भर्खरै :

चाडपर्वको भौतिकवादी विश्लेषण आवश्यक

चाडपर्वको भौतिकवादी विश्लेषण आवश्यक

भक्तपुर, ५ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको पूर्वविद्यार्थीहरूको सङ्गठन ‘पेसा’ (पीईएसए) को आयोजनामा भइरहेको मैत्रीपूर्ण फूटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले दसैँको लामो बिदालाई सदुपयोग गर्न ‘पेसा’ कप फूटसल प्रतियोगिता पनि महत्वपूर्ण भएको धारणा राख्दै यो प्रतियोगिताले अन्य समयमा पनि फूटसल खेल्न धेरैलाई उत्साहित गर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो, “प्रभात इङ्गलिस सेकेन्डरी स्कूल मजदुर, किसान र कामदारवर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापना भएको हो । यो विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले केही वर्षदेखि ‘पेसा’ कप आयोजना गर्दै आएको सकारात्मक कदम हो ।”
“हाम्रो चाड पर्व अन्धविश्वास होइन । यो विज्ञानमा आधारित संस्कृति हो । यसको भौतिकवादी विश्लेषण जरूरी छ । मैत्रीपूर्ण फूटसल प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद छ”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष निर्जन दुवाल, रूसेल शिल्पकार र रोजी सितिखुले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा छात्रतर्फ २०७० एसएलसी समूह पहिलो, २०७७ समूह दोस्रो र २०७५ समूह तेस्रो भए । त्यस्तै छात्रातर्फ २०७२ समूह पहिलो र २०७३ समूह दोस्रो भए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *