धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
मध्यपुर, ४ कार्तिक । “धार्मिक अन्धविश्वास र कुरीतिलाई चिरफार गर्दै अध्ययन अनुसन्धानमा लागे समाजमा सकारात्मक परिवर्तन हुन सहज हुनेछ ।”
नेमकिपा मध्यपुर नगर समितिको आयोजनामा बडा दसँै तिहार र नेपाल संवत् ११४४ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले उक्त विचार राख्नुभएको हो ।
उहाँले सरकार गैरजिम्मेवार र निकम्मा हुँदा जनताले दुःख पाउने कुरा राख्दै उखु किसानले उखुको रकम नपाउनु र चिनीको हाहाकार हुनु, कृषिप्रधान देशमा अरबौँको तरकारी निर्यात हुनु र भारतबाट निर्यात गरिएको तरकारी हप्ताँै ताजा देखिने गरी बिषादी हालिएकाले नेपालमा क्यान्सर रोगीहरू बढेको हो भन्नुभयो ।
उहाँले युवाहरूलाई युद्धग्रस्त देशमा बेच्ने दलाल शासकहरूले देशको बेथिति लुकाउँदै क्रमशः देशलाई सिक्किम र फिजी बनाउन उद्यत रहेको प्रस्ट पार्नुभयो ।
सभापतिको आसनबाट बोल्दै नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले किसानको नाममा आउने मल, बीउ र कृषि उपकरणको अनुदानमा मन्त्रीस्तरदेखि स्थानीय तहसम्म भ्रष्टाचार बढेको तर वास्तविक किसानहरू त्यसबारे अनभिज्ञ रहनु दुःखद भएको बताउनुभयो ।
समितिका उपाध्यक्ष वीरकृष्ण प्रजापतिले राष्ट्र प्रमुखजस्तो मर्यादित पदको गरिमा खस्किने गरी जघन्य अपराधीलाई माफी दिनुले सत्यमाथि असत्यको जित भएको महसुस भएको विचार राख्नुभयो ।
नेक्रायुसङ्घ, मध्यपुरका संयोजक सुरेन्द्र था श्रेष्ठले समाजमा प्रगतिशील पाइलाहरू रोक्न प्रतिक्रियावादीहरूले सधँै चलखेल गरे पनि अन्ततः जित जनताकै पक्षमा काम गर्नेहरूको हुने विश्वास प्रकट गर्नुभयो ।
पच्चीसौँ विविध भाषा साहित्य सम्मेलनका आयोजक समितिका संयोजकले सम्मेलनको तयारीबारे जानकारी गर्दै सहयोगको लागि अपिल गर्नुभयो । कार्यक्रममा सुरोज प्रजापतिले स्वागत गर्नुभएको थियो भने अम्बर दलीले पनि बोल्नुभयो ।
Leave a Reply