भर्खरै :

युवा पुस्तालाई जीवनोपयोगी तालिम आवश्यक

युवा पुस्तालाई जीवनोपयोगी तालिम आवश्यक

भक्तपुर, ४ कार्तिक । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सो¥हौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले सरकार चलाउने ठूला दलहरूको लोभीपापी मनस्थितिले देश झन्झन् परनिर्भर हँुदै गएको र एमसीसी तथा एसपीपीजस्ता घातक सम्झौताले देश कमजोर बन्दै गएको स्पष्ट पार्नुभयो ।
सहकारीले अध्ययन भ्रमणको अलावा पठन संस्कृतिको विकास गर्नमा टेवा पु¥याउनुपर्ने, युवा पुस्तालाई जीवनउपयोगी सीपमूलक तालिमहरू दिई नगर र देशलाई आत्मनिर्भर गर्दै लानुपर्ने सुझाव उहाँले दिनुभयो ।
भक्तपुर नगरवासीको सहयोग तथा श्रमदानबाटै भक्तपुर आदर्श र उत्कृष्ट नगरको रूपमा अगाडि बढ्दै गएको चर्चा गर्दै प्रमुख प्रजापतिले सरकारको भेदभावपूर्ण व्यवहारविरुद्ध जनता सङ्घर्षशील र सजग हुनु आवश्यक छ भन्नुभयो ।
जनताको सहयोगबाट अगाडि बढिरहेको ख्वप अस्पतालबाट निःशुल्क रूपमा अक्सिजन र रगत प्रदान गर्दै आएकोले थप सेवा तथा सुविधाको लागि सहकारीहरूबाट निरन्तर सहयोग हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।
साबिक भनपा १५ वडाका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले सरकारको गलत नीतिका कारण जनता विदेशी भूमिमा ज्यानको बाजी मारेर श्रम गर्न बाध्य रहेको बताउनुभयो ।
नेपालको शैक्षिक स्तरमा ¥हास आउनुको मुख्य कारण भागबन्डाको राजनीति र विद्यार्थीहरूलाई विदेशमा अध्ययन गराउन पठाउने परिपाटी पनि हो, उहाँले भन्नुभयो ।
भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सहकारीहरू सहकारीको मूल्य र मान्यतामा सञ्चालन हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाले लागु गरेको देको मिवा इतापाके आवास योजनाले जनताको माग र भावनालाई सम्बोधन गरेको चर्चा गर्दै उहाँले नगरपालिकाले नगर तथा वडामा गरेका विकास निर्माणबारे चर्चा गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष तथा भनपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुरमा सहकारी क्षेत्रको सुधारका लागि नगरपालिकाबाट नियमितरूपमा सहकारीको अनुगमन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजुले सङ्घले सहकारी क्षेत्रमा देखिएका समस्याहरूबारे संस्थाहरूलाई सजग गर्दै लगेको बताउनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा मित्र साकोसका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखासुपरिवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रनेश बाटी र सदस्य कमलश्वरी खर्बुजाले पनि बोल्नुभएको थियो ।
सोही अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरू, माध्यमिक तह उत्तीर्ण विद्यार्थीहरू, असल बचतकर्ता, असल ऋणी तथा असल बाल सदस्यहरूलाई सम्मान गरियो । कार्यक्रममा संस्थाबाट आयोजित विभिन्न तालिमहरूका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *