भर्खरै :

प्रजग कोरिया संसारको एक शक्तिशाली देश

प्रजग कोरिया संसारको एक शक्तिशाली देश

कैलाली, २४ भदौ । प्रजग कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा आइतबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले प्रजग कोरिया सानो देश भएर पनि सही नेतृत्वको कारण संसारको एक शक्तिशाली देश भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन देशमा जनतालाई सम्मान गरिएको हुन्छ, त्यहाँका जनताले सरकारको विश्वास गर्छन् । प्रजग कोरिया यस्तै देश हो ।”
नेमकिपा कैलाली अध्यक्ष रमेशकुमार रावलले प्रजग कोरियामा शिक्षा र स्वास्थ्य निःशुल्क भएको बताउनुभयो ।
कोरियाली जनतामा देशभक्तिको भावना भएकोले र राष्ट्रपिता किम इल सङको कुशल नेतृत्वमा कोरिया स्थापना भएको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले कोरियाबाट अरूको भर नपरी आत्मनिर्भर बन्ने शिक्षा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जङ्गबहादुर तारामी, गुप्तबहादुर शाही, ज्योति बडुवाल, धनबहादुर मगर, भक्तिप्रसाद जैसी, गजबहादुर दर्लामी मगर, प्रेमबहादुर सिजापति, रत्नादेवी रावल, सुस्मा कामी, राजकुमार पुन र गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *