनसुकै बेला जो सुकैलाई बलीको बोका बनाएर असल मानिसहरूलाई फसाउन राज्यस्तरबाटै षड्यन्त्र रच्न सक्छन् भन्ने कुरा भक्तपुर काण्डबाट सिक्न सकिन्छ ।
– शत्रुहरूले कार्यकर्ताहरूबिच विभाजन ल्याई पार्टीलाई कमजोर पार्न साम, दाम, दण्ड, भेदको नीति लिन्छन् र वैचारिकरूपमा कमजोर साथीहरू शत्रुहरू सामु झुक्छन् वा आत्मसमर्पण गर्न पुग्छन् तथा धोका दिन्छन् तर सबैले त्यस्तो गर्दैनन् । बहुमत जनता अन्यायविरुद्ध लड्न झन् सशक्त भएर उठ्छन् भन्ने पनि उक्त घटनाको एउटा महत्वपूर्ण पाठ हो ।
– इमानदार र असल राजनैतिक कार्यकर्ताहरू सामन्त र पुँजीवादीहरूको तारो बन्छन् । मौका आउनासाथ उसको जीवन समाप्त पार्न पछि पर्दैनन् । ‘का. रोहतिलाई फाँसी देऊ’ भनी कार्यपालिका र व्यवस्थापिका प्रमुखहरू सडकमा उत्रेर नारा लगाउनुबाट त्यो कुरा पुष्टि हुन्छ ।
– कामदार वर्गले निरन्तर पुँजीपति वर्गको विरुद्ध पार्टी कार्यकर्ताहरू सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने र शत्रु सामु लचिलो नभइ झन् कठोर भएर प्रस्तुत हुनुपर्ने ज्ञान पनि त्यस घटनाले सिकायो ।
– अशिक्षित महिलाहरू र किसानहरूलाई पनि अन्यायविरुद्ध सङ्गठित हुन पर्ने र सङ्गठन नै शक्ति हो भन्ने पाठ त्यस घटनाले सिकायो भने पञ्चायती व्यवस्था नै तत्कालको लागि मुख्य दुश्मन हो र त्यसको अन्त्यको लागि आन्दोलनको विकल्प नभएको ज्ञान दियो ।
– सङ्ख्या धेरै र थोरै भए पनि वर्ग दुश्मनलाई समाप्त पार्न एउटा विचार र सिद्धान्तमा आवद्ध सङ्गठित र व्यवस्थित पार्टी आवश्यक भएको बोध गरायो । सङ्गठित शक्तिले जस्तोसुकै शक्तिलाई पनि धुलो चटाउन सम्भव छ भने कुरा भक्तपुर काण्ड भएको २० महिनामै पञ्चायतको अन्त्य भएबाट प्रमाणित भयो ।
यसरी नराम्रो घटनाले राम्रो परिणाम ल्याउँछ भनेभैmँ ‘भक्तपुर काण्ड’ अत्यन्त पीडादायी र दुःखद घटना थियो । त्यो घटनाले पञ्चायती व्यवस्थाको काल निम्त्यायो । त्यो सारा जनताको निम्ति खुशीको कुरा थियो । यसर्थ पार्टी कार्यकर्ताहरूले जस्तोसुकै कठिन घडीमा पनि अविचलित भइ पार्टी नीति र निर्देशनमा रही काम गर्नुपर्छ । यही ‘भक्तपुर काण्ड’ले दिएको महत्वपूर्ण शिक्षा हो ।
Leave a Reply