भर्खरै :

खोटो विचारको खण्डनबारे अन्तरक्रिया

भक्तपुर, १८ कार्तिक । अक्टोवर क्रान्तिको शतवार्षिकीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकको अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपा भनपा वडा नं. २ को आयोजनामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देश र समाज परिवर्तनको निम्ति नया“ पुस्ता अगाडि लाग्नुपर्ने बताउनुभयो ।
सङ्ख्याभन्दा विचार ठूलो हुने बताउ“दै अध्यक्ष बिजुक्छेंले प्रजग कोरियाले लिएको विचारको कारण संरा अमेरिकालाई हा“क दिन सकेको उल्लेख गर्नुभयो ।
नेमकिपाका सचिव एवं प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले भारतीय हस्तक्षेप, भ्रष्टाचार र गुण्डागर्डीविरूद्ध नेमकिपा स्थापनाकालदेखि सङ्घर्षरत छ भन्नुभयो ।
नेमकिपा भनपा वडा नं. २ का इञ्चार्ज हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कान्छा बासुकला, विश्वमोहन जोशी, विष्णुभक्त राजचल, आशकुमार कोजू, विनोदचरण राय, रामेश्वर कोजू, राजन जति, सुजन माक, प्रनेश बाटी, सुरेन्द्र सुवाल, पुण्यराम स्वंगमिखा, विश्वराम सुवाल, रत्नकाजी नायोभारी र श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *