भर्खरै :

कामरेड सुमित्रा राईको निधन

कामरेड सुमित्रा राईको निधन

काठमाडौँ, २९ असोज । नेपाल मजदुर किसान पार्टी खोटाङ जिल्ला समितिका सदस्य सुमित्रा राईको आइतबार हृदयघातका कारण असामयिक निधन भएको छ ।
बुबा चनकबहादुर राई र आमा मनमाया राईको कोखबाट २०४७ भदौ १२ गते दिपृङ चुइचुम्बा गाउँपालिकामा उहाँको जन्म भएको थियो ।
उहाँको निधनले पार्टी र समाजलाई गहिरो क्षति पुगेको छ । कृषि पेसामा आबद्ध राईको श्रीमान् नवराज राई र एक छोरा र एक छोरी छन् ।
नेमकिपा कोशी प्रदेश समितिका सदस्य महेन्द्र बखुन्छे र नेमकिपा खोटाङ जिल्ला समितिका अध्यक्ष भोजराज बस्नेतले मृतकको शरीरमा पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *