हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
संरा अमेरिका र भियतनामबिचको द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने उद्देश्यका साथ आइतबार अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनामको दुईदिने भ्रमण सुरु गरेका छन् । हाल चीनलाई लक्षित गर्ने प्रयासमा भियतनामलाई मोहडामा राख्न र भियतनामसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन संरा अमेरिका उत्सुक छ । यद्यपि, वाशिङटनको रणनीतिअनुसार भियतनाम ‘अर्को फिलिपिन्स’ बन्ने छाँट भने छैन ।
संरा अमेरिकाले तुरुन्तै भियतनामलाई आफ्नो ‘चीनविरोधी सर्कल’ मा ल्याउन भियतनामसँगको सम्बन्ध सुधार गर्न खोजिरहेको छ । संरा अमेरिका–भियतनाम सम्बन्धको स्तरोन्नतिसँगै दुई देशबिचको सुरक्षा र आर्थिक सहयोगमा वृद्धि आउने कुरामा अस्पष्टता छ । अमेरिकाले २०१७ र २०२० मा भियतनामको सामुद्रिक कानुन–प्रवर्तन क्षमताहरू वृद्धि गर्न मद्दत गर्ने दाबी गर्दै भियतनामलाई ह्यामिल्टन–क्लास कटरहरू हस्तान्तरण ग¥यो । यसपटक अमेरिकी अधिकारीहरूले विशेषरूपमा भियतनामसँग अर्धचालक (सेमिकन्डक्टर) क्षेत्रमा सहयोगको उल्लेख गरे । चीनलाई नियन्त्रण गर्न टेक्नोलोजी आपूर्ति श्रृङ्खलामा भियतनाम लिङ्क बन्न सक्ने अमेरिकी आशा छ । अमेरिकाको लक्ष्य भियतनामलाई चीनविरुद्ध आफ्नो पक्षमा राख्नु हो ।
वास्तवमा बाइडेनको भ्रमण अमेरिका र भियतनामबिच लामो समयदेखि छलफल भएको विषय हो । भियतनामले चीन र रुससँग भियतनामको सम्बन्ध जत्तिकै महत्वपूर्ण तहमा अमेरिका–भियतनामको कूटनीतिक सम्बन्ध बढाउने भियतनामले आशा राखेको भनी वासिङ्टनले घमण्डसाथ बताएको रिपोर्ट छ । तर, हनोईबाट पठाइएका सन्देशहरूले पेइचिङ आफ्नो उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ । भियतनामको विदेश मन्त्रालयका प्रवक्ताले पनि भियतनामले परिस्थिति अनुकूल भएपछि मात्रै द्विपक्षीय सम्बन्धलाई स्तरोन्नति गर्न प्रयास गर्ने बताए ।
संरा अमेरिका–भियतनाम सम्बन्धमा सुधार हासिल गर्नु वाशिङटनका लागि अत्यावश्यक कुरा हो । अमेरिकी सञ्चारमाध्यमले भियतनामको अमेरिकातर्फको दृष्टि परिवर्तनलाई व्यापकरूपमा प्रचार गरेको छ र चीनको तथाकथित खतरालाई बढाइचढाइ गरेको छ । द वाशिङटन पोस्टमा लेखिएको छ, “अमेरिका र भियतनामबिच व्यापक रणनीतिक साझेदारीको स्थापनाले हनोई पेइचिङलाई क्रोधित पार्ने जोखिम लिन इच्छुक रहेको देखाउँछ र वाशिङटनतर्फको कदमलाई आवश्यक देख्छ ।”
यद्यपि, वाशिङटन पोस्टले सुझाव दिएजस्तै भियतनामले आफ्नो कूटनीतिक ध्यान पूर्णतया अमेरिकातिर झुकाउन सक्दैन । सामुद्रिक हितमा चीनसँग केही विवाद भए पनि भियतनामसँग चीनको घनिष्ट ऐतिहासिक सम्बन्ध छ र साझा सांस्कृतिक सम्बन्ध छ । राष्ट्रिय हितको परिप्रेक्ष्यमा चीन र अमेरिकाबिच सन्तुलन कायम गर्ने आफ्नो नीतिबाट भियतनाम विचलित हुनेछैन ।
निस्सन्देह, भियतनामले चीन र अमेरिका दुवैसँग आफ्नो कूटनीतिक सम्बन्धलाई उच्च ध्यान दिएको छ । भियतनामका पूर्वपरराष्ट्रमन्त्री फाम क्वाङ भिन्हले संरा अमेरिका–चीन प्रतिस्पर्धाको सार दुई देशबिचको विश्वव्यापी नेतृत्वको लागि सङ्घर्ष भएको बताउनुभयो । प्रतिस्पर्धामा अमेरिकालाई केही फाइदा भए पनि चीनलाई पूर्णरूपमा हराउन असम्भव छ ।
वास्तवमा भियतनामले अमेरिकासँगको सम्बन्धमा थप प्रगतिको लागि सावधानीपूर्वक जोड दिइरहेको छ । एकातिर यो अमेरिकासँग नजिक हुन चाहन्छ । अर्कोतर्फ, यसले चीनसँगको व्यापक रणनीतिक सहकारी साझेदारीलाई महत्व दिन्छ । भियतनामले चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न, चिनियाँ प्रविधिबाट सिक्न र आफ्नो हितलाई अधिकतम बनाउन चीनसँग व्यापक क्षेत्रमा सहयोग र साझेदारी गर्ने प्रयास गरिरहेको छ ।
यद्यपि, संरा अमेरिका–भियतनाम सम्बन्धहरू स्तरोन्नति हुनसक्छ । तर, हनोई दक्षिणपूर्व एसियामा वाशिङटनको अर्को प्यादा बन्ने सम्भावना छैन । आफ्नो नयाँ दक्षिणपूर्वी एसिया रणनीतिमा अमेरिकाले भियतनामलाई चीनलाई घेराबन्दी गर्ने रणनीतिक पिभोटमा समावेश गर्ने आशा गरेको छ । यद्यपि, हनोईले आफूलाई वाशिङटनबाट प्रभावित हुन दिनेछैन र अमेरिकाको चीनविरोधी मनसायको शोषण गरेर आफ्नो स्वार्थ बढाउने सम्भावना बढी छ ।
राजनीतिक विकासको क्रममा अमेरिका–भियतनाम द्विपक्षीय सम्बन्धमा सबैभन्दा ठूलो चुनौती अमेरिकाप्रति भियतनामको अविश्वासबाट आएको हो । धेरै वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिकरूपमा व्यक्त गरेका छन् कि तिनीहरूको देश भियतनामको कम्युनिस्ट शासनलाई हटाउन खोज्दैन र एक बलियो, स्वतन्त्र र समृद्ध भियतनाम हेर्न चाहेको छ । शीर्ष भियतनामी नेतृत्वले स्पष्टरूपमा देखेको छ कि हनोई हालको अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धाअन्तर्गत अस्थायीरूपमा सुरक्षित छ । यद्यपि, उनीहरूले यो पनि विश्वास गर्छन् कि अमेरिकाको चीनसँगको प्रतिस्पर्धामा कुनै विश्वसनीयता छैन र अमेरिकाको आफ्ना सहयोगीहरूप्रति पनि विश्वसनीयताको कमी छ ।
भियतनामको विश्वास छ कि अमेरिकाले यसलाई अस्थायीरूपमा मात्र प्रयोग गर्न आवश्यक छ र यदि भविष्यमा अमेरिका–चीन रणनीतिक प्रतिस्पर्धाको स्थिति परिवर्तन भयो भने भियतनामप्रति संरा अमेरिकाको दृष्टिकोण निर्धारण गर्न गा¥हो छ । हनोई वाशिङटनतर्फको सम्बन्धमा सतर्क रहेको छ । यसले भियतनामसँगको सम्बन्धलाई थप विकास गर्न अमेरिकाले ठूलै चुनौतीहरू सामना गनुपर्ने छर्लङ्ग पार्दछ ।
(लेखक फुदान विश्वविद्यालयमा छिमेकी देशहरूसँगको सम्बन्ध केन्द्रका निर्देशक हुन् ।)
– चाइना डेली
अनुवाद : प्रकाश
Leave a Reply