भर्खरै :

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत मेनको बिदाइ भेटवार्ता

अध्यक्ष बिजुक्छेँसँग प्रजग कोरियाका राजदूत मेनको बिदाइ भेटवार्ता

काठमाडौँ, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग प्रजग कोरियाका महामहिम राजदूत जो योङ मेनले बिहीबार भक्तपुरमा बिदाइ भेट गर्नुभयो ।
प्रजग कोरिया सरकारले नेपाललगायत केही देशमा रहेका दूतावासहरू बन्द गर्ने निर्णय गरेको उल्लेख गर्दै राजदूत मेनले सो निर्णयअनुसार दूतावासका सम्पूर्ण कर्मचारीहरू शुक्रबार नै स्वदेश फिर्ता हुने बताउनुभयो ।
राजदूत मेनले दुई देशका जनताबिचको सम्बन्ध बलियो बनाउन नेपाल मजदुर किसान पार्टीका अध्यक्षलगायत नेता कार्यकर्ताहरूबाट प्राप्त सहयोगको लागि आभार व्यक्त गर्नुभयो र अर्को व्यवस्था नभएसम्म नयाँ दिल्लीस्थित प्रजग कोरियाको राजदूतावासले नेपाललाई समेत सेवा दिने उल्लेख गर्नुभयो ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष बिजुक्छेँले नेपालस्थित प्रजग कोरियाको दूतावास बन्द हुने समाचार प्रकाशित हुँदा आश्चर्य लागेको उल्लेख गर्दै नेपाली र कोरियाली जनताको सम्बन्ध र सहकार्यमा कुनै कमी नआउने अपेक्षा गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले राजदूत मेनलाई पार्टी प्रकाशनहरू उपहार दिनुभयो ।
राजदूत मेनले नेपाल र प्रजग कोरियाको सम्बन्ध बलियो बनाउन आफूहरू सदाझैँ लागिपर्ने उल्लेख गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पे्रम सुवाल, केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सदस्यहरू सुरेन्द्रराज गोसाई र सृजना सैंजु शुक्रबार बिहान ८ बजे अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत मेन, काउन्सुलर किम ह्योक र दूतावासका अन्य साथीहरूको बिदाइमा सहभागी हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *