स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
–गौरव प्रधान
विकासको वखान गरेर देशको राजस्व सोहोरेर अवैध तरिकाले अकुत सम्पति कुम्ल्याउनेमा ठूला दलका नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू नै अगाडि परेकोमा शङ्का छैन । सत्तासीन दलको नेतृत्वले आफ्ना नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरूलाई देश र जनताको इमानदारीपूर्वक निःस्वार्थ रुपले सेवा गर्न मार्गनिर्देश नगरेकै कारण आज देशमा अनियमितता, कमिसन, भ्रष्टाचार, कालाबजारी बढेको हो, हत्या, हिंसा र बेपत्ता पार्ने सृङ्खला बढेको हो । व्यक्तिगत र दलगत स्वार्थमा लागेर जसरी भए पनि निर्वाचनमा जित्ने र सरकारको नेतृत्व गर्ने ठूला दलका नेताहरूको होडबाजीले गर्दा लथालिङ्ग भताभुङ्ग भइरहेको हो ।
भ्रष्टाचार र अनियमितता हुने देशमा नेपाल पनि अगाडि छ । नेपाल भ्रष्टाचारमा बदनाम छ । घूस र कमिसनमा बदनाम छ । यस्ता अनेक अपराध बढ्नुमा ठूला दलहरू नै दोषी छन् । ठूलो दलको नेतृत्व पक्षले आफ्नो मातहतका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कायकर्ताहरूलाई असल, इमानदार, निःस्वार्थी बन्न र बनाउन प्रशिक्षित नगरेको कारण अनियमितता र भ्रष्टाचार बढेकोमा शङ्का छैन । ठूला दलका नेता तथा कार्यकर्ताहरू विकास र जनताको सेवाको कुरा गर्दै देशको राजस्वमा रजाइँ गर्छन् । साना ठूला विकास गरेको देखाएर उनीहरू भित्रभित्र विकास रकम झ्वाम्म पार्छन् । प्रत्येक दिनझैं हत्या, हिंसा, बलात्कार हुन्छ, बेपत्ता पारिन्छ, नेपाली चेलीबेटीहरूलाई लोभलालचमा फसाएर बेश्यालय पु¥याइन्छ, मानव तस्कर भइरहन्छ भने सरकारले सुशासन र विधिको शासन कुरा फुकेरै के गर्ने ? देशका नागरिकलाई पञ्चायती शासकले चरित्र निर्माण गर्ने काम नगरे पनि सत्तासीन र ठूला दलले गरेका भए यस्ता हिंसात्मक घटनाहरू हुँदैनथ्यो, नेपाल भ्रष्टाचारमा बदनाम हुँदैनथ्यो । असल, इमानदार र निःस्वार्थी कार्यकर्ता तयार गर्नेतर्फ सत्तासीन र ठूला दलले खासै ध्यान दिएनन् । सत्तासीन र ठूला दलका नेताहरूमा सेवा भाव नभएकोले पनि हिंसात्मक घटनाहरू बढिरहेको हो । भ्रष्टाचार, घूस र अनियमितिताले ठाउँ पाएको हो । दुईतिहाइको अभिमानी गरेर देशमा विधिको शासन हुने होइन । सरकारको सफलता भनेको ५ वर्ष शासन गर्नुमात्र होइन । सरकार या सत्तासीन दलले असल, इमानदार, निःस्वार्थी नेता, मन्त्री, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ता तयार गर्नुपर्छ । जहाँतहीं भ्रष्टाचार, अनियमितता कमिसनको खेल हुन्छ, घूस रोकिँदैन भने दुईतिहाइको धाक देखाएर के गर्ने ? दुइतिहाइ प्राप्त कम्युनिष्टको शासनमा दिनदिनै हत्या, हिंसा, बलात्कार, बेपत्ता भइरहनु सुहाउँदैन । एकदुई दर्जन सुधार र विकास तथा आश्वासनको पोको बाँडेर सरकारले सफलता पाएको गर्व गर्नु ठीक होइन ।
Leave a Reply