पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
टोखा, २८ कार्तिक । जनता बाँचे भाषा, कला, साहित्य र संस्कृति बाँच्छ भन्ने मूल नाराका साथ नेपाल संवत् ११४४ को अवसरमा न्हू दँ हना खलको आयोजनामा टोखामा भिन्तुना ¥याली तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो । भ्रष्टाचारीलाई कारबाही गर, एमसीसी सम्झौता खारेज गर, प्यालेस्टाइनमा फाँसीवादी आक्रमण बन्द गर, कालाबजारियालाई कारबाही गर, वैदेशिक हस्तक्षेप बन्द गरलगायतका विभिन्न नारा रहेको प्लेकार्डसहित टोखा परिक्रमा गरी भिन्तुना ¥याली भएको थियो ।
¥याली समापन सभामा शुभकामना मन्तव्य राख्दै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले न्हू दँ (नयाँ वर्ष) लाई एक चाडको रूपमा मात्र नमनाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक आर्थिकलगायत विषयमा छलफल गर्ने अवसरको रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले अहिले इजरायलले गाजामा प्यालेस्टिनी जनताको नरसंहार गरिरहेको र त्यसको विश्वभरबाट विरोध र निन्दा गरिरहेको तर नेपाल सरकार लाचार बुँख्याचा बनिरहेको छ भन्नुभयो ।
नेपालमा प्यालेस्टिनी जनतामाथिको अत्याचार र नरसंहारको विरोध गर्ने एउटै पार्टी नेमकिपा रहेको बताउँदै नेमकिपा राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्यबाट कहिल्यै चुकेको छैन भन्नुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठले न्हू दँको शुभकामना व्यक्त गर्दै अन्याय, शोषण र उत्पीडनविरुद्ध जागरुक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक न्हू दँ हना खलका अध्यक्ष काशीलाल डंगोलको सभापतित्वमा भएको कार्यक्रममा अधिवक्ता मदन श्रेष्ठ र शिक्षक शैलेश डंगोलले पनि बोल्नुभएको थियो ।
Leave a Reply