भर्खरै :

के हो हेपाटाइटिस ? कसरी बच्ने ?

के हो हेपाटाइटिस ? कसरी बच्ने ?

सहजरूपमा बुझ्दा हेपाटाइटिस भनेको कलेजोको रोग हो जहाँ कलेजोमा इन्फ्लामेसन भएको हुन्छ । हेपाटाइटिस विभिन्न प्रकारका हुन्छन् । तीमध्ये महत्वपूर्ण भाइरल, ओटोइमिउन, अल्कोहोलिक र ननअल्कोहोलिक हुन् । यी सबैमा कलेजो बिग्रिएको हुन्छ । बिस्तारै निको नहुने अवस्थामा पनि पुग्न सक्छ । रोग एक्कासि भयो भने एक्युट र लामो समयसम्म देखियो भने क्रोनिक भनिन्छ । यो दुवैका आफ्नै कारणहरू छन् । कलेजोको मुख्य काम भनेको शरीरमा उत्पादित टोक्सिनहरूलाई डिटोक्सिफाइ गरेर शरीरबाट बाहिर फाल्न मद्दत गर्ने हो । कलेजो नै खराब भएपछि त शरीरमा उत्पादित टोक्सिनहरूलाई डिटोक्सिफाइ गर्न सक्दैन अनि सबै शरीर भित्र नै हुन्छ र विषजस्तो भइदिन्छ । त्यसपछि त अन्य अङ्गहरूले पनि काम गर्न छाड्छन् ।
भाइरलः हामीले यसलाई ए, बी, सी, डी र ई भनेर विभाजन गर्छौ (अरू भाइरसले नि लाग्छ तर थोरैमा) । हेपाटाइटिस ए, हेपाटाइटिस ए भाइरसले गर्दा लाग्ने रोग हो । हेपाटाइटिस बी, हेपाटाइटिस बी भाइरसले गर्दा लाग्ने रोग हो । हेपाटाइटिस सी, हेपाटाइटिस सी भाइरसले गर्दा लाग्ने रोग हो । हेपाटाइटिस डी, हेपाटाइटिस डी भाइरसले गर्दा लाग्ने रोग हो । हेपाटाइटिस ई, हेपाटाइटिस ई भाइरसले गर्दा लाग्ने रोग हो । सबै एकअर्कामा सर्न सक्ने रोगहरू हुन् । ए र ई फोहोर र दुषित खाना पानीबाट सर्छ । भने बी, सी र डी रगत, सेक्रेसन र असुरक्षित शारीरिक सम्बन्धबाट सर्न सक्छ । सबै खतरा नै हुन्छन् तर समयमै निदान गर्न सके र जोगिने उपाय ग¥यो भने सजिलैसँग निको हुन्छ ।
अटोइमिउन : यो कोरोनिक हेपाटाइटिस हो । यो कसरी हुन्छ भन्ने ठ्याक्कै भन्न गा¥हो हुन्छ । यो अरू शरीरका अटोइमिउन रोगसँग सम्बन्ध राख्दछ ।
अल्कोहलिकः यो लामो समयसम्म रक्सी खाने मानिसहरूलाई हुन्छ । रक्सीको सुरक्षित सीमा पुरूषहरूमा २१ युनिट प्रतिहप्ता हो । मदिराको १४ युनिट प्रतिहप्ता महिला ४० मिलीलीटर व्हिस्की १२० मिलीलीटर वाइन ¤ २२० मिलीलीटर बियर ¤ ८ ग्राम अल्कोहल ¤ १ युनिट हुन्छ ।
नन अल्कोहलिक : धनी समाजको एउटा रोग जुन मोटोपनाको वृद्धिको अनुपातमा व्यापकतामा बढ्छ । हेपाटाइटिस बी, हेपाटाइटिस सी र अल्कोहलपछि कोरोनिक कलेजो रोगको मुख्य कारण हो यो ।
यी २ प्रकारका हुन्छन् : सिम्पल फ्याटी कलेजोको रोग र नन अल्कोहल स्टिटोहेपाटाइटिस
यो खानपिनमा ध्यान दिने र आफूले सक्नेजस्तो दिनदिनै ब्यायाम गर्ने हो भने यो रोगबाट जोगिन सकिन्छ ।
यो सबै रोग लाग्यो र निको भएन भने कलेजोले काम गर्न छाड्छ र अन्त्यमा लिभर फेलियर हुन्छ । बिरामी जोगाउने अन्तिम उपाय कलेजोको प्रत्यारोपण मात्र हो । त्यसैले माथि उल्लेख हेपाटाइटिसका कारणहरूलाई ध्यानमा राखी आफ्नो स्वास्थको ख्याल गर्न सम्पूर्णमा अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *