भर्खरै :

विश्वभर प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता

विश्वभर प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता

टेलेसुर, २२ अक्टोबर । गाजामा इजरायली हवाई आक्रमण सुरु भएको पन्ध्र दिनपछि, विश्वभरका सहरहरूमा लाखौँ मानिसहरूले युद्धको अन्त्य र प्यालेस्टिनीहरूलाई मानवीय सहायता पु¥याउन आह्वान गर्दै प्रदर्शनहरू जारी राखेका छन् । अरब र मुस्लिम देशहरूमा मात्र होइन विश्वका विभिन्न देशका सहरहरूमा प्यालेस्टाइनी जनता र उनीहरूको स्वतन्त्र राज्यको अधिकारप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन भइरहेका छन् । त्यस क्रममा विकसित मानिने पहिलो विश्वका संरा अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अष्ट्रेलिया, फ्रान्स, जर्मनी, स्पेन, इटालीलगायत सबैजसो युरोपेली देशहरूमा समेत प्यालेस्टाइनको समर्थनमा जनप्रदर्शनहरू भएका छन् ।
अष्ट्रेलिया
अष्ट्रेलियाका सहरहरूमा प्यालेस्टाइनको समर्थनमा र गाजामा इजरायली हवाई आक्रमणको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिए । सबैभन्दा ठूलो मार्च सिड्नीमा भएको थियो, लगभग दसहजार सहभागीहरूको सहभागिता रह्यो ।
जर्मनी
बर्लिनमा, पुलिसले आज ‘मध्य पूर्वमा शान्ति’ भन्ने नाराअन्तर्गत आइतबारको लागि निर्धारित प्यालेस्टिनी समर्थक प्रदर्शनलाई प्रतिबन्ध लगाएको छ ।
यस सप्ताहन्तमा, विभिन्न जर्मन सहरहरूमा प्यालेस्टाइनी समर्थक प्रदर्शनहरू योजना गरिएको छ । देशको पश्चिममा, लगभग ६ हजार मानिसहरू डसेलडोर्फमा विरोध प्रदर्शन गर्न भेला भए । ह्याम्बर्गमा प्रदर्शनलाई निषेध गरिए पनि प्रदर्शन भएको थियो । सुरक्षा बलहरूले विरोध प्रदर्शनकारीहरूलाई तितरबितर पारेका थिए ।
संयुक्त अधिराज्य (बेलायत)
शनिबार, सबैभन्दा ठूलो प्रदर्शन लन्डनमा भएको थियो, जहाँ करिब १,००,००० एक लाख मानिसहरूले प्रधानमन्त्री ऋषि सुनकको डाउनिङ स्ट्रिटमा रहेको निवासको वरपर मार्च गरेका थिए । प्रदर्शनकारीहरूले ‘प्यालेस्टाइनको लागि स्वतन्त्रता’ र ‘युद्ध रोक’ जस्ता सन्देशहरूसहित झन्डा र ब्यानर बोकेका थिए । हजारौँ आवाजले ‘नदीदेखि समुद्रसम्म प्यालेस्टाइन स्वतन्त्र हुनेछ’ जस्ता नारा लगाएका थिए । यसले प्यालेस्टाइन समर्थक जुलुसहरू दोस्रो सप्ताहन्तमा पनि भयो । जुन जुलुसलाई लन्डनको मेट्रोपोलिटन पुलिसले निरीक्षण गरेको थियो ।
“यो हाम्रा प्यालेस्टिनी दाजुभाइ तथा दिदीबहिनीहरूसँगको ऐक्यबद्धता हो, जो नरसंहारको सामना गरिरहेका छन् र आफ्नै भूमिबाट निष्कासित छन् । यो सबै निर्दोष मानिसहरूका लागि हो,” एक युवा प्रदर्शनकारीले भने ।
“प्यालेस्टाइन सत्तरी वर्षभन्दा बढी समयदेखि कब्जामा छ । प्यालेस्टाइनमा भइरहेको नरसंहारका कारण सम्पूर्ण समुदायका लागि वास्तवमै लाजमर्दो छ । हामीले इराकमा युद्ध र अन्यायको अनुभव गरेका छौँ र हामी यसलाई दोहोरिएको हेर्न चाहँदैनौँ,” इराकी मूलका युवा हयादले उल्लेख गरे ।
“म विरोध गर्दछु किनभने मलाई सुनक प्रशासन इजरायलले गरेको युद्ध अपराधमा संलग्न भएको महसुस गर्दछु । म यहाँ मेरो आवाज सुनाउन र सबै बेलायतीहरूले इजरायल राज्यको दुष्कार्यलाई समर्थन गर्दैनन् भनेर देखाउन यहाँ आएको छु,“ बेलायती शिक्षक जोले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *