भर्खरै :

बिम्स्टेक पनि भारतीय स्वार्थकै छायामा नपर्ला भन्न सकिन्न

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास
(बिम्स्टेक) को १६ औं मन्त्रीस्तरीय बैठक बुधबारबाट राजधानीमा सुरु भएको छ । बिम्स्टेक शिखर सम्मेलन बिहीबार र शुक्रबार हुने पूर्व घोषित नै छ ।
बिम्स्टेक यस क्षेत्रको सामाजिक–आर्थिक रुपान्तरणको कुरा गरे पनि त्यस सङ्गठनको न बडापत्र छ न कुनै कार्यसूची नै छ । दक्षिण एसियाली क्षेत्रको आर्थिक –सामाजिक विकासका लागि भनेर क्षेत्रीय सहयोग सङ्गठन– सार्क निर्माण भएको थियो । सार्क केही हदसम्म सफल नै थियो तर भारत र पाकिस्तानको शत्रुता, जुँगाको लडाइँ र भारतीय एकाधिकार पुँजीको बढ्दो स्वार्थका कारण सार्क निस्क्रिय बनेको हो ।
सार्कलाई असफल पार्नमा पाकिस्तानभन्दा भारतकै दोष बढी छ । भारतले सार्कबाट पाकिस्तानलाई निष्काशन गर्न नसकिने र त्यसमाथि चीनसमेत पर्यवेक्षकको रुपमा थपिएपछि सार्कको विकल्पको रुपमा बिम्स्टेक ल्याइएको हो । बिम्स्टेकलाई पनि भारतीय स्वार्थअनुकूल चलेसम्म मात्र अस्तित्वमा राख्ने र भारतको स्वार्थभन्दा दायाँबायाँ हुनेबित्तिकै सार्ककै स्थितिमा नपु¥याउला भन्न सकिन्न ।
बिम्स्टेकमा छलफल भइरहेका रेल, सडक, हवाईमार्ग र ‘अप्टिकल फाइबर’का माध्यमबाट सम्पर्क विस्तार, ऊर्जाको र प्रविधिको उपयोग, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक उन्नयनका कुरा पहिले सार्कमै धेरै छलफल र सम्झौता भइसकेकै हुन् ।
आफ्नो फाइदाको सम्झौतामात्र लागू गर्ने र आफ्नो हितमा अलिकति चोट लाग्ने कुनै पाइला पनि चाल्न नदिने भारतीय रवैयाका कारण सार्क आज निष्प्राण अवस्थामा पुगेकोमा जानकारहरू सायदै असहमत हुनुहोला । त्यसैले बिम्स्टेक पनि भारतीय स्वार्थकै छायामा नपर्ला भन्न सकिन्न ।
–बोधबहादुर नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *