ख्वप अस्पतालमा एक दिन
- बैशाख १४, २०८१
हरेक महिनाझैं यो महिनामा पनि विद्युत् महसुल तिर्न बुबाले मलाई जिम्मा दिनुभयो । भार्वाचोस्थित बिजुली कार्यालयको काम सकिएपछि आफ्ना सर।ेकारका केही सार्वजनिक संस्थामा जाने सोचें । भक्तपुर अस्पताल, मानव अ· प्रत्यारोपण केन्द्रको बारे बुझ्ने सोचें । हरेक महिनाझैं यो महिनामा पनि विद्युत् महसुल तिर्न बुबाले मलाई जिम्मा दिनुभयो । भार्वाचोस्थित बिजुली कार्यालयको काम सकिएपछि आफ्ना सर।ेकारका केही सार्वजनिक संस्थामा जाने सोचें । भक्तपुर अस्पताल, मानव अ· प्रत्यारोपण केन्द्रको बारे बुझ्ने सोचें । अस्पताल परिसर पुग्दा देखँे, भक्तपुर नगरपालिकाको फोहोर उठाउने गाडी । गाडीमा फोहर राख्दै गरेका मजदुर, फोहोर राख्न गाडी कुरिरहेका कर्मचारी र फोहोर ल्याउँदै गरेका अस्पताल कर्मचारी देखँे । आश्चर्य लाग्यो । कसैले पनि सुरक्षा साधनको प्रयोग गरेका थिएनन् । अस्पतालको फोहर झन् घातक हुन्छ । वाल्टिनमा भएको फोहोर सामान्य फोहोर थिएन । जैविक चिकित्सा फोहर थियो । त्यस्तो फोहरलाई वैज्ञानिक तवरले उपचार नगरी बाहिरी ल्याउन दिनु कदापी हुन्न । यसले रोग फैलाउने काम गर्छ । चिकित्सा क्षेत्रमा काम गर्ने कुनै पनि व्यक्तिले पक्कै नै बुझेको हुन्छ । फोहोर उठाउने कर्मचारीदेखि लिएर बोक्ने, ओसार्ने, गाडीमा लोड गर्ने, सङ्कलन गर्ने र खुला गाडीमा बोक्ने क्रममा कति फोहोर बाटोमै खसेको देखें । मनमा प्रश्न उठ्यो, अस्पतालले रोगको उपचार गर्दैछ कि रोग फैलाउँदै छ ? मैले सोधेँ, नगरपालिकाको कर्मचारीलाई । उहाँको जवाफ थियो अब यतिकै लगेर गाड्ने हो । विना कुनै उपचार ? त्यसो गर्नु कदामी उचित होइन । यो पनि एक प्रकारको गैरकानुनी हो, अपराध हो । अस्पतालबाट निस्किने कुनै पनि फोहरको उपचार गर्नेबारे सम्बन्धित निकायको ध्यान जाओस् । यस कदमले सफा, सुन्दर र स्वस्थ नगर भक्तपुर बनाउन मदत पुग्नेछ ।
–सूर्यराम दुवाल, भक्तपुर
Leave a Reply