अन्ना लुइस् : बिर्सन नसकिने एक क्रान्तिकारी महिला – १
- मंसिर २०, २०८०
भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्था लि. को १६ औँ साधारणसभा शुक्रबार सम्पन्न भयो ।
सभामा सांसद सुवालले सहकारी संस्थाले कृषि, कुटीर र घरेलु उद्योगलाई प्राथमिकता राख्नु जरूरी रहेको चर्चा गर्दै भन्नुभयो, “ठूला उद्योग सरकारले खोल्नुपर्छ । सहकारी संस्थाका सदस्यहरूबिच आर्थिक विषयसँगै राजनीतिक विषयमा पनि छलफल गर्नु जरूरी छ । सहकारी संस्थालाई सदस्यको हितमा प्रयोग गर्न आवश्यक ऐन–कानुन बनाउन सुझाव पनि दिनु जरूरी छ ।”
“आर्थिक सम्बन्धलाई जोड दिँदा राजनीतिक र सामाजिक सम्बन्ध कमजोर हुन्छ । जप, तप होमजस्ता अन्धविश्वासमा पढेलेखेका शिक्षितहरू लाग्नु विज्ञानसम्मत होइन”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अफगानिस्तान, इराक, लिबिया, युक्रेन, प्यालेस्टाइनमा अमेरिकी सहयोगमा भइरहेको युद्धले लाखौँ लाख मानिसको हत्या भएको छ । अमेरिकी सरकारको हात मानव रगतले लटपटिएको छ । एक दिनको घटनाले संसारमा लासको थुप्रो अग्लिँदै छ । तेस्रो विश्व युद्ध एसियामै हुने खतरा बढ्दो छ ।”
नेमकिपाले दुई महिनायता रूसी राजा जारविरूद्ध विद्रोह, अमेरिकी ‘प्रजातन्त्र’ युक्रेनमा अमेरिकी साम्राज्यवादको छद्मयुद्ध, एमसीसीविरूद्धका सङ्घर्षलगायत पुस्तकहरू प्रकाशन ग¥यो । कर्मचारीहरूले आफ्नो पदअनुसारको जिम्मेवारीका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे अध्ययन गर्नु जरूरी छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “कर्मचारीको पारिश्रमिक मादक पदार्थ सेवन गरी तडकभडक जीवन बिताउन पुग्दैन । राजस्वले कर्मचारीको तलब नपुग्ने अवस्था छ । यसतर्फ सबै कर्मचारी सचेत हुनु जरूरी छ । आलोचनालाई ऐनाजस्तै ठान्नुपर्दछ । कर्मचारीहरूको भाषा र व्यवहारलगायत सांस्कृतिक विषय उँचो हुनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “प्यालेस्टाइनमा इजरायलले जातीय सफायाविरूद्ध संसारभरि ठूलठूला प्रदर्शनहरू भइरहेका छन् । हामीले पनि नेपालमा थप ठूलठूला प्रदर्शन गरेर युद्धको विरोध गर्नु जरूरी छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले बैङ्क तथा वित्तीय संस्थाहरूले भन्दा फरक ढङ्गले कारोबार सञ्चालन गर्नुपर्ने बताउँदै संस्थाले आर्थिक अनुशासनसँगै देशभक्तिपूर्ण गतिविधिमा आफ्ना सदस्यहरूलाई सहभागी गराउनुपर्ने आजको आवश्यकता रहेको औँल्याउनुभयो ।
प्रमुख प्रजापतिले देशभक्तिपूर्ण आन्दोलन गरिरहेका प्यालेस्टाइनीहरूको पक्षमा नेपाली जनताले पनि साथ दिनुपर्ने धारणा राख्दै राजनीतिक नेतृत्व गर्नेहरूमा दूरगामी सोचको अभाव रहेमा देशले ठूलो सङ्कट भोग्नुपर्ने विषय अहिले पुष्टि हुँदै गइरहेको बताउनुभयो ।
नागरिकता विधेयक, एमसीसीजस्ता देशघाती सम्झौताको विरोधमा सबैले विरोध गर्नुपर्ने बताउँदै प्रमुख प्रजापतिले जनताको निःस्वार्थरूपमा सेवा गर्नु नै साँचो अर्थमा जनताको पक्षमा गरिने राजनीति हो भन्नुभयो ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका सङ्घका अध्यक्ष गौतमप्रसाद लासिवाले नेपालमा सहकारीको अवधारणा र मूल्यमान्यताअनुसार चलेका सहकारी संस्थाहरू न्यून रहेको उल्लेख गर्दै व्यक्तिगत लाभ, स्वार्थमा मात्र ध्यान दिनुभन्दा सदस्य र देशकै हितको निम्ति काम गर्न सहकारीकर्मीहरू दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी संस्था बैङ्क तथा वित्तीय संस्थाभन्दा फरक भएको धारणा राख्दै सहकारीमा खराब सञ्चालकहरूको प्रवेशसँगै जनताको बचत सङ्कटमा पर्दै गएको बताउनुभयो ।
संस्थाका अध्यक्ष दिलकृष्ण माकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पुण्यराम लाखाले स्वागत मन्तव्य, कोषाध्यक्ष भरत अवालले आ.व. २०७९।८० को आयव्यय तथा आ.व. २०८०।८१ को बजेट, दिलिपकुमार सुवालले आ.व. २०७९।८० को प्रगति विवरण र लेखा सुपरीवेक्षण समितिका संयोजक दिव्यलक्ष्मी बज्राचार्यले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply