भर्खरै :

गैरआवासीय नेपाली सङ्घ तीन टुक्रा !

गैरआवासीय नेपाली सङ्घ तीन टुक्रा !

काठमाडौँ, ५ कार्तिक । नेपाली नागरिकता त्यागेर विदेशको नागरिकता लिएकालाई गैरआवासीय नेपाली भनियो । संसारको धेरै देशमा गैरआवासीय नेपाली नागरिक छन् । संविधान निर्माणको अवधि (२०६४–७२) मा गैरआवासीय नेपाली नागरिकहरूले नेपालको नागरिकता पनि पाउनुपर्ने विषय उठाएर शासक दलहरू नेका, एमाले, माओवादी, राप्रपा, मधेसवादी दलहरूलाई दबाब दिए । अन्ततः संविधानसभाको बहुमतबाट संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरियो । यो व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने गरियो । केही राजनीतिक दलले विदेशी नागरिकता नत्यागेका कुनै पनि नागरिकलाई नेपाली नागरिकता दिन नहुने मत राख्दै आएका छन् ।
भर्खरै गैरआवासीय नेपालीहरूको संस्था एनआरएनएको ११ औँ महाधिवेशन काठमाडौँमा सम्पन्न भयो । उक्त महाधिवेशनको निर्वाचनमा प्रयोग गरिएको विद्युतीय मतदान प्रविधि (सफ्टवेयर) मा मतदानको विवरण दुरूस्त नदेखिएपछि विवाद भयो । बद्री केसी समूहले एकपक्षीय रूपमा कार्य समितिको सपथ लिएपछि महेश श्रेष्ठ र आर. के. शर्माले अलग दुई समिति घोषणा गर्ने तयारी गर्दै छ । गैरआवासीय नेपालीहरूको सङ्घ पनि नेका, एमाले र अन्य सरकारी पार्टीको पक्षमा लागेको देखिन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका सदस्यहरूलाई आफ्नो पक्षमा पनि तान्न पूर्वअध्यक्ष कुल आचार्यलगायतलाई बालुवाटार बोलाएर गैरआवासीय नेपाली नागरिकता प्रदान गरेकोमा विरोध पनि भइरहेको छ । सर्वोच्च अदालतले एकभन्दा धेरै गैरआवासीय नेपाली नागरिक संस्था दर्ता हुनसक्ने आदेश दिएको छ, २० वर्षअगाडि स्थापना एनआरएनए तीन टुक्रा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *