भर्खरै :

‘जातिवादी शिक्षा’ को पाखण्ड

‘जातिवादी शिक्षा’ को पाखण्ड

विश्वमा अहिले जातीय नरसंहार मच्चाउने नीतिहरूलाई सही ठह¥याउने ‘नरसंहारकारी शिक्षा’ अघि बढाइँदै छ । नाजी अत्याचार (होलोकस्ट) को कथा दोहो¥याउँदै प्यालेस्टिनीहरूको हत्या र बेदखलीलाई सही ठह¥याइँदै छ ।
हालसालै इजरायलका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले पोशाकमा पहेँलो तारा लगाएको देखियो । दोस्रो विश्वयुद्धताका यहुदीहरूको हत्या गर्न नाजीहरूले यस्तो बिल्ला लगाउन अनिवार्य गरेका थिए । देखावा माथिल्लो तहबाट भएको थियो । त्यसैले यहुदीवादी सङ्ग्रहालय याद वासेमले त्यस कार्यको निन्दा गर्ने अर्को देखावा ग¥यो । यसरी विश्वको महाशक्ति संरा अमेरिकाको सहयोगमा चार हप्ताभित्र १० हजार प्यालेस्टिनी जनता मारिसकेको आणविक शक्तिसम्पन्न देश इजरायलले आफूलाई गाजाका प्यालेस्टिनी जनताको मार खेपिरहेको पीडित देशको रूपमा देखाउन खोज्यो ।
नाजी अत्याचारको प्रसङ्ग उप्काएर प्यालेस्टिनी राजनीतिक दल हमासले गरेको अक्टोबर ७ को हमला ‘नाजी अत्याचारपछिकै सबैभन्दा रक्तपातपूर्ण दिन’ भनी दाबी गर्नु अर्को उद्देश्य थियो । इजरायलले बारम्बार यो कुरामा जोड दिँदै आएको छ । अक्टोबर २१ मा क्यानाडाको घृणाविरोधी सञ्जालका अध्यक्ष बर्नी फर्बरले लेखे :
“हमास २१ औँ शताब्दीको नाजी हत्याराको रूपमा प्रस्तुत भएको छ । क्यानाडाका केही मानिसहरूले जानाजान यी नाजी हत्यारा गिरोहका कतुर्तमाथि आँखा चिम्लेको देख्दा मेरा दिमाग रन्थनिएको छ ।”
हमासले आफूलाई उपनिवेश बनाएको देश इजरायललाई तारो बनाएको हो । ७० प्रतिशत गाजावासीलाई यहुदीवादीहरूले सन् १९४७–४८ मा घरखेतबाट धपाएका थिए । त्यसयता उनीहरूले लगातार नाकाबन्दी र पटक–पटक क्रूर बमबारी भोग्दै आएका छन् । हमासको गतिविधिलाई नाजी अत्याचारसँग तुलना गर्नु वास्तवमा इजरायलले प्यालेस्टिनमा चलाइरहेको नरहत्यालाई सही ठह¥याउनु हो । यस्तो गर्नु नाजी अपराधका पीडितहरूकै अपमान गर्नु हो ।
इजरायलले ५ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको हत्या गरिसकेको छ । त्यसलाई उचित ठह¥याउन नाजी अत्याचारको कथा दोहो¥याइँदै गरेको परिवेशमा ब्रिटिस कोलम्बिया सरकारले गत हप्ता ‘होलोकस्ट’ को विषयलाई पाठ्यक्रममा अनिवार्य बनाउने निर्णय गरेको छ । ब्रिटिश कोलम्बिया क्यानाडाको उत्तर–पश्चिममा पर्ने प्रान्त हो । ब्रिटिश कोलम्बिया सरकारले सामुदायिक भवनमा आफ्नो निर्णय सुनाउँदै गर्दा सभास्थल इजरायली झन्डाले झकिझकाउ थियो । सरकार प्रमुख डेभिड एबेले गत महिना ‘अत्यन्त त्रासदीपूर्ण समय’ गुज्रेका हुनाले सो निर्णय गरिएको बताए ।
गत वर्ष नै अनुदार दलले कक्षा ६ मा ‘होलोकस्ट’ लाई अनिवार्य बनाएको थियो । गत हप्ता यो प्रावधान ओन्टारिया प्रान्तको पाठ्यक्रममा लागु गरियो । अब यस विषयलाई कक्षा १० मा पनि अनिवार्य गर्ने तयारी छ । यसअघि क्यानाडाको इतिहासको पाठ्यपुस्तकमा यसलाई ठाउँ दिइएको थियो । यद्यपि, त्यसअन्तर्गत ‘होलोकस्ट’ ले क्यानाडाको समाज र मानव अधिकारमा कस्तो प्रभाव पारेको थियो भन्ने कुरामा केन्द्रित थियो ।
ओन्टारियो प्रान्तको घोषणासभामा नयाँ शिक्षा परियोजनामा साढे ६ लाख डलर खर्च गरिने घोषणा गरियो । यो रकम इजरायल र यहुदी मामिला केन्द्र (सिजा) र सिमोन विजेन्थल केन्द्रका मित्रहरू नामक दुई संस्थाले दिँदै छन् । यी दुवै जातीय सफाया पक्षधर समूह हुन् । ‘सिजा’ ले लगातार प्यालेस्टाइनविरोधी र हिंसात्मक सन्देशहरू पोस्ट गर्दै आएको छ । यसै सिलसिलामा पछिल्लोचोटि उसले इजरायली प्रधानमन्त्रीको यस्तो दाबी पनि पोस्ट ग¥यो : “प्रकाश फैलाउन चाहने र अन्धकार ल्याउन चाहने मानिसहरूबिचको युद्ध हो यो ।”
गत मङ्गलबार उजा टोरोन्टो र सिजा नामक दुई संस्थाले प्रहरी विभागका उच्च अधिकारी र कर्मचारीहरूलाई आफूले निर्माण गरेको ‘होलोकस्ट’ सङ्ग्रहालय भ्रमण गराए । प्यालेस्टिनप्रतिका ऐक्यबद्धता ¥यालीहरूलाई ‘घृणास्पद’ करार गरेर क्यानाडाको प्रहरीले पक्राउ गरोस् भन्ने इच्छाले ती भ्रमण गराइएको थियो ।
(क्यानाडाको कालगेरी सहरमा गत आइतबार आयोजित एक विरोध प्रदर्शनमा ‘नदीदेखि सागरसम्म प्यालेस्टिन मुक्त हुनेछ’ भनी नारा लगाएकैले प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ ग¥यो ।)
प्यालेस्टिनीहरूलाई भूमिबाट बेदखल गर्न नाजी अत्याचारको उपयोग गरेको यो पहिलो घटना भने होइन । राष्ट्रसङ्घमा इजरायली राजदूतले नौटङ्की गरेको देखेर आयरल्यान्डका राजनीतिज्ञ सिन म्याकार्थीले उनलाई व्यङ्गय गर्दै लेखे, “नर्मन फिङ्केल्सटिन ः इतिहासमै सबैभन्दा सताइएका व्यक्ति ।” उनले एकातिर पहेँलो तारा लगाएका इजरायलका राष्ट्रसङ्घीय दूतको तस्बिर राखे भने अर्कोतिर फिङ्केल्सटिनको पुस्तक ‘होलोकस्ट उद्योग ः यहुदी पीडाको दुरूपयोगका केही उदाहरण’ को तस्बिर राखे । त्यो पुस्तकमा युरोपका यहुदीहरूलाई नाजीहरूले सखाप पारेको घटनालाई इजरायली अपराधहरू ढाकछोप गर्ने वैचारिक आवरण बनाइएको विषयमा यथेस्ट प्रमाणहरू दिइएको छ । यहुदीहरूको पीडालाई ‘विशिष्ट सिद्धान्त’ को रूपमा प्रचार गरेर इजरायलले आफूखुसी अन्तर्राष्ट्रिय नियम–कानुन उल्लङ्घन गर्ने बहाना बनाउँदै आएको फिङ्केल्सटिनको तर्क छ । इजरायलले ‘होलोकस्ट उद्योग’ लाई भूराजनीतिक हिसाबले प्रयोग गर्दै आएको र पहिलोचोटि सन् १९६७ को अरब युद्धमा उसले समग्र अरब विश्वलाई नष्ट गर्न यस उद्योगको प्रयोग गरेको थियो । उक्त पुस्तक सन् २००० मा प्रकाशित भएको थियो । त्यसयता ‘होलोकस्ट उद्योग’ को आकार अचाक्ली बढिसकेको छ ।
इजरायली लबीले विभिन्न मुलुकका सरकार र सरकारी संस्थानलाई यहुदीविरोध (एन्टिसेमेटिज्म) भनेको प्यालेस्टिनीहरूको पक्ष लिनु हो भन्ने परिभाषामा मनाउन खोज्दै छ । यो ‘विश्व होलोकस्ट स्मरण सङ्घ’ (आइएचआरए) को परिभाषा हो । यो परिभाषा संरा अमेरिकाको सङ्घीय सरकारले सन् २०१९ मा अपनाइसकेको छ । यसको खुला वकालत गर्नु प्यालेस्टिनीहरूमाथि भएको अत्याचारको आलोचना गर्ने सबैलाई भित्तामा धकेलेर मुख थुन्नु हो ।
क्यानाडाको जस्टिन ट्रयुडो सरकार संरा अमेरिका र इजरायलकै बाटोमा छ । उनीहरूको बाटो पछ्याउँदै ट्रयुडो सरकारले ‘यहुदीविरोधसँग भिड्ने र होलोकस्टको स्मृति जोगाउने विशेषदूत’ नियुक्त गरेको छ । पहिलो विशेषदूत अर्विन कोट्लर आफै जातिभेदी अभियन्ता थिए । नयाँ विशेषदूत देबोरा ल्योन्सले आफू तेल–अभिभमा क्यानाडाको लागि राजदूत छँदा इजरायली सेनामा गएर लड्ने स्वदेशी लडाकुहरूको लागि पिज्जा पार्टी आयोजना गरेकी थिइन् ।
पछिल्लोपल्ट इजरायलको नरसंहारकारी नीति चरमचुलीमा पुगिरहेको छ । यससँगै ‘यहुदी विरोध’ हो हतियारलाई पनि अचाक्ली सान लगाइएको छ । यसको सबैभन्दा भद्दा उदाहरण ‘इन्कास’ हतियार उद्योगबाट आयो । त्यसका प्रवक्ताले आफ्नो हतियारले ‘यहुदी विरोध’ को प्रतिकार गर्ने बताए । गत सोमबार ‘युद्धपार संसार’ नामक क्यानाडाली संस्थाले उक्त हतियार उत्पादकले इजरायली सेनालाई हतियार बेचेको विरोधमा टोरोन्टो सहरमा एउटा जुलुस निकाल्यो । ‘इन्कास’ का कार्यकारी प्रमुख दिमित्री खजान्स्कीले सञ्चार माध्यमलाई भने, “हामी यहुदी हुनाले तिनीहरूले विरोध गरेका हुन् । यहुदी हुनाले हामी सबैको तारो बन्छौँ । यसैबाट यो देशमा यहुदीविरोधी भावना बढेको स्पष्ट हुन्छ ।”
विरोध प्रदर्शनमा आएका धेरैलाई उक्त कम्पनीका मालिक यहुदी हुन् भन्ने कुरा थाहा थिएन । (त्यसका मालिक यहुदी होलान् भन्नेमा मलाई शङ्का छ ।) हतियार उद्योगका मालिक यहुदी हुन् वा नहोउन्, त्यो ठूलो कुरा होइन किनभने ‘युद्धपार संसार’ संस्थाका टोरन्टो शाखा प्रमुख वा आयोजक नै यहुदी हुन् । हतियार उद्योगको विरोध गर्नु यहुदीको विरोध गर्नु हो भनी दाबी गर्नेहरूलाई तपाईँ के भन्नुहुन्छ ?
इजरायली लबीले सबैलाई यहुदीविरोधी बनेको बिल्ला लगाउँदै छ । ५ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको हत्या गरेको तथ्यलाई सही ठह¥याउन तिनीहरूले यो कुतर्क गर्दै छन् ।
इजरायलको नरसंहारकारी नीतिका पक्षधरहरूले कति प्यालेस्टिनी बालबालिकाको लास देखेपछि ‘अब पुग्यो’ भन्ने हुन् खोइ ?
स्रोत : ‘एमआर अनलाइन’ बाट 
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *